गर्ने हैन त ब्लाक आउट ? : आज संसारभर ‘ब्ल्याक आउट’ गरिने

विश्वव्यापी तापमान वृद्धि तथा असामायिक जलवायु परिवर्तनबारे हालसम्म कानमा तेल हालेर बस्ने शक्ति राष्ट्रलाई सचेत गर्ने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) ले आइतबार संसारभर एक घन्टा बत्ती निभाई बृहत ‘अर्थ आवर’ दिवस मनाउन आह्वान गरेको छ ।

सन् २००७ मा सिड्नीमा मनाउन सुरु गरिएको यस अर्थ आवर दिवस अभियानलाई गुगल, कोकाकोला, म्याकडोनाल्डलगायत अन्य ठूला र विश्वव्यापी सञ्जाल भएका व्यापारिक प्रतिष्ठान तथा अत्यन्त धेरै राष्ट्रले समर्थन गरेकाले यस अभियान अत्यन्त सफल भई प्रत्येक वर्ष मनाइँदै आएकामा निरन्तरता दिन यस वर्ष विश्वका प्रख्यात पर्यटन केन्द्रलगायत अन्य महत्त्वपूर्ण स्थलमा बत्ती निभाइ उक्त दिवस मनाइने भएको छ

विश्वका एक सय १५ मुलुकमा अवस्थित ठूला भवन तथा व्यापारिक केन्द्र गरी करोडौँ भवनमा बत्ती निभाउने टि्वटर र फेसबुकजस्ता लोकपि्रय कम्प्युटर प्रोग्रामले आफ्ना नियमित सेवाको सट्टा अँध्यारो पर्दामात्र प्रदर्शन गरी सो अभियानलाई सघाउने कार्यक्रम रहेको जनाइएको छ ।
तर हामी कति सचेत है ? हाम्रो सरकार दिनमा १२ घण्टा loadshedding गरेर संसार भरिका देशहरुलाई दबाब दिईरहेको छ. सरकारको मौसम परिबर्तन सम्बन्धी सचेतना देखेर म पनि छक्क पर्छू . हाम्रो सरकार यत्ति बिघ्न दूरदर्शी छ भनेर कसले सोचेको थियो होला र ? हुन पनि कोपेनहेगन गएको सरकारी लावा लस्कर देखेर मलाई हो की जस्तो त लागेको थियो तर अब चाहि पुरै प्रमाणित भयो. सरकारको यो कदम लाई म हार्दिक स्वागत गर्छु र १२ घण्टा मध्येको कुनै १ घन्टा लाई मेरो तर्फ बाट ब्लाक आउट घोषणा गरिदिन अनुरोध गर्दछु 

Advertisements

रामदेवले भने, “बुद्ध नेपालमै जन्मिएका हुन्”

भोली देखि काठमाण्डौको टुडिखेलमा योग प्रशिक्षण दिन आएका रामदेवले काठमाण्डौ टेक्ने बित्तिकै पत्रकार सम्मेलन गरेर आफु नेपाल आएको जनाएका थिए । यसै क्रममा उनले नेपालको सास्कृतिक तथा जैविक सम्पदाको प्रशंसा गर्दै भने, “नेपाल जैविक रुपमा एकदमै सम्भावना बोकेको मुलुक हो । यहाँ पाइने जडिबुटि संसारकै दुर्लभ र उन्नत छन् ।” एक प्रसगंमा उनले भने, “भगवान गौतम बुद्ध नेपाल मै जन्मिएका हुन् । भारतमा बुद्ध जन्मिएको भन्ने प्रचार भारतको कुटिल र घृणित चाल मात्र हो ।” नेपाली राजनितीमा पनि उनको चासो र जानकारी थाहा पाउन सकिन्छ । उनले नेपाली भाषा प्रयोग गरेरै भने, “नेपाल लोकतान्त्रिक गणतन्त्रमा गएको छ । वास्तवमै राजतन्त्र भन्दा लोकतन्त्र धेरै नै राम्रो हो । नेपाली जनताको यो कदमलाई म सम्मान गर्दछु ।” गिरिजा प्रसाद कोइरालाको मृत्युले आफु स्तब्ध भएको भन्न उनले छुटाएनन् ।

