About Nepal

Nepal is a landlocked country, surrounded by India on three sides and by China  to the north. Nepal has a great deal of variation in climate. The low elevation Terai has a tropical and subtropical climate. Above the Terai, the climate is completely different due to higher elevations. The east-west-trending Himalayan ranges to the north and the monsoonal alteration of wet and dry seasons also contribute to local variations in climate.
Altitude also affects annual rainfall or precipitation patterns. Up to about 3,000 meters, annual rainfall totals increase with elevation, but above this they decrease with elevation and latitude. 

Two other patterns can be discerned. First, given the northwestward movement of the moisture-laden summer monsoon (June to September), the amount of annual rainfall generally decreases from east to west, although there are exceptional areas such as the Pokhara Valley in Central Nepal with higher rainfall due to generally lower “hills” to the south and the main Himalayan Range immediately to the north that stops the northward passage of moist air. Second, adabiatic effects increase rainfall on south- and east-facing mountain slopes, with a rain shadow on northern sides. This reaches its climax in the inner Himalayan region and on the Tibetan Plateau. Eastern Nepal receives approximately 2,500 millimeters of rain annually, the Kathmandu area gets about 1,400 millimeters, and western Nepal about 1,000 millimeters.


The towering Himalayas play a critical role, blocking the northwesterly advances of moist, tropical air from the Bay of Bengal, and ultimately leading to its conversion to rain in the summer. In the winter, this range prevents the outbursts of cold air from Inner Asia from reaching southern Nepal and northern India, thus ensuring warmer winters in these regions than otherwise would be the case.

In addition, there are seasonal variations in the amount of rainfall, depending on the monsoon cycle.: premonsoon, summer monsoon, postmonsoon, and winter monsoon.

सुरक्षामा सम्झौता ? म गर्नै सक्दिन !!!

देश काल यस्तो छ कि यहाँ जे पनि हुन सक्छ । हरेक संगठनको सेना छ । के थाहा कुनै बेला कसैको विरोधमा पो बोलिएको छ कि । यसैले आफ्नो सुरक्षा आफै गर्दा ठिक हुने देखिन्छ । सरकारको विश्वासमा परियो भने धेरै भए शहिद घोषणा । यो देशको जनसंख्या भन्दा बढि शहिद भएको देशमा यो पनि उपलब्धि मुलक देखिदैन । अतः यो तस्विरले भन्छ, जहाँ जे छ, त्यही अनुसार आफ्नो सुरक्षाको बन्दोबस्ती आफैले गरौं । थाहै होला नी, अनिकालमा बिउ जोगाउनु, भिडभाडमा जिउ ।

गजल

जुन देखाई जुन भने, तिमी घाम भन्दै कस्सियौ
हार भो पक्का–पक्की, अनि तथानाम भन्दै कस्सियौ ।

सा¥है नै रहर ग¥यौ, डाँडा गई सुर्याेदय हेर्ने
भर्खर भाले बास्दै थियो, घर जाम भन्दै कस्सियौ ।।



सादा खाम भित्र पैसा आयो, पैसा तिम्रो खाम मेरो
दुई दिनमै पैसा सकि, खोइ खाम भन्दै कस्सियौ ।

आफै आयौ, हात समायौ, मैले अनि छोड्न मानिन
आँखा रिसले रातो पार्दै, छलछाम भन्दै कस्सियौ ।।

पशुपतिमा एक बिहान

उनको नाम मनमाया र उमेर ६५ बर्ष भयो रे । उनको घर सुन्दरीजल तिर भन्थिन् । शनिबार र सोमबार पशुपतिनाथको दर्शन गर्न जादैहुनुहुन्छ भने गेट छेउको देब्रे कुनामा याद गर्नुहोस्, उही मनमाया तपाइलाई चप्पल जुत्ता फुकालेर जान भन्दै हुन्छिन् । तपाईले जुत्ता चप्पल राख्ने बेलामा एक पटक सोध्नुहोला, “जुत्ता चप्पल राखेको कति दिनु ?” हासोको फोहोरा छोड्दै उनी भन्छिन्, “दिनुहोस् न, हजार बा¥ह सय ।” अब हास्नु भन्दा अर्काे बिकल्प तपाइसँग कहाँ रहन्छ र ? मैले उनलाई सँधै यही यसरी नै बस्नुहुन्छ भनेर सोधें, उनले जवाफ दिइन्, “शनिबार र सोमबार चैं सँधै नै बस्छु ।” अरु दिन उनी पसल गर्छिन् रे । के को पसल गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै उनले भनिन्, “तपाइ जस्ता तन्नेरीलाई एक छाक हुने आलु र अलिकति खोर्सानी र थोरै मुठ्ठा साग ।”

