आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ?

आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ? किताबका पाना–पानामा पढेर नसकिने गरि लेखिएका छन् पानीका लागि हजारौं कविता, गीत र लेखहरु तर कहिले भेटिन्छ अञ्जुली भर पानी ? विश्वको दोस्रो जलसम्पदामा धनी देश । हिमालका कोखबाट कहिलै नरित्तिने गरि बगिरहेका सयौं नदिनालाहरु । मनै हर्ने सुन्दरताका धनी ताल र पोखरीहरु । यस्ता मिठा–मिठा उपमाहरु सुन्दा लाग्छ यो खाली कितावका पानाहरुमा सुहाउछ, वास्तविकता यो हो कि हामीबाट ति सम्पदाहरुको उपस्थितीमा खाली प्रश्न चिन्हमात्र लाग्नेछ ।
एकपटक हाम्रो धरातल हेर्ने हो भने सबै कति फिक्का, औपन्यासिक र केटौले लाग्छन् । मलाई बुझ्न भई रहेछ हाम्रो वास्तविकता के हो ? हामी धनी हौ कि गरिब हौ ? म अहिले सम्पुर्ण बिषयको उत्तर चाहन्न, मेरो प्रश्न केवल पानीसँग समन्धित छ । मलाई गणितिय तथ्याकं र अनेक प्रमाणिक विवरणहरु चाहिएको छैन, मलाई नेपालका नदिनालाबाट प्रत्येक सेकेण्डमा कति घनमिटर पानी बग्दछ जान्नु छैन, म केवल यत्ति जवाफ चाहन्छु कि निर्धक्कसँग अञ्जुलीभर पानी घरमै थाप्न कहिले पाईन्छ ?
अनायासै मनमा यस्तै प्रश्नहरु खेल्न थाले । हामी नेपालको राजधानी शहरको व्यस्त र विकसीत सडक पेटिमा हिडिरहेको थिएँ । आँखा अगाडि यस्तो दृष्य आयो । म उभिएर एकनाश यस्तै कुरा सोच्न थालेछु । कर्मठ आयो र, भन्यो, “नया छस् बिस्तारै बानी पर्लास् । जब धाराका टुटीबाट पानी कयौं दिन आउँदैनन्, जब धुन भनि राखेका लुगाबाट सबैभन्दा कम फोहोर लुगा निकालेर लगाउनु पर्छ, जब हप्तौं नुहाउँने पानी भेटिन्न, जारका जार पानीमा पैसा रित्तिन थाल्छ तब बानी पर्छ, अहिले नया छस्, बिस्तारै बानी पर्लास् ।” मलाई उसको आवाजसँगै आएको निराशा, पश्चाताप र आक्रोस ठम्याउँन गा¥हो पर्दैन तर पनि म बिश्मित नजरले हेरिरहन्छु