भारतले पहिले देखि नै भारतमा बुद्ध जन्मिएको गलत प्रचार गरिरहेको छ । भारतबाट छापिने पत्रपत्रिका हुन् या पुस्तकहरु बुद्ध भारतमा जन्मिएका भनि लेखिएको पाइन्छ । Google ले केहि समय अगाडि बुद्धको जन्म स्थान भारत भनेर देखाएको थियो । एउटा हिन्दी चलचित्रमा बुद्ध भारतमा जन्मिएको भने पछि नेपालमा उठेको बिरोध पछि मात्र त्यस चलचित्रका निर्देशकले माफी मागेका थिए । तर उनले त्यसबेला भनेको कुराले पनि प्रमाणित गर्छ कि भारत सुनियोजित रुपमा नै गलत प्रचार गरिरहेको छ । निर्देशकले भनेका थिए, “प्राविधिक गल्तिको कारण अन्य देश पठाएको प्रिन्ट नेपाल पुगेछ ।”

यसको मतलव नेपाली नागरिकलाई झुक्याएर संसार भरि गौतम बुद्ध भारत जन्मिएको गलत प्रचार गर्न भारत हरतरहले लागिरहेको छ । केहि हद भए पनि भारतको यो दुस्प्रयासलाई रामदेवले रोक्ने प्रयास गरेका छन् ।

पतञ्जली योगपिठले गर्न लागेको योग शिविरमा सहभागि हुन उनी आफ्ना बिशेष सहयोगी आचार्य बालकृष्णसँग आएका हुन् । यो शिविरबाट हजारौं मानिसहरु लाभान्वित हुने कुरा रामदेवले बताएका छन् । उनले भने, “योगबाट जीवन समृद बन्छ ।” आफ्नो लागि नेपाल भ्रमण सँधै प्रिय हुने कुरा बताउँन पनि उनि चुकेनन् । उनको योग शिविर छ दिन सम्म चल्नेछ ।

फेरी बोल्यो ज्ञानेन्द्र : राजसंस्था सकिएको कुरा hypothetical मात्रै

“राजसंस्था सकिएको छैन रे. जानकी मन्दिरमा मेरो यसरी जय-जयकार गरे कि म त चकित भए. राजसंस्था सकिएको कुरा त hypothetical मात्रै पो रहेछ” ज्ञानेन्द्र एस्तो बरबराउन थाल्यो .

“जनता मसँग रिसाएका मात्रै छन, मैले गल्ति गरेकै हो, यसैले जनताले मलाई पाठ पढ़ाएका मात्र हुन. राजा भनेका अभिभावक हुन भन्ने जनताले कहिले पनि बिर्सिने छैनन. देशमा शान्ति-सुरक्षा हुन्छ भनेर मात्रै हामीले छोडेका हौ ” ज्ञानेन्द्रको यो बोली सुन्दा लाग्छ, जनताको मनमा छारो हाल्न सक्छु भन्ने उनमा अनौठो आशा अझै बांकी रहेछ. जनता जागेको कुरा हाम्रो पैसाले उभ्याएको उनको महलको पर्खालले छेल्छ क्यारे.
हो, गिरिजा प्रसाद कोइराला को निधनले केहि अफ्ठ्यारो परेको छ तर नेपालको अस्तित्वमै शंका गर्न पछि परेका छैनन नेपाली media हरु. एक जनाको काँधमा मात्र बसेको हुन्न देश. राजा महेंद्र आफु संगै नेपाल सकिन्छ भन्ने सोच्थे रे, अनी लेखेका हुन रे; ” म मरे पनि मेरो देश बांचीरहोस” आज नेपाली media हरु गिरिजाका प्रेमीहरुलाई यही गीत गाउन बाध्य बनाउन खोज्दैछन, गिरिजा मरे पनि उनको देश बाचिरहोस

.

