म पूर्व मन पराउँछु

-रोजर गिरी-

पाँच बर्षको लामो अन्तराल पछि उसले मलाई पत्र पठाएछ । मैले त बिर्षीसकेको पनि थिएँ । उसले भने बिर्सेको रहेनछ । उसको पत्रले मलाई फेरि एकपल्ट स्कूल जीवनको सम्झना गरायो । मेरो स्कुल जीवनको एउटा भावुक, एकान्त प्रेमी र आस्तिक साथी थियो उ । कविता पनि लेख्ने गथ्र्यो । उसका कवितामा भुकम्पले ग्रसित वस्तीका कथाहरु अनि पहिरोले पुरिएका कलिला आत्माका व्यथाहरु हुन्थे । चित्रकारीतामा पनि उसको राम्रो हात बसेको थियो । उसले कोरेको चित्रभित्र कतै युद्ध मोर्चामा घाइते भएका सिपाहीका तस्विर हुन्थे भने कतै बुद्ध र जनकका तस्विर हुन्थ्यो । 

उसले एकदिन मलाई भनेको थियो, बुझिस् रोज, म मान्छेको विश्वास गर्दिन किनकी यिनै मान्छे हुन् एउटा पानामा हिरोसिमा र नागासाकीको इतिहास लेख्ने अनि यिनै मान्छेहरु हुन्, जसले अर्को पानामा आफ्नै सुन्दर वस्तीको छातीलाई युद्ध मोर्चा घोषित गरेर आफ्नै सन्ततीका मुटु माथि लडाकु विमानले आक्रमण गरेको समाचार छाप्ने । म त रोज, त्यो मान्छेको विश्वास गर्छु जसको व्यवहार बुद्धको जस्तो होस् अनि उसले बोल्ने शैली कवि या कलाकारको जस्तो होस् ।
रोज, मसँधै स्वतन्त्र भएर बाच्न चाहन्छु । म आफ्नै बाटोमा यात्रा गर्छु । मेरो यात्रा सँधै शान्तिको हुनेछ किनकी शान्तिमा नै माया, ममता, दया, स्नेह, धर्म र भक्ति, क्षमा र दान सन्निहित हुन्छ ।
रोज म सँधै पूर्व मन पराउँछु, पश्चिम होइन । किनकि पूर्वमा बुद्ध र जनक जन्मेका छन् र पश्चिममा नेपोलियन र हिटलर ……….।
उ यस्तै यस्तै कुरा गरिरहन्थ्यो मसँग । उसको कुरामा म पनि सहमत हुन्थें र त उसले मलाई साथी बनाएको थियो । 
उसलृ मलाई पत्रको साथमा आफ्नो एउटा तस्विर पनि पठाएछ । गेरु रंगको कपडा लगाएको, गलामा रुद्राक्षको माला लगाएको, दाह्री पालेको झट्ट हेर्दा कुनै योगी वा दार्शनिक जस्तो देखिने त्यो मेरो साथीको तस्विरलाई मैले धेरैबेरसम्म एकानासले हेरिरहें ……. ।
Advertisements

यस्तो पनि SMS, यो पढ नत्र दुर्भाग्य होला !

sai ram

म सानै छदा एकपटक कता कताबाट मेरो हातमा एउटा पत्र आयो जसले मेरो बालमस्तिष्कमा निकै ठुलो दवाव दिएको थियो । पत्र धार्मिक प्रकृतिको थियो । लेखिएको थियो, एउटा मन्दिरमा सर्प आयो अनि पुजारीलाई चिठी बाड्नु भन्यो । पुजारीले बाड्यो । पुजारी धनि भयो । यही सिलसिलमा पत्रमा थपिएको थियो । एउटा व्यापारीले पत्याएन अनि चिठी पढेर फालिदियो । त्यही रात उसको पसलमा आगो लाग्यो अनि एक्कासी छोरो पनि म¥यो । यस्तो लेखेको पत्र मेरो हातमा कुन साथीले थमाईदियो, मैले थाहै पाइन । फाल्यो भने मरिन्छ भनेर मैले अरुलाई दिन अनेक उपाय लगाएँ तर पहिले नै बल्ल बल्ल सल्टाएर खुसी भएका कुन चै साथी फेरि फस्थ्यो र ? मैले कसै गरे पनि स्कुल छुट्टि हुँदासम्म पत्र मेरो हातमै रह्यो । किताबमा चेपेर रुदै घर हिडें । मेरो गाउको एकजना दाईले थाहा पाएर केहि हुदैन भन्दै त्यो पत्र फालिदिए । राती केहि भइहाल्छ कि भनेर त्यो रातभर म डराएर ननिदाई झर्लगं पारे । अहिले फेरि त्यस्तै सन्देश आएर हैरान पारिसक्यो, केहि सन्देशहरु यस्ता छन् । 

