FOR FORUM POSTING OR FOR PR JOB

1. First choose the job of PR.
2. Check the pr using prchecker.info.
3. Copy the words after LINK TO.
4. In new window go to google.com
5. Paste the copied words in google search and put the word Forums with space.

6. Search for the result. You can see the list of forums related to the topic you searched.
7. There must be forum/threads/newtopic/showthreads.
8. Choose the link which is suitable for the job.
9. Register to the site for writing article/review.
       There must me register buttom/create an account /join for    meambership.Input your valid information.
10.                  Conform your account by clicking the conformation link which you get in your mail.
11.                  If needed you have to login to the site you register.
12.                  On the page you can see NEW POST/Search button/Quick links.
13.                  Click on any topic you see or you can search threads through search buttom.
14.                  You will see the list of threads. Choose any threads you see. If there is Introduce yourself that will be better for the post.
15.                  Click any topic you like. You can see new topic/reply post/new threads/reply/box.
16.                  Put your article on the in the box that appears after you click on newpost/new threads/reply post/reply.
17.                  Each an every job has given the link and anchor text.
18.                  Place the link and anchor text using the hyperlink/insert link button or by using HTML code. Hyperlink button is like earth shape.
HTML code :
[URL=”url/link”]anchor text[/URL]
19.                  Preview you article/review first whether the anchor text is clickable or not . If the anchor text is clickable then submit your post.If not make sure that anchor text must be clickable.
20.                  Copy the url/link of the page where the article/review can view. Paste it into the proof box for completing the job.
Advertisements

कोइरालाकै पोल्टामा कांग्रेस

परिवारवादको पीडा सहदै आएका भनिए पनि कांग्रेसमा कोइराला परिवारको छाप निकै नै गहिरो छ । छोरी सुजाता कोइरालालाई आफ्नो जीवनको अन्तिम समयसम्म साथ दिइरहेका गिरिजा प्रसाद कोइरालाका निकटस्थ शुशिल कोइरालाले कांग्रेसको बागडोर सम्हाल्ने भएका हुन् ।


काठमाण्डौमा भएको बाह्रौ महाधिवेशनबाट शुशिल कोइराला सभापतिमा चुनिएका हुन् । यस अघि उनी कार्यवाहक सभापती थिए ।
जति नै आत्मविश्वासी देखिए पनि सभापतीका उम्मेदवार शेरबहादुर देउवाको केहि चलेन । उनले शुशिलसँग ३३५ मतले पराजित भए ।
यो सँगै देउवाले एकिकरण पछि भएको चुनावमा दोस्रो पटक पराजित भएका हुन् । उनले यस अघि संसदिय नेताको चुनावमा रामचन्द्र पौडेलसँग पराजय भोग्नु परेको थियो । एकिकरण पछाडी उनको पार्टीमा स्थान खस्कदै गएको देखिन्छ ।

हातपात पनि भयो, अब हुन बाँकी के छ र ?

हामीले भर्खरै मात्र लोकतन्त्रको अभ्यास गरेको भए पनि के भयो र ? हामीले संसदिय व्यवश्थाको पुरापुर अनुभव लिइरहेकै छौ । संसद भित्र जति बबण्डर हुनु पथ्र्यो, हाम्रा नेताहरुले त्यो भन्दा बढि नै गरेका होलान् । संसदिय व्यवश्थाको सबै भन्दा ठुलो हतियार चुनावलाई मानिन्छ । प्रधानमन्त्रीको चुनाव सत्रौ पटक गरेर यसको पनि अभ्यास र अनुभव लिइरहेकै छौ । रातारात बैठक, सहमती अनि अरु अरु पक्रिया पनि चलिरहेकै छन् । हुन बाँकी यति थियो कि संसद भवन भित्र कुटाकुट भएको थिएन, अब त्यसको पनि अभ्यास पुरा भएको छ । बजेट भाषण गर्न उठेका सुरेन्द्र पाण्डेलाई माओवादी सभाषदहरुले हात नै हाले । बजेटको ब्रिफकेस नै तोडियो । हिजो हुने भनिएको बजेट भाषण बिथोलियो र, आकस्मिक रुपमा संसद अधिवेशन टुङयाईयो ।