बाँच्न जानेकी एक बुढ़ी आमै

उनी सँधै जसो हासीरहन्थिन् । केहि रमाइला कुरा गरेर छेउमा बस्नेको ढाडमा प्याट्ट हिर्काउँथिन् ।

जीवन जसरी पनि बाँच्न सकिन्छ । जीवन कस्तो बाँच्ने त्यो तपाईको हातमा हुन्छ । धेरै सपनाहरुले जीन्दगी नै बोझिलो बनाउँछन् कहिलेकाँही । ति बुढि आमैसँग एकदिनको सपना छ, अर्कोदिनलाई सपना देख्न अर्काे दिन नै छदै छ नि । उनले यस्तै भनिन् । सायद जीवनले उनलाई पढाएको पाठ होला यो । उनीसँग केहि छैन तर पनि उनी खुसी छिन्, । यसलाई नै बाँच्ने कला भनिन्छ होला । उनलाई देखेर भन्न सकिन्छ खुसी भएर बाँच्न त्यती गा¥हो रहेनछ । खुसी जे मा पनि हुन सकिदो रहेछ । मात्र एकपटक मनलाई बाँधेर हेर्ने हो भने जे सुकैमा खुुसी हुदोरहेछ । साँच्चै नै खुसी हुन कत्ति पनि गा¥हो छैन । आफ्नो हातको अन्न परेवाले खाएको हेरेर पनि खुसी हुन सकिन्छ । चारो टिपीरहेका परेवा केटाकेटी उडाएर मज्जा लिएको देख्नु भएको छ ? हामी त्यस्तो किन गर्न सक्दैनौं ? पशुपतिको एक बिहानले धेरै पाठ पढायो मलाई । अनि मैले सोचे हाम्रो सोचाइमा कमजोरी छ । खुसी हुनलाई कारण पर्खिने हाम्रो सोचाइले नै हामी दुखी छौ । धेरै ठुला सपनाहरुले खुसीहरुलाई किल्चिदो रहेछ र, आफ्नै आँखा अगाडिको खुसी नदेखेर हामी भौतारिदो रहेछौ ।

परेवा खेदाएर खुसी हुदै एक बालक

हामी सबै यस्तै सोच्छौ कि बिबाह पछि खुसी मिल्छ । यसैले बिबाह अगाडिका हरेक पललाई हामी निरर्थक बनाउँछौ । लुगा धुनु, खाना पकाउनु, एक्लै साँझमा घुम्न निस्कनु यी सबै कुरालाई हामी खाली काम र समय कटाउँने उपायका रुपमा परिभाषित गर्छाै र, कोठा फर्किदा थकित भएर फर्किन्छौ । अबिबाहित समय यसरी नै बित्छ । जब बिहे हुन्छ तब पनि केहि दिन पछाडि पुन जिन्दगीसँग गुनासो गर्न थाल्छौ र, सोच्छौ छोराछोरी भए पछि सुख हुन्छ । छोराछोरीको बोझ सम्झेर फेरि सोच्छौ यी ठुला भए पछि सुख मिल्छ । छोराछोरी ठुला हुन्छन् र सपनाको बोझले तिनीहरु पनि कताकता लाग्छन् र फेरि हामी निराश हुन्छौ । अनि जीवन कति नै लामो छ र ? सुखभोग गर्ने लालच लिएरै हामी संसारबाट बिदा हुन्छौं ।

आखिर जीन्दगी सपना बोकेरै बाँच्नु छ भने भोलीका लागि किन आज सपना बोकेर आज बेकारको बनाउँने ? बुढि आमैले भने जस्तै गरि भोलीका लागि भोली नै सपना देखौ न ।

लौ ! त्रि. वि. को वेभसाइट पनि रहेछ ।।।

फुर्सदमा हुनुहुन्छ भने www.tuexam.edu.np मा click गरेर हेनुहोस्, यो नेपालको सबैभन्दा पुरानो र ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयको वेभसाइट हो । तर जब click गरेर त्यसको पेज खोल्नुहुन्छ तब तपाईलाई लाग्छ, साँच्चै त्रि.वि. पुरानो रहेछ । पुरानो भएर अब त बुढो पनि भएछ ।