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

२७.४.२०११ साइबाबाको जन्मदिन । कृपया यो सन्देश नमेटाउनु होला । यो सन्देश रात पर्नु अगाडि १५ जनालाई पठाउँनुहोला । तपाईले शुभसमाचार सुन्न पाउँनुहुनेछ । यो सत्य हो ।
(27.4.2011 sai baba’s birthday, plz don’t delete this msg.send to 15 people, before night u’ll hear good news. its true.)
साइबाबाले तपाईलाई कहिलै असफल पार्नुहुन्न । यो सन्देश १९ जनालाई पठाउँनुहोस्, तपाईले २४ घण्टा भित्र शुभसमाचार पाउँनुहुनेछ । यदि यसलाई बेवास्ता गर्नु भयो भने ९दिनमा दुर्भाग्य हुनेछ । यो सत्य हो । साइराम (original msg)
SaiBaba never fails U, Send this Msg to 19 person, U’ll get Good News withn 24 hr. If U neglect it, Badluck within 9 days…Its true….sai ram.
साइबाबा सबैका मालिक एक । यो एसएमएस शिरडीबाट आएको हो । यसलाई ११ जनाकोमा पठाउँनुहोस् ३ दिनमा तपाईको मनोकामना पुरा हुनेछ ।(SAI BABA SAB KA MALIK EK. Ye sms shirdi se aaya hai. Ese 11 logoko forward karo 3 din me aapki manokamana puri hogi.)
जब ति दाइले त्यो पत्र फालिदिए उनलाई केहि भएन । अनि म कति मुर्ख रहेछु भनेर मैले पत्तो पाएँ । तर आजभोली मेरा मित्रहरु त्यहीबेलाको म जस्तै मुर्ख बनेर यस्तै कुरा पत्याएर प्रचार गरिरहेका छन् । सायद प्रविधिले गर्दा होला, एसएमएसको सहायता लिएका छन् । बितेका ५ दिन भित्र मैले ५० वटा भन्दा बढि यस्ता एसएमएस पाईसकेको छु । कुनै हितैषीको नाममा एसएमएस आउँछ, जब त्यो एसएमएस खोल्छु यस्तै प्रकृतिका सन्देशहरु हुन्छन् । म आजित भइसके । यो सबै भ्रामक कुराको पछी नलाग भनेर के सम्झाई रहनु ? नजान्ने अबुझ त तिनीहरु पनि कहाँ छन् र ?
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

तर यसलाई म एउटा सामान्य सन्देशका रुपमा चित्रण गर्दिन । सन्देशहरु सबैमा शुभसमाचारका कुराहरु मात्र छ्रैनन् । त्यहाँ नमिठो धम्की पनि लुकेको छ । कुनै निश्चित दिन भित्र यति मान्छेलाई नपठाए, दुर्भाग्य निम्तिन्छ या मर्न सक्छस् भन्नुको के अर्थ हुन्छ ? यो सरासर धम्की होइन ? कुनै बालबालिकाले यो सन्देश पाए उनीहरुको बालमस्तिष्कमा कस्तो असर पर्छ ? मोबाइलबाट यसरी एउटा सामान्य मान्छेलाई धम्क्याउँनुलाई शुभसमाचारको प्रेषण मान्न सकिने कुनै आधार छ ?
यसैले अन्तमा मेरा मित्रहरुलाई एउटा अनुरोध छ कि कृपया मलाई सञ्चो विसञ्चो सोध्नका लागि या कुनै भलाकुसारीका लागि मात्र एसएमएस गरिदिनुहोला । तपाईका मनमा भएका गुनासो सुन्न, पीर या खुसी बाड्न तपाईको यो साथी सँधै तपाईहरुका लागि उपलब्ध छ, तर यस्ता नचाइदा बकवास या कुनै किसीमका धम्की या चुनौति पढ्दा पढ्दा वाक्क भइसकेको मान्छे तपाईहरुको यो मित्रलाई अरु वाक्क नपारिदिनुहुन हार्दिक अनुरोध छ ।

"अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुठा खबर थाहा पाइन्छ,”

-मोहन मैनाली-

धरानमा पहिले निकै धेरै नाटक हुने गर्थ्यो । बीचमा यो क्रम टुट्यो। निकै लामो समयपछि २०६८ साल वैशाख दोस्रो हप्तामा धरानमा एउटा नाटक देखाइयो। यसको कथा यस्तो थियो– अनुजा बानिया (उनले डबल रोल पनि खेलिछन् क्या रे) ले रु. ९१ लाख नगद र हिराको हार फेला पारिन। केही दिन घरमा राखिन र जसको हो उसैलाई फर्काइन।यो नाटक केही समयसम्म सत्य ठहरियो। यस प्रशंसनीय कामको समाचार प्रचारप्रसार भयो। सबैजनाले उनको राम्रो कामको प्रशंशा गरे। राष्ट्रपतिसम्मले फोन गरेर उनको तारिफ गरे। यसको केही दिनमै अनुजाका बारेमा सञ्चार माध्यमले शंका गर्न थाले। अर्थात पत्रकारहरुले केही दिन पहिले जे समाचार पठाएका थिए त्यो असत्य भएको समाचार पठाए। “अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुठा खबर थाहा पाइन्छ,” अंग्रेजी भाषामा लेख्ने साहित्यकार मार्क ट्वीनले भनेका थिए। उनी मरेको १०१ वर्ष भइसकेको छ। उनले कम्तिमा पनि १०१ वर्ष अघिको पत्रकारिताका बारेमा यस्तो टिप्पणी गरेको हुनुपर्छ।