हाम्रा नेताहरु मिल्दैनन् भन्ने त जगजाहेर नै छ । तर यसरी खुल्लमखुल्ला मुक्का हानाहानमा नै उत्रेलान् भनेर चाँही सोचिएको थिएन । हाम्रा नेताहरु यो कुरामा चै हामीले भने भन्दा बढ्ता नै रहेछन् ।
कहाँ बिग्रियो कुरा ?
हाम्रा नेताहरु गोप्य बैठक भन्दै कहाँ कहाँ जमघट जमाउँथे । ति बैठकमा के हुन्थ्यो थाहा भएन । तर अहिले आएर थाहा पाए अनुसार माओवादीले राष्ट्रपतीले बाधा अड्काउ फुकाएर ल्याउने बजेटमा हामी प्रतिपक्षमा बस्ने छौ भनेर जवाफ दिएको थियो रे । अर्थमन्त्री सुरेन्द्र पाण्डे भन्छन् , “सामान्य बिरोध होला भन्ने ठानेका थियौ तर अति नै भयो । “

बजेट प्रक्रियामा साना दलहरुको बिरोध त थियो नै । अन्तमा माओवादी पनि त्यही कित्तामा उभियो । सबैको बिरोधको कारण बजेट प्रक्रिया नै थियो ।

अब के हुन्छ ?
१) संसदको बैठक सकिएको छ यसैले संसद नचलेको अवश्था भनेर अध्यादेशबाट बजेट ल्याइने छ ।
२) संसद अधिवेशन बन्द भए पछि प्रधानमन्त्रीको चुनाव पनि नहुने भयो । यसबाट सबै भन्दा बढि लाभ कामचलाउ प्रधानमन्त्री माधव कुमार नेपाललाई हुने भयो ।
३) माओवादीको यो कदम पछि सहमतीको प्रयास पक्कै पनि पर धकेलिने छ । र, यसबाट राजनीतिक संकट अझै गहिरिने पक्का छ ।

तोडिने भयो अन्तहिन श्रृंखला

सात पटक सम्म भएको प्रधानमन्त्री निर्वाचनको नौटंकी अब चै सकिने छाँटकाँट आउँदैछ । कसैले जितेर यो नाटकको अन्त्य नहुने देखे पछि माओवादी अध्यक्ष क.प्रचण्डले आफ्नो उम्मेदवारी नै फिर्ता लिने भएछन् ।


आज एमाले अध्यक्ष खनालसँग भएको संवाद पछि माओवादीबाट यो निर्णय बाहिर आएको हो । एमाले तटस्थबाट कहिले टसकोमस नभएको र देश भित्र तथा बाहिरबाट नै अनेक तिकडम सुरु हुन थालेको यो अवश्थामा असहमतीको यो सहमतीले देश कहाँ पुग्ने हो हेर्न बाँकी नै छ ।

एउटा दल एमाले तटस्थ हुँदा बहुमत नपुगेको अवश्थामा माओवादी पनि तटस्थ बसिदिए पछि प्रधानमन्त्री चुन्न अफ्ठ्यारो नै छ । तर असम्भव छैन है । रामचन्द्र पौडेल प्रम हुने एउटा बाटो छ । त्यो हो, एमालेबाट कांग्रेसलाई सघाउँनेहरु फुटेर रामचन्द्रलाई भोट हाल्नु पर्छ । अनि मधेसी दलहरुको पनि मत पाए रामचन्द्र प्रधानमन्त्री हुने पक्का ।


अब पुरै टुंगो चै कांग्रेसको महाधिवेशन पछाडी मात्रै लाग्नेछ । पर्खौ र हेरौ, के के देख्न पाईने हो अझै ।