सडक किनारमा पहाडको कुनै विकट गाउँमा देखिने दृष्य देखिईरहेको थियो । एक अधबैशे महिला कुवाबाट पानी निकाले जस्तै गरेर सडक पेटिको खाल्डोबाट पानी निकाल्दै बाल्टीमा भर्दै थिइन् । मैले अलिक नजिक गएर हेरें, खानेपानीको पाइप फुटेर पानी बाहिर आएको रहेछ र हातले केही ढुङ्गाहरु निकालेर कङक्रिट सडकमा सानो खाल्डो पारिएको थियो । जसमा जम्मा भएको पानी ति महिला सानो मगले बिस्तारै निकाल्दै बाल्टीमा खन्याइरहेकी थिइन् । उनी हातहरु यती बिस्तारै चलाउदै थिइन कि उनको सजगताले अलिकति पनि पानी धमिलो भएको थिएन । काठमाण्डौको यस्तो जीवन देखेर मेरो मन एक तमासको भयो । पोखराको एउटा साथी प्रेमले पोखरा र काठमाण्डौको तुलना गरेको दिमागमा झट्ट आयो । व्यस्त सडक कसैलाई कसैको वास्ता छैन । सयौं गाडीहरु दौडिरहेका छन् । कुनै खानेपानी अधिकृतहरुले यस्तो दृष्य देख्छन् कि देख्दैनन् ? सवारी चलाएर हिड्नेहरुलाई यो बारेमा सोच्ने फुर्सद छ कि छैन ? आफैसँग प्रश्न गरें । यस्तो दृष्यले मलाई दिक्क बनायो, मैले सानै देखि पढेको छु फोहोर पानी र रोगको सम्बन्ध । रोगी नागरिक र देशको सम्बन्ध ।
“आण्टी के गर्नलाई पानी भर्नभएको ?” मैले उनी हिडन लागेको देखेर एक्कासी प्रश्न गरें । मैले अघि देखि नै हेरिरहेको र मेरो साथीले आफ्नो मोबाईलबाट फोटो खिचिरहेको नियालीरहेकी ति आण्टीको आँखामा स्पष्ट डर देखिरहेको थियो । डर सायद पाइप मर्मत गरिदेलान् भन्ने थियो । (विनाशमा पनि कतै–कतै राम्रो पक्ष हुन्छ र्। “खानलाई हो बाबु, डेरामा पानी नआएको धेरै भइसक्यो । जारको पानी खान पैसा छैन ।” उनले डराउदै भनिन् ।
“यो पानी सिधै नपिउनु है, उमालेर मात्रैै पिउनु । नत्र पानीमा भन्दा औषधीमा बढि खर्च होला ।” सँगै आएका सुष्मा र सुनिताले सुझाव दिए । आण्टीको डर अझै उस्तै थियो, मैले भने, “हामी बिद्यार्थी हो आण्टी, अनौठो लागेर मात्रै सोधेका हौं । अरु त्यस्तो केहि होईन ।”
“म यस्ता कुरामा कहिलै बानी पर्न सक्दिन । हरेक पल तड्पिएर बाँच्नुमा पनि बानी पर्न खोज्ने मुर्खता म गर्न सक्दिन । दुखाईको समाधान खोज्ने कि बानी पर्न तिर लाग्ने ? यो त सरासर आत्महत्याको बाटो होइन ? हामीले केहि गर्न सक्ने ठाँउ छैन भन्दैमा समस्यासँग जुध्नै छाडिदिने ? यो त जीवनवादी कुरा भएन ।” एकछिनमा मैले कर्मठसँग भनें । “तलाई के लाग्छ, यी दुईजना मात्रै यस्तो गर्छन् ? काठमाण्डौमा पानीको समस्या यस्तो छ, म भन्न सक्दिन । प्राय जोखिम उठाइरहेका छन् । यो त नमुना मात्रै हो ।”
वास्तवमै काठमाण्डौमा पानीको समस्याका लागि धेरै आयोगहरु बने होलान् । मेलम्चीको नाम सुनेको पनि धेरै भइसक्यो तर मेलम्चीले काठमाण्डौसम्म पानी ल्याउनुको सट्टा मन्त्रि र उच्च कर्मचारीलाई महगाँ गाडी चढाउने मात्र काम गरिरहेको छ ।
शहर भित्रका खोलानालाहरु लासमा फेरिएका छन् । खुला ढल भन्दा अर्काे परिचय नभएका ति खोलानालाहरुबाट खानेपानीको समस्या सुल्झिन सक्छ भन्ने सोच्नु मात्र पनि दिवास्वप्न मात्रै हुन्छ ।
पानीको बारेमा काठमाण्डौंबासीसँग कुरा गर्दा सबैका मुहारमा उस्तै भाव दौडिएको पाउँछु म । पानी नआएकोमा निराशा, फोहोर पानी पिउन बाध्य भएकोमा पश्चाताप र गर्नेहरुले केहि नगरेकोमा आक्रोस । फोहोर पानीले कति मानिसमा कति रोगहरु फैलिए, कसैसँग सोध्नु बेकार छ ।
यी कुराहरु जसलाई प लेखिरहेछु, यो लेख्न आवश्यक छ या छैन म जान्दिन तर सबै लेखाइहरुमा कतै पिडा पोखिएका हुन्छन्, कतै आक्रोस र कुण्ठाहरु । पिडा, आक्रोस, कुण्ठा पोख्न सेता कागज भन्दा उपयुक्त अरु के होला र? मेरो यो लेखाइमा यी कुराहरु भन्दा बढि अर्का बिषय पनि समेटिएको छ त्यो हो आग्रह । मेरो पहिलो आग्रह खानेपानी संस्थानसँग छ, खानेपानी संस्थानले तत्काल दुईवटा काम गरिदियोस्, जहाँ–जहाँ पाइप फुटेर कुवा बनेका छन्, त्यहाँ धारा निर्माण गरिदियोस र फुटेका पाइपहरु मर्मत गरिदियोस् । पाइप फुटेर सडक छेउ बनेको कुवाबाट पानी लानेहरुले पानी उमालेर वा शुद्ध गरेर मात्रै पिइदिउन् । नेपालमा अझै पनि पानी भन्दा औषधी महगां छ ।
र, अन्त्यमा कर्मठहरु जति नै पुराना भएपनि समस्याहरुसँग बानी नपरिदिउन् । समस्याले नै आविस्कार गर्छ । समस्यासँग बानी परेर बस्नुमा जीवनको आनन्द म देख्दिन । जीवनको आनन्द त आविश्कारमा छ । जीवनको आनन्द आशामा छ । जीवनको आनन्द जीवनमा छ र, जीवन आक्रोसमा छ, विचारमा छ, दर्शनमा छ, व्यवहारमा छ । हाम्रो आक्रोस पोखौं, विचार र सहकार्यले हाम्रा समस्याहरुले मात्र हाम्रा समस्याहरु हट्नेछन् ।
कुनैदिन यस्तो पनि आउँनेछ कि मन्त्रि र उच्च कर्मचारीलाई गाडी सुविधा दिन मात्रै आयोग र परियोजनाहरु बन्दैनन् । अञ्जुलीभर पानी थाप्न पाइएला । धुन राखेका लुगाहरु पुनः लगाउनलाई छान्नु नपर्ला । दिनका दिन नुहाउन पानी भेटिएला ।
आखिर काकाकुल भएर कहिलेसम्म बाँच्न सकिन्छ र ?