यो देश गिरीजाको पनि थियो र, उनी थिए पांच पल्टसम्म प्रधानमंत्री भएका नेता. उनका लागि हामीले गर्ने नै हो भने धेरै कुराहरु बांकी छन, संबिधान लेखौ, गणतन्त्र संस्थागत गरौ, देशलाई विकशित बनाऔ, यो देश हाम्रो हो, हाम्रो नै बल र बर्कतले यसको मुहार फेर्नु छ, गिरिजा गए अब सबै संगै गयो भनेर कोकोहोलो गर्नु न उनी प्रतिको श्रदांजलि हुन्छ न त यसले कुनै निकाश दिन्छ, हामी आत्तिएका ठानेर नै ज्ञानेन्द्र बोल्न सकेको हो.
प्रमाणित गरौ हामी अझै उतिने शक्तिशाली छौ, जति ज्ञानेन्द्रलाई नारायणहिटीबाट निकालेर देशको झण्डा फहराएको बेला थियौ. हामीले नचाहिने त्यों राजतन्त्रको बोझ फालेकै हौ, सधै सधैको लागि. र,यो hypothetical मात्रै हैन.

छोरा नै किन चाहियो र?

गिरिजाप्रसाद कोइराला अब हाम्रो स्मृतिमा मात्र रहनेछन्। उनको भौतिक शरीर हिजो खरानी भइसकेको छ। परम्परागत हिन्दू मान्यतालाई चुनौति दिँदै उनलाई दागबत्ती दिने काम गरिन उनकी एक मात्र छोरी सुजाता कोइरालाले।

हुनत यसअघि पनि नेपाली समाजमा छोरीले दागबत्ती दिएको र किरिया बसेको धेरै घटना भएका छन्। तर चर्चित व्यक्तिहरुको सार्वजनिक रुपमा हुने कार्यक्रमले पार्ने प्रभाव र यदाकदा हुने र सञ्चारमाध्यममा आउने समाचारले पार्ने प्रभाव फरक हुन्छ। यसअर्थमा छोरीको हातबाट दिइएको दागबत्ती, त्यसको मिडिया कभरेजले मर्ने बेलामा छोरा चाहिन्छ भन्ने परम्परागत हिन्दु मान्यतालाई चुनौति दिन सफल होस्

रहेनन गिरिजा प्रसाद कोइराला

नेपाली राजनीतिको सधै शिखरमा रहेका नेपाली कांग्रेसका सभापति तथा नेपालका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला को आज निधन भएको छ. आजको मितिमा उनका संपूर्ण अवगुणहरुलाई बिर्सदै र उनका महान्ताको सम्झना गर्दै उनको आत्माको चिर शान्तिको कामना गर्दछू.

उफ़ अझै बढ्यो loadshedding

हाम्रोमा कहिले नेप्से घटेर दिक्क पर्छ, कहिले तापक्रम घटेर उस्तै, संबिधान बनाउने दिन उस्तै गरि घटिरहेको छ. हामीलाई यो केहि मात्रै बढ़ी दिए हुन्थ्यो जस्तो लागिरा बेला loadshedding पो प्वाक्क बढेछ. अब दिनको १२ घण्टा बत्तिले आराम गर्ने भयो. अस्ति भर्खर मात्रै हाम्रा उर्जा कि बुर्जा मंत्री कस्सिदै थिए, “अब loadshedding मरी गए बढ्दैन.”