बुढो हुनुको अर्थ हो, आफ्नो अङ्गहरु राम्ररी नचल्नु, घटिरहेका घटनाहरुसँग सँगै चल्न नसक्नु र यसको परिणति हो आफु भन्दा कान्छाहरुसँगको दौडमा धेरै पछि पर्नु । यी सबै बिशेषता बुढेशकालका हुन् भन्ने तपाई मान्नुहुन्छ भने यो पनि मान्न करै लाग्छ कि त्रि.वि. साँच्चै नै बुढो भएको छ । यसको सबुद प्रमाणको रुपमा तपाई भेट्न सक्नुहुन्छ त्रि.वि.को वेभसाइटलाई ।
वेभसाइटको सुरुमै देखिन्छ, परिक्षा नियन्त्रण कार्यालयको कर्तव्यको विवरण । र, साथै लेखिएको छ, यसले २५० भन्दा बढि क्याम्पस र चार लाख बिद्यार्थीहरुका विभिन्न कामहरु गर्दछ । साथै २७११ भन्दा बढि बिषयको परिक्षा लिनु पनि यसको दायित्व हो । यसका लागि यसमा दुइसय भन्दा बढि कर्मचारीहरु कार्यरत छन् । यसमा ताजा परिक्षाको नतिजा भनेर प्रविणता तर्फ २०६६ कार्तिक २९ को परिक्षाफल र स्नातकोत्तरमा एम्.ए. साइकोलोजीको २०६६ माघ २० को परिक्षाफल राखिएको छ । सुचनापेजमा सम्पुर्ण विद्यार्थीहरुलाई ट्रान्स्क्रिप्टका लागि जमल स्थित कार्यालयमा सम्पर्क राख्न भनिएको छ । तर जमलमा अहिले त्रि.वि.को कार्यालय छैन । अझ हास्यास्पद कुरा त यो छ कि तपाई २०७५ सालको परिक्षाफल अग्रिमरुपमा त्रि.वि.को वेभसाइटमा हेर्न सक्नुहुनेछ ।
त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय हो । योजना आयोगका कर्मचारी देखि लिएर नेता तथा अन्य प्रायः सम्पुर्ण कर्मचारीहरु त्रिभुवन विश्वविद्यालयका उत्पादनहरु हुन् । त्रिभुवन विश्वविद्यालयकै शिक्षा पाएर सबैले आफ्नो जिवन सुधारेका छन् तर त्रिभुवन विश्वविद्यालय आफु दिनानुदिन जिर्ण बन्दै गइरहेको छ । यसको जिम्मेदारी कसैले लिन चाहिरहेका छैनन् । आखिर कहिले सम्म त्रिभुवन विश्वविद्यालय यसरी बाँचिरहन सक्छ ? शिक्षालयहरुको बुढ्यौलीले सभ्यतालाई अपागं बनाउँछ भन्ने हामीले कसरी बिर्षन सक्यौं ?

एम्.आर.पी. प्रकरण पछिका प्रश्नहरु

सम्पादकज्यू
म, नेपालको नागरिक अनि नेपाल, लोकतान्त्रिक गणतन्त्र भएको मुलुक । यसर्थ मसँग मेरो विचारहरु प्रकट गर्ने अधिकार छैन भन्ने आधार म देख्दिन । लोकतन्त्र मेरो लागि पनि हो भनेर पत्र लेख्दैछु । आशा छ विचारको सम्वाहन हुनेछ ।
म स्नातकोत्तरमा वातावरण व्यावश्थापन पढिरहेको छु । वातावरणको अध्ययन गर्नु र प्रदुषण हटाएर वातावरणलाई स्वस्छ र जिवित राख्न पहल गर्नु मेरो कर्तव्य मान्दछु । तर राजनितीक वातावरण र यस्को प्रदुषणले मेरो अन्य बिषयहरु फिक्का बनाईदिन्छ र, म राजनिती प्रति आक्रामक बन्न बाध्य हुन्छु । राजनितीक अस्थिरताका अगाडि कुनै पनि कुरा स्थिर रहदैन भन्ने सत्यलाई कसैले पनि नकार्न सक्दैन । तर राजनितीक अस्थिरताको फाइदा उठाएर हाम्रो राष्ट्रिय स्वभिमानमा, स्वतन्त्रतामा र स्वधिनतामा मुक्का प्रहार गर्न खोज्नेलाई जवाफ दिन संक्रमणकालको अन्त्य नै पर्खिनु पर्छ भन्ने कुरामा म विश्वास गर्दिन । यसैले एक सचेत नागरिक भएको हैसियतमा आफ्नो राष्ट्र प्रतिको कर्तव्य पुरा गर्न यो पत्र लेख्दैछु ।