Advertisements

स्वार्थी संसार

उ हास्यो. पेट मिची-मिची हास्यो. उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले. उ धेरै जनासंग केहि बेर हासिरह्यो.

उ रोयो. छाती पिटी-पिटी रोयो. उ रोएको देखेर अरु कोहि पनि रोएनन बरु अलिक पर पुगेर उ रूदाको अभिनय गर्दै हास्न थाले. उ एक्लै धेरै बेर रोहिरह्यो.

स्वार्थी संसार

-गणेश कार्की

उ हास्यो. पेट मिची-मिची हास्यो. उ हासेको देखेर वरिपरिका अरु पनि हास्न थाले. उ धेरै जनासंग केहि बेर हासिरह्यो.

उ रोयो. छाती पिटी-पिटी रोयो. उ रोएको देखेर अरु कोहि पनि रोएनन बरु अलिक पर पुगेर उ रूदाको अभिनय गर्दै हास्न थाले. उ एक्लै धेरै बेर रोहिरह्यो.

प्रश्न सहअस्तित्वको

-गणेश कार्की

म को हुँ ?
तिमी जस्तो हो कि होईन ?
यो देश,
जसलाई तिमी आफ्नो भन्छौ
यो मेरो चाहीँ हो कि होईन ?
आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ

मेचीमा तिम्रो रगत बग्दा
कालीमा मेरो पनि रगत बग्दैथियो
आगोमा तिम्रो पाउ पर्दा
मेरो शरिर पनि जल्दैथियो
जति तिमीले सह्यौ,
त्यती नै मैले भोगेको छु ।
जति तिमीले देख्यौ,
त्यती नै मैले सहेको छु ।
फेरि किन तिम्रो लागि मेरो बलिदानले अर्थ लिएन ?
मलाई आज अर्थ चाहिन्छ ।