यस घटनाले के कुरा प्रमाणित गर्‍यो भने, मार्क ट्वीनले भोगेको पत्रकारिता नेपालमा आज पनि जीवित छ। अर्थात अखबार पढेन भने, रेडियो सुनेन भने र टेलिभिजन हेरेन भने खबर थाहा पाइँदैन, अखबार पढ्यो भने, रेडियो सुन्यो भने र टेलिभिजन हेरयो भने झुठा खबर थाहा पाइन्छ।”
अनुजाले ढाँट्दा र उनले भनेका झुठा कुरा पत्रकारले प्रचारप्रसार गर्दा नेपाली समाजलाई त्यति धेरै क्षति पुगेन होला। सद्नियतको खडेरी परेका बेलामा यसले केही समयका लागि भने पनि वर्षा गरायो। तर सनकमा झुठा कुरा गर्दा र त्यस्ता कुरालाई पत्रकारले प्रचारप्रसार गर्दा धेरै ठूलो क्षति भएका उदाहरण पनि छन्।
कुरा ११ वर्ष अघिको हो। अहिले अनुजालाई जस्तै गरी त्यतिबेला चितवनका विज्ञान पढ्ने केही युवाहरुलाई चर्चित हुने सनक चल्यो। विज्ञान सम्बन्धी पत्रिका निकालेर त्यो इच्छा पूरा गर्न खोजे जुन असफल हुनु स्वभाविक थियो। त्यसपछि उनीहरुलाई कसैले सल्लाह दियो– पत्रकार बोलाउने। हिन्दी फिल्मको हिरो ऋतिक रोशनले नेपालीलाई मन पराउँदिन भनी दिएको अर्न्तवार्ता कुनै एउटा हिन्दी टिभी च्यानलमा प्रसारण भएको भनी त्यसको विरोधमा अलिकति कागज भेला गरेर डढाउने।
उनीहरुले त्यसैले गरे। चितवनको एउटा पत्रिकाले समाचार छाप्यो। त्यसपछि नेपाली पत्रकारहरुले ऋतिक रोशनले नेपालीको अपमान गरेको समाचार प्रचारप्रसार गरे। अनि ऋतिक रोशनको विरोध गर्नेहरुको स्यालको हुईँया चल्यो। ऋतिकले अन्तरवार्ता नदिँदै नेपालको अपमान गरेको देख्ने पत्रकारहरुले यस्तो हुईँयाको समाचार प्राथमिकतापूर्वक प्रचारप्रसार गरे।
पत्रकारहरुले यसरी चौबाटोमा जुवाको ठूलो खाल खडा गरिदिए जसमा अनेकथरिले च्याँखे थापे। नेकपा (एमाले) त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध खोइरो खन्दै थियो। त्यसका नेताहरुले गिरिजालाई हटाएर आफू सत्तामा जाने सपना देखे। त्यसैले, त्यसका नेताहरुले ऋतिक रोशनले त्यसो भनेकै हो भनेर आगोमा घिऊ थपे। उग्र राष्ट्रवादीहरुले पनि आफनै नाथ्रो फुटाएर देशभक्ति प्रदर्शन गर्ने राम्रो अवसर पाए। हुँदाहुँदा नेपाली कांग्रेसकै एउटा चिरा पनि गिरिजा विरुद्धको यस खालमा च्याँखे थाप्न पुग्यो। गिरिजा विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई बल पुर्‍याउन उसका नेताहरु लागिपरे। ने.वि. संघका केटाहरुलाई उचालेर ऋतिक रोशनले भन्दै नभनेको कुराको विरोधमा उद्दण्ड जुलूस निकाले र यस्तो नारा घन्काए– यसपालिको हैजा, गिरिजालाई लैजा।
नेपाल बन्द भयो। तोडफोड भयो। गोली चल्यो। मानिस मारिए। सरकारले ऋतिक रोशनका फिल्म देखाउन प्रतिवन्ध लगाएको घोषणा गर्‍यो। साम्प्रदायिक दंगा फैलाउने प्रयास भयो। नेपाल भारतबीचको सम्बन्ध निकै तितो भयो। भारतीय प्रधानमन्त्रीले नेपालका मन्त्रीसँग कुरा गर्नुपर्‍यो।
यति भैसकेपछि नेपाली अखबारहरुमध्ये एउटाले सम्पादकीय लेख्यो–  ’भन्दै नभनेको कुराको प्रचारप्रसार गर्नुहुँदैनथ्यो।’ अचम्मको कुरा चाहिँ के थियो भने यस्तो आशयको सम्पादकीय छापिएको दिन सोही पत्रिकाको मनोरञ्जन पेजमा चाहिँ नेपालीको अपमान गरेको भनेर ऋतिक रोशनको दोहोलो काडिएको थियो।