मेसिनले पढ्न सक्ने राहदानी (एम्.आर.पी.) प्रकरण अहिले नेपाली राजनिती वृतमा निकै प्रश्नहरु लिएर आएको छ । हस्तलिखित राहदानीलाई विस्थापित गरेर एम्.आर.पी. ल्याउने सिलसिलामा यसको मुद्रण मुख्य विवादको विषय रह्यो । परराष्ट्र मन्त्रि सुजाता कोइरालाको व्याक्तिगत चाहनामा गैरकानुनी रुपमा बिना टेण्डर प्रक्रिया भारतमा मुद्रण गर्न दिने कुरालाई सरकारले अनुमोदन ग¥यो ।
एम्.आर.पी. भारतमा छापेमा नेपालको आन्तरिक सुचना भारतले उपभोग गर्ने र नेपालको गोपनियता भङ्ग हुने आशकांमा नेपाली नागरिकहरु चिन्तित भए । प्रतिपक्षी दल एकिकृत नेकपा (माओबादी)ले राष्ट्रिय स्वभिमान रक्षाका लागि भन्दै एम्.आर.पी. प्रकरणको विरोधमा नेपाल बन्दको घोषणा ग¥यो । संसदिय लेखा समितीले प्रधानमन्त्रिसँग स्पष्टिकरण लिदै भारतमा मुद्रण नगरि पुनः टेण्डर प्रक्रिया सुरु गर्ने निर्देशन दियो । सर्वाेच्च अदालतले पनि तत्कालका लागि प्रक्रिया रोक्न सरकारका नाममा आन्तरिम आदेश जारी ग¥यो । अन्ततः सर्वत्र चर्चा, विरोध र निन्दाका कारण सरकारले आफ्नो निर्णय रद्द ग¥यो । तर के निर्णय रद्द हुनु मात्र यस्को निराकरण हो त ? यो त हत्या गरे पछि कारवाही गरौला भनेर पर्खिए जस्तो लज्जास्पद भएन र ? यसको कानुनी उपचार के हुन्छ वा हुन्छ कि हुदैन म जान्दिन तर गलत नियतलाई तह लाउँने केहि परिपाटी हुन्छ कि हुदैन लोकतन्त्रमा ? मेरो अहम् प्रश्न यो हो ।
“खुला सिमानाको कारण उत्पन्न सुरक्षा चिन्ता एम्.आर.पी. भारतमा छापेमा सम्बोधन हुने” भन्ने भारतिय गोप्य पत्रले भारतको नियत उदागों भएको छ । यसबाट प्रष्ट हुन्छ, नेपालको सुचना पाउँनका लागि भारत जुनसुकै हालतमा पनि एम्.आर.पी.आफ्नै देशमा छाप्न चाहन्थ्यो । यो भारतको हाम्रो अभिभावक बन्ने सपना हो । जुन हरेक देशभक्त नागरिकको लागि असह्य हुन्छ । भारतको यो नियत के परराष्ट्र मन्त्रि सुजाता कोइरालालाई थाहा थिएन भनेर कसरी पत्याउँने ? के व्याक्तिगत फाईदाका लागि राष्ट्रिय स्वभिमानलाई दाउमा राख्ने सुजाता कोइरालालाई हामी अझै पनि परराष्ट्र मन्त्रि भनेर सम्मान गर्न बाध्य छौ ? राष्ट्रिय स्वभिमानका विरुद्धमा आएको भारतिय दबाबको अगाडि लम्पसार परेर माधव कुमार नेपालले आफ्नो जुन राजनितीक हैसियत देखाएका छन् त्यसलाई के भन्ने ?
आदर्श समाजमा एउटा नियम हुन्छ । सामाजिक आचार भन्दा बाहिर गएर काम गर्नेलाई समाजमा तिरस्कार गरिन्छ र, अपराधी मानेर सजायको भागिदार बनाइन्छ । तर के लोकतन्त्रको आदर्शले व्यवहारमा यो मान्दैन ? आफ्नो व्याक्तिगत चाहना र पदका लागि भारतलाई अभिभावक बनाएर हाम्रो सुन्दर देशलाई त्यसको दास बनाउँन पछि नपर्ने माधव कुमार नेपाल र उनका मन्त्रि मण्डलका सदस्यलाई के गर्ने ? के राष्ट्रद्रोहको अर्काे उदाहरण खोजिरहनु पर्ला ? राजनितीको खोल ओढेर गरेका जतिसुकै राष्ट्र विरोधी कदम पनि क्षमा योग्य हुन्छन् ? के यसरी नै होला लोकतन्त्र संस्थागत ?
जे होस् भारत आफ्नो नेपाल कुटनितीमा असफल भएको छ । यो सायद पहिलो पल्ट होला । हामी नागरिक चाहन्छौ यो सुरुवात बनोस् । उसको छिमेकीपन भन्दा बढ्ता अभिभाकत्व चाहन्नौ हामी । हामी सार्वभौम थियौ, छौ र रहने छौ अनन्तकालसम्म । चाहे माधवकुमारहरु जति नै नतमस्तक भइरहुन् । शान्ति प्रक्रियालाई सफल बनाउँदै संविधान निर्माण पछिका उच्चतम् सम्भावनाहरुलाई रहर बनाएर अगाडि बढ्न चाहने नागरिक हौ हामी तर एम्.आर.पी. प्रकरण पछि केहि बद्लिएको छ ।
देशका सम्पुर्ण समस्या र अतिक्रमणलाई पदमा साट्न हात फिँजाउँने माधवकुमार नेपालको नेतृत्वमा के नेपालले नया संविधान पाउला ? के शान्ति प्रक्रिया निष्कर्षमा पुग्ला ? असख्य शकांहरु जन्मिएका छन् । यसको तुरुन्त समाधान हुनु पर्दछ । नागरिक हुनुको हैसियतमा आफ्नो अधिकारको प्रयोग गर्दै म भन्न चाहन्छु ए माधवकुमार नेपाल तिम्रो मनमा अलिकती पनि नैतिकता बाँकी छ भने कृपया मैले सकिन भनेर स्वीकारी देउ र, राजिनामा दिएर सम्भावनाका ढोकाहरु खुला पारिदेउ । सबैलाई थाहा छ, तिम्रो नेतृत्वमा राष्ट्रिय सहमति बन्नै सक्दैन । र, राष्ट्रिय सहमती बिना संबिधान बनाउँछु र शान्ति पक्रिया सफल पार्छु भन्नु हुट्टिट्याउँले सगर थाम्छ भन्नु भन्दा हास्यास्पद हुन्छ । इतिहासले अब अन्तिम पटक तिमीलाई मौका दिदैछ, यसलाई सदुपयोग गर । सुध्र । तिमीसँगै नेपाल र नेपाली सति जान सक्दैनन् । नागरिकका मनमा विद्रोह भरिनु भन्दा केहि समय अगाडि सुध्रियौ भने तिम्रो पनि भलाई नै हुनेछ ।