तिमी बरु आमाको काखमा लुट्पुटियौ
मैले यही माटोलाई आमा मानें,
यसैमा लडिबुडि खेलें,
यसैमा निदाएँ,
यसैमा ब्यूँझिए,
यसैमा उभिएको आफुलाई चिनें,


मेरो पसिनाले धर्तिको प्यास मेटाएँ,
मेरो नङ्ग्राले द्रोहीका आँखा निकालें
तर किन तिम्रो लागि मेरो बहादुरीको मूल्य छैन ?
मलाई आज मूल्य चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ ।

जीवन एक पानीको फोका

-गणेश कार्की
मलाई लाग्दैछ दैनिकी लेख्नु बेकार छ, खास गरि मेरो स्तरको जीवनमा, मेरो ढाँचाको जीवनमा । यी कुराहरु जसलाई म आफ्नो डायरीमा सार्दैछु ( हो त जीवनबाट डायरीमा ) । यी कुराहरुको जिन्दगीसँग के सरोकार होला ? यी कुराहरु दो¥याएर पढ्ने फुर्सद मसँग पछि रहला–नरहला ( चामलको भाउ बढेको बढयै छ ) न त यी कसैका लागि प्रेरणा बन्न सक्छन्, न त यसले कुनै किसिमको अर्थ बोक्न सक्छन् । अल्छि दिमाग यो पढे पछि पनि अल्छि नै होला, रिसाहा रिसाहा नै । कसैमाथी बेअसर छ भन्ने जान्दा–जान्दै पनि लेख्न बस्नु बेफकुपी नै होला । कहिलेकाही बेफकुपी पनि रमाइलै हुन्छ ।
हरेक दिन ज्ञानेश्वरबाट बागबजार ट्युसन पढ्न जान्छु भनेर लेख्नुमा के अर्थ भेटिएला र ? ( त्यो पनि पैदल )
हरेक दिन ट्युसन पछि क्याम्पस फेरि हिड्दै जान्छु भनेर लेख्नुमा पनि त अर्थ छैन । क्याफेमा बसेर चिया पिएको कुराले जीवन असर पार्दाे हो त ?
सब बेकार छ, बेअसर कुराहरु । खाली दिन कट्यो भनेर जनाउँने सुचकहरु ।
आज हाम्रो टोली, म बाहेक काभ्रे पुग्यो नबेको दाइको बिबाहमा, बिहान भरि पुरानो बसपार्कमा मलाई पर्खिएर । म नगएको झ्वाकमा खुब गाली गरे होलान् । “कुकुर के आउँथ्यो कुरायो मात्रै” कर्मठले भन्यो होला । “फोन गरेर भनेको भए पनि हुने नि” प्रेमले बोल्यो कि । “ढिलो नगरौ चाँडै जाँउ, भ्याइयो भने भरे नै फर्किनु पर्छ” दिवश वा राजु बोले होलान् । ज्याकेटका गोजीबाट हातै ननिकाली चन्द्रे (बान्द्रे) बोल्यो होला, “भाडा चै मसँग छैन है ।”


“उनीहरु चै भोजमा मस्त, हामी चै चिसोमा ? हिँड जाँउ घाम ताप्न, यँहा स्नेहाहरु बस्दै गर्छन् ।” शान्ताले भनि । आजभोली क्याम्पसमा कामको चटारो छ, शुशिला, कृपा, सुमिताहरु सबै लागिपरेका छन् । शैक्षिक भ्रमणका लागि पैसा जम्मा गर्न अनेक कार्यक्रमहरुको तयारी चल्दैछ । तर जे होस् हाम्रो क्लासमा एकता छ । हरेकको खबर हरेकलाई थाहा हुन्छ ।
घरि–घरि किरण आउँछ र, दोहोरीकै तालमा कराउँछ, “केटाहरुको खर्चै ज्यादा । पेट्रोल र खाजामा त कति–कति ।” किरणदाई मह काड्नेले हात त चाटिहाल्छ नि हैन ?
यी केहि कुराको अर्थ छैन । अर्थहिन सम्वादहरु आजका दिनका । केटाहरुले मलाई कुर्नु, शान्ता र म दर्तामा बस्नु, शुशिलाले क्लास छाडेर पेपर काट्नु, किरणका गफ केहि अर्थ छैन । ज्यादा भन्दा ज्यादा भोली सम्म याद रहला पर्सि देखि सबै खलास् ।
दिनहरुले बर्ष बन्छ र, त्यही केहि बर्षको हाम्रो जीवन । एउटा दिन निरर्थक बित्यो, यसै गरि बर्ष बित्छ । के हाम्रो जीवन पनि यस्तै त होईन ? मोबाईलमा फोटो डिलीट गरे जस्तो । भोली अर्को खिचिन्छ आजको डिलिट हुनुमा किन गुनासो ?