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

यस बीचमा हुँदै नभएका कति कुरा नेपाली पत्रकारिताले हो भनी प्रचारप्रसार गर्‍यो। धेरै नेपालीले आफू मरेको समाचार सुन्ने, हेर्ने र पढ्ने अवसर पाए। खनीखोस्री गरेर जीविका गर्ने किसान आतंककारी बनाइए। झुठा कुरा गर्नु अपराध हो भने त्यो अपराध नेपाली पत्रकारिताले गर्‍यो। झुठा कुरा गर्दा बेफाइदा पुग्छ भने नेपाली पत्रकारिताले समाजलाई त्यो बेफाइदा पुर्‍यायो। तर ऋतिकदेखि अनुजा काण्डसम्म आइपुग्दा नेपाली पत्रकारिताको आधारभूत कमजोरी कायमै छ। अहिले निश्चित अखबारलाई खुच्चिङ भन्नेहरुले यस अघि यो भन्दा ठूला गल्ति गरेका रेकर्ड उनीहरुकै पत्रिकाका फाइलमा सुरक्षित छन्।
कहिलेकाहिँ अचम्म लाग्छ– यस्तो किन हुन्छ? दैनिक पत्रिकाका समाचार सिमित क्षमता भएका पत्रकारहरुले, सिमित समय (१५/१६ घण्टा) भित्र गर्ने सिमित प्रयासका भरमा तयार हुन्छन्। कुनै घटना हुनु अघि नै समाचार प्रसार गर्ने होडमा लागेका रेडियो र टेलिभिजनले त यति समय पनि पाउँदैनन्। तर जे जति अफ्ठ्यारा भए पनि समाचार साँचो त हुनैपर्छ। साँचो नठहरिएको कुनै कुरा समाचार हुँदैन।
नेपाली पत्रकारितामा साँचो कुरा र हल्लाका बीचमा फरक नदेख्ने प्रवृत्ति अहिले पनि हावी छ। धेरै कुरा विचार गर्दा के लाग्छ भने नेपाली पत्रकारिताले यस प्रवृत्तिलाई बेस्सरी च्यापेर बसेको छ। यस प्रवृत्तिप्रतिको नेपाली पत्रकारिताको आशक्ति देख्दा एउटा डर लाग्छ– कसैले कुनै बेला नेपाली पत्रकारिताको शरीरबाट यस प्रवृत्तिलाई जबरजस्ती निकालेर फालिदियो भने नेपाली पत्रकारिता त्यसैको सति जान तयार हुने पो हो कि?
एउटा तितो अनुभवका आधारमा मैले यसो भनेको हुँ। ऋतिक रोशन काण्ड चितवनबाट फैलनु भन्दा १० महिना पहिले नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल पत्रकार महासंघ चितवन शाखाले चितवनको पर्सामा एक महिने आधारभूत पत्रकारिता तालिम चलाएका थिए। त्यसमा सप्तरीदेखि नवलपरासीसम्मका पत्रकारहरुले भाग लिएका थिए। मैले हस्त गुरुङसँग मिलेर दुई हप्ता प्रशिक्षण दिएको थिएँ। अघिल्लो तालिममा भन्दा पछिल्लो तालिममा आफूले केही न केही नयाँ कुरा जानेको हुनुपर्छ भन्ने ठानेर हामी जुन तालिमका बेलामा पनि पत्रकारिताका नयाँ नयाँ पुस्तक पढने गर्छौँ। यस्तै एउटा नयाँ पुस्तकमा समाचारमा सत्य कुराको कति महत्व हुन्छ भन्ने बारेमा अभ्यास गर्नका लागि गतिलो उदाहरण भेटियो। त्यसलाई तालिम सञ्चालन भएको ठाउँ चितवन (जहाँ कुखुरापालन एकदमै फस्टाएको थियो) का सन्दर्भमा ढाल्यौँ। हामीले पत्रकारहरुलाई भन्यौँ :