हामी सबैलाई थाहा छ, हामीसंग चाहिए जति बिजुली छैन. तर उर्जा कि बुर्जा मंत्रीले किन ढाटनु ? नहुने कुरा बोलेर किन आश देखाउनु ? यस्ता नचाहिदा तिकड़मे कुरा गरेर बस्नु भन्दा CFL कै बारेमा बोल्नु, अझ भएन alternative production को कुरा गर्नु-काम गर्नु. फोगटिया गुड्डी हाकेर हुन्छ ?
बत्ती किने कै भरमा भूटान जगमग छ हामी चै किन नसक्ने त्यस्तो गर्न ? बिधुत प्राधिकरण के चै गर्दैछ ?
अब हामीले पनि कै गर्ने हो कि ? बिना काममा एकैछिन पनि बिजुलीको खपत नगरौ न हुन्न ? सबै ठाउमा CFL चिम लगाऔ , computer सके सम्म कम चलाऔ , AC नचलाऔ , हिटरको प्रयोग नगरौ, INVERTER प्रयोग नगरौ, सकेसम्म सोलरको प्रयोग गरौ.
तपाईले सोचीरहनु भएको होला, म एक्लैले गरेर के हुन्छ? सोच्नुहोस त, बुद्ध एक्लै थिए, कार्ल मार्क्स ले एक्लैले आधा संसारको दिमागमा राज गरेका छन. राम्रो कुरा एक जनाबाट नै त सुरु हुन्छ. त्यों तपाई नै किन हुन सक्नु हुन्न? किन अर्कालाई अघि लगाउने सोच्नु हुन्छ ? एक पल्ट सोच्नुहोस है,

मिसेल ओवामा नेपाली डिजाइनरको पोशाकमा

अमेरिकी राष्ट्रपति पत्नी मिसेल ओवामाले नेपाली ड्रेस डिजाइनर प्रवल गुरुङले तयार पारेको पोशाक लगाएर एक कार्यक्रममा सहभागिता जनाएकी छिन्। स्मिथसोनियन म्युजियम अफ अमेरिकन हिस्ट्रीको फस्ट लेडी कलेक्सनमा कपडा दिने समारोहमा उनले गुरुङको डिजाइनमा तयार भएको पोशाक लगाएकी हुन्।
उनले गुरुङले डिजाइन गरेको व्ल्याक एन्ड ह्वाइट स्लिभलेस लगाएर कार्यक्रममा सहभागिता जनाएको इन्डियन एक्सप्रेसले जनाएको छ। उनले लगाएको सेतो स्लिभलेसमा कालो रङको गुलाव पेन्ट गरिएको छ। गुरुङले यसअघि नै अमेरिकी आफू ओवामा पत्नीका लागि पोशाक डिजइन गर्न उत्सुक रहेको जनाएका थिए। उनले पहिले नै ह्वाइट हाउसमा मिसेल ओवामाको प्रवेशले त्यहाँ ग्ल्यामरको प्रवेश भएको टिप्पणी गरेका थिए।

इको डोमेन फेसन फाउन्डेसन विजेता गुरुङले त्यतिखेर गरेको टिप्पणीले अहिले स्वरुप पाएको हो। मिसेलले लगाएको यो पोशाक गुरुङको २०१० कलेक्सन हो। न्युयोर्क फेसन सप्ताहमा प्रबलले दिएको अन्तरवार्तामा अमेरिकी महिलाहरुलाई थप आधुनिक देखिनसक्ने बताएका थिए।
‘वधाई छ छ प्रबल। तिम्रो सपना वास्तविक बन्न पुगेको छ,’ फेशनडटकमले गुरुङलाई शुभकामना दिँदै लेखेको छ, ‘तिम्रो डिजाइन के साच्चै श्रीमती ओवामालाई सुहाएको छ ?’

मिसेल युवा डिजाइनहरुको पोशाकमा रुची राख्छिन्। उनले कुनै पनि मुलुकका राष्ट्रप्रमुखसँग भेट गर्दा त्यही मुलुकका युवाले तयार पारेको पोशाक लगाउने गर्छिन्। वाराक ओवामाले अमेरिकी राष्ट्रपतिको चुनाव लड्दा त्यहाँ रहेका आप्रवासीले सघाएका थिए।