आजको दिनको अध्ययन पछि मलाई लाग्यो हाम्रो जीवन कुनै असरदार चिज बन्न सकिरहेको छैन वा सकेन । आज हामीले भरेको ठाउ भोली खाली हुन्छ र, पर्सि कसैले त्यो खाली पनि भरिदिन्छ । खै त्यसपछिको हाम्रो नाम? खै हाम्रो अस्तित्व ? अहिलेसम्म एउटा यस्तो काम गर्न सकिएको छैन, जो कसैका लागि गुन बनोस्, कसैका लागि नासो या क्रण बनोस् । केहि त फरक परोस हामी हुनुमा र नहुनुमा । केहि त अर्थ बोकोस् हाम्रो जीवनले । म फगत पानीको फोका बन्न चाहन्न ।
एकेडेमीमा राखेका किताब जस्तो अवमुल्यन नहोस् जीन्दगीको । बस् यत्ति, सम्झिने कोही हुन्, सम्झाउने कोही ।
(अस्कलको सम्झना)

प्रश्न सहअस्तित्वको

म को हुँ ?
तिमी जस्तो हो कि होईन ?
यो देश,
जसलाई तिमी आफ्नो भन्छौ
यो मेरो चाहीँ हो कि होईन ?
आज मलाई हरेक प्रश्नको उत्तर चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ

मेचीमा तिम्रो रगत बग्दा
कालीमा मेरो पनि रगत बग्दैथियो
आगोमा तिम्रो पाउ पर्दा
मेरो शरिर पनि जल्दैथियो
जति तिमीले सह्यौ,
त्यती नै मैले भोगेको छु ।
जति तिमीले देख्यौ,
त्यती नै मैले सहेको छु ।
फेरि किन तिम्रो लागि मेरो बलिदानले अर्थ लिएन ?
मलाई आज अर्थ चाहिन्छ ।

तिमी बरु आमाको काखमा लुट्पुटियौ
मैले यही माटोलाई आमा मानें,
यसैमा लडिबुडि खेलें,
यसैमा निदाएँ,
यसैमा ब्यूँझिए,
यसैमा उभिएको आफुलाई चिनें,
मेरो पसिनाले धर्तिको प्यास मेटाएँ,
मेरो नङ्ग्राले द्रोहीका आँखा निकालें
तर किन तिम्रो लागि मेरो बहादुरीको मूल्य छैन ?
मलाई आज मूल्य चाहिन्छ ।
म,
न त पाँचौ वर्णको हुँ
न त सड्तिसौं जातको हुँ
त्यही चार र छत्तिस भित्र बाँधिएको मेरो अस्तित्व
किन तिम्रो लागि सम्मानजनक छैन ?
मलाई आज कारण चाहिन्छ ।

गजल

खोली रहु बन्द ओठ, कुरा तिम्रा मिठा कति
हासो तिम्रो सँधै उस्तै, कति सहि झुटा कति ।

छिटो–छिटो बोल्ने हुँदा कति कुरा गल्ति हुन्छन्
तुरुन्तै ठिक्क पार्ने, खप्पिस ओठ छिटा कति ।।

तिमी नि लजायौ, आँखा पर्दा तिमीमा कसैका
छ्रैनौं निर्धक्क? तिमीमा नजरका बिटा कति ।

सबैको तिमीलाई आफ्नो बनाउँने रहर
जाँच हरेकलाई, कति उज्याला रिठा कति ।।