मानिलिनुस, तपाईँ समाचार खोजेर पत्रिकाको अफिस पुग्दा सम्पादक तपाईँसँग बम बम भएर बसेका रहेछन्। भएछ के भने हिजो तपाईँले जुन पशु डाक्टरसँग कुरा गरेर समाचार लेख्नुभएको थियो उनले तपाईँको सम्पादकलाई फोन गरेर भनेछन– “तपाईँको संवाददाता हिजो मकहाँ आएका थिए। चितवनको कुखुरामा सरुवा रोग फैलिएकोमा उनलाई चिन्ता लागेको रहेछ। उनले त्यसको रोकथामको उपचार के छ भनेर सोधे। मैले एउटा औषधिको नाम बताएँ र त्यो कसरी लगाउने भन्ने तरिका पनि बताएँ। आज त्यो समाचार तपाईँको पत्रिकामा छापिएको छ। तपाईँको रिपोर्टरले औषधिको नाम त सही लेखेछन् तर औषधि लगाउने विधि भने गलत लेखेछन्। मैले ५० मिलिलिटर औषधि ५०० लिटर पानीमा घोलेर कुखुराको ठुँडोमा लगाइदिनु भनेको थिएँ। तपाईँका संवाददाताले ‘५०० लिटर पानीमा घोलेर’ भन्ने कुरा छुटाइदिएछन्। तपाईँको पत्रिका र मलाई विश्वास गरेर चितवनका कुखुरापालकले तपाईँको पत्रिकामा छापिए जस्तै गरेछन्। फलस्वरुप चितवनमा भए जति सबै ५ करोड कुखुरा मरे।”
माथिको कुरा बताइसकेपछि सम्पादकले तपाईँलाई सोधे, “अव तपाईँ के गर्नुहुन्छ?” यसको जवाफ दिनुस।
पाँच मिनेट जति सोचविचार गरेपछि पत्रकारहरुले उत्तर दिन थाले।
‘भूलसुधार गर्ने।’
‘क्षमा माग्ने।’
‘अवदेखि त्यसो नगर्ने।’
‘त्यसो गर्दा मरेका पाँच करोड कुखुरा ब्यँुतिन्छन्?’ एकजना सहभागीले हाम्रो काम सजिलो बनाइदिए।
‘कुखुराको ठुँडामा जुन औषधि दल्नु भनेर लेखेको थियो त्यही औषधि आफनो नाकमा दलेर मर्ने,’ एकजना सहभागीले समाधान निकाले। एकछिनको छलफलपछि सबै सहभागीहरु के कुरामा सहमत भए भने संसारका सामु मुख देखाउन नहुने खालको गल्ति गरेकाले यस्तो अवस्थामा मर्नु नै बेस हुन्छ।
दस महिनापछि, जुन जिल्लामा यस्तो अभ्यास गरेको थियो त्यही जिल्लाबाट ऋतिक रोशन काण्डको स्याल हुईँया सुरु भयो। यो हुईँया त्यही अखबारबाट सुरु भयो जुन अखबारका एकजना संवाददाता माथिको अभ्यासमा सहभागी थिए।
“त्यस दिन म विदामा थिएँ,” पछि भेट्दा ती संवाददाताले भनेका थिए।
ऋतिक काण्डको दुई महिनापछि नेपाल पत्रकार महासंघले चितवन बोलायो। एक वर्ष पहिलेको तालिमको पुनरावलोकन गर्न। तालिममा जे नगर्नु भन्ने निष्कर्ष निकाल्यो त्यही गर्ने पत्रकार भएको ठाउँमा आउँदिन भनिदिएँ। अलि पछि महसुस गरेँ– यस्तो अडानमा बसिराख्यो भने त नेपालै छाड्नु पर्ने रहेछ। त्यसैले पत्रकारिता तालिम दिन लागिरहेँ।
यसको केही समयपछि भारतको एउटा पत्रिकामा दुई पेजको विज्ञापन छापियो। देब्रेतिरको पेजमा एउटा फोटो थियो जसमा एकजना मानिसलाई एउटा अँध्यारो कोठमा कुर्सीमा बसाइएको थियो। उसको अनुहारमा मात्रै उज्यालो राम्रोसँग परेको थियो। उसका दुवै हात ऊ बसेको कुर्सीमा बाँधिएका थिए। त्यो मानिस डराएको थियो। उसका दुवैतिर दुईजना मानिस उभिएका थिए। एकजनाको हातमा बोकेको बस्तु राम्रोसँग चिनिँदैनथ्यो। सुई हो कि पेस्तोल जस्तो देखिन्थ्यो।
यो विज्ञापन देखेपछि पत्रकारिता तालिममा पत्रकारहरुलाई यो फोटो देखाएर सोध्न थालेँ– कसले, कसलाई, कसरी, किन, के गरेको?
सबैले आआफना ज्ञान र अनुभवका आधारमा थरिथरिका जवाफ दिन्छन् जो यस्तै खालका हुन्छन् :
• अपहरणकारीले बन्धकलाई पैसा चाँडो ल्याउन दवाव दिएको।
• सेनाले माओवादीलाई यातना दिएको।
• प्रहरीले माओवादीलाई सोधपुछ गरेको।
• माओवादीले सुरक्षाकर्मीलाई मार्न आँटेको।
