ढोगाईको सर्त

-चिनीया लोककथा-

एकजना धनी र एकजना गरिब गाउँको चौतारीमा बसेर बात मारिरहेका थिए ।

“यदि मैले तँलाई बीस रुपैया दिए भने तँ मलाई ढोग्छस् ?” धनीले गरिबसँग सोध्यो । “यो त तरिका नै भएन नि, जाबो २० रुपैयाको लागि पनि म तिमीलाई ढोग्छु होला ?” गरिबले भन्यो ।

“यदि मैले मेरो आधा सम्पती दिए भने नी ?” धनीले फेरि भन्यो ।
“आधा सम्पती पाए पछि त म पनि तिमी बराबरको भइहाल्छु नि, अनि मैले तिमीलाई किन ढोग्नु र ?” गरिबले जवाफ दियो ।

“यदि मैले मेरो सबै सम्पती तँलाई दिए भने मलाई ढोग्छस् त ?” धनीले मुसुक्क हास्दै सोध्यो । गरिबले गम्भीर भएर जवाफ दियो,” तिम्रो सबै सम्पती पाएँ भने म तिम्रो ठाउँमा हुन्छु, तिमी मेरो ठाउँमा हुन्छौ । त्यतीखेर पनि तिमीलाई ढोग्ने जरुरत नै पर्दैन ।”

Leave a comment