फरक छुट्याउनुहोस्

एक पटक ध्यान दिएर यो तस्विर हेर्नुहोस् त । केहि फरक त पक्कै छ । कि देख्नु भएन ? देख्नु भए त ठिकै छ । के देख्नु भयो बिचार बाढ्नुहोला । होइन भने एक पटक गएर कि रेखा थापालाई सोध्नुहोस् अथवा विश्व हिन्दु महासंघमा सम्पर्क गरे पनि हुन्छ ।

सन्दर्भ थाहा पाइराख्नुहोस् । भर्खर मात्र प्रदर्शन सुरु भएको रेखा थापाको चलचित्र हिफाजतको एउटा गीतमा रेखा थापाले लगाएको कपडाले हिन्दु धर्मको बेइज्जत ग¥यो भनेर विश्व हिन्दु महासंघले विरोध ग¥यो र यसको प्रदर्शनमा सुरक्षाको कारण देखाउँदै प्रशासनले बन्देज लगायो । विश्व हिन्दु महासंघ भन्छ, “यो कपडा माथी तस्विरमा लगाउँने वृदाले जसरी लगाउँनु पर्दछ । रेखा थापाले यसको मानहानी गरिन् ।” तर रेखा थापा भन्छिन्, “मन्दिरका टुडालमा अनेक थरि मुर्ती राख्न हुने । मैले कपडा लगाउँन पनि नहुने ?

हेरौं अब यो दोहोरी कहाँ पुगेर टुङ्गिन्छ । सुन्नमा आएको छ, भोली नै विश्व हिन्दु महासंघका सदस्यहरुलाई बिशेष प्रदर्शन गराउँदै छिन् आफ्नो फिल्मको । फिल्म नै हेरिसके पछि विश्व हिन्दु महासंघ फेरिने हो कि ? नढाटी भन्नुहोस् त, तपाईलाई माथिका कुन तस्विरले हिन्दु धर्म प्रति आकर्षण बढाउँछ जस्तो लाग्यो ?