उनीहरुले जवाफ दिइसकेपछि विज्ञापनको अर्को पेज देखाउँछु। त्यसमा माथि ठूला अक्षरमा लेखिएको छ “विजिनेस स्टान्डर्डको संवाददाता बन्न सजिलो छैन।”
यो भारतबाट निस्कने आर्थिक पत्रिका बिजिनेस स्टान्डर्डको विज्ञापन हो।
त्यसको तल लेखिएको छ : “समाचार पास हुनु अघि संवाददाताले हाम्रो परीक्षा पास गर्नुपर्छ।”
त्यसपछि सहभागीहरु जिब्रो काडेर भन्छन्– यातना पाए जस्तो, बयान लिँदै गरे जस्तो देखिने मानिस त संवाददाता पो रहेछ। उसका वरिपरि बसेर यातना दिँदै गरे झैँ लाग्ने मानिस त सम्पादकहरु पो रहेछन्।
दोस्रो पेजको तल पट्टि अरु केही वाक्य लेखिएका छन्।
“हामी उसलाई सोध्छौँ– तथ्याङ्क कहाँबाट लिइएको हो? तथ्याङ् दोहोर्‍याएर चेक गरेको छ कि छैन? समाचारमा जसका बारेमा लेखिएको छ उसलाई सफाइको मौका दिएको छ कि छैन? कसैले एउटा सन्दर्भमा भनेको कुरा गलत अर्थ लाग्ने गरी अर्काे सन्दर्भमा उपयोग गरेको पो छ कि?”
“हाम्रा हातमा भएको अर्काे समाचार पाठकका लागि बढी महत्वपूर्ण छ भने यी सबै कुराको चित्तबुझ्दो जवाफ पाएपछि पनि हामी उसको समाचार नछाप्न सक्छौँ। खुशीको कुरा के छ भने अधिकांश मानिसले यस्तो पत्रकारिता मन पराउँछन्।”
आजभोलि पत्रकारहरुका लागि आधारभूत पत्रकारिता र फिचर लेखन जस्ता जहाँ पनि, जहिले पनि र जुनसुकै विषयमा पनि काम लाग्ने पत्रकारिताका सिपका बारेमा तालिम हुन छाडेका छन्। विभिन्न उपलक्षमा विभिन्न फुर्का जोडेर तालिम दिने चलन चाहिँ बढेको छ। उपलक्ष जे भए पनि मेरो लक्ष चाहिँ पत्रकारिताका आधारभूत कुराका बारेमा अभ्यास गराउने हुन्छ। त्यसैले, सकेसम्म सबै तालिममा प्रसङ्ग मिल्दा र तानतुन पारेर प्रसंग मिलाउन सक्दासम्म बिजिनेस स्टान्डर्डको विज्ञापन देखाउँछु। त्यसको आशयका बारेमा छलफल गराउँछु।
झण्डै आधा घण्टा लगाएर त्यस विज्ञापनमा भएका फोटो र शब्द हेरि/पढि सकेपछि सहभागीहरु भन्छन्– संवाददाताले निकै कठोर तर उपयोगी परीक्षा पास गरेपछि मात्रै समाचार छापिँदो रहेछ भन्ने कुरा बुझयौँ।
त्यतिबेला त मलाई पनि उनीहरुले बुझे झैँ लाग्छ। तर पछि पत्रिका पढ्दा, रेडियो सुन्दा र टिभि हेर्दा लाग्छ यो कुरा त्यति सजिलै बुझाउन नसकिने रहेछ। यो कुरा बुझाउन अझ धेरै जनाले अझ गम्भीरताका साथ अझ कडा प्रयास गर्नु पर्ने रहेछ।
कहिलेकाहिँ चाहिँ, जति वर्ष ढुङ्ग्रोमा राखेपनि बाङ्गै हुने यो कुकुरको पुच्छर ढुङ्ग्रामा राखिराख्ने काम मैले किन गरेको होला जस्तो लाग्छ। पोहरसाल यस्तै कुरा गर्दा पत्रकार तथा पत्रकारिता प्रशिक्षक यज्ञ शर्माले एउटा कथा सुनाए। धेरैवटा कामका लागि वदनाम एकजना पूर्वमन्त्रीको यो कथा साँचो हो रे।
कथा यस प्रकार छ :
उहिले २०३६ सालपछि एकजना ने. वि. संघका नेता ने. वि. संघको प्रचारका लागि धरान पुगेछन्। तिनताक धरान अखिल (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) को गढ थियो। अखिलका त्यहाँका नेताहरुले ने. वि. संघका नेतालाई त्यहाँका विद्यार्थी भेट्न दिएनछन्। “जे भन्नु छ हामीलाई भन्,” क्याम्पसको चउरमा घेरामा पारेर अखिलका विद्यार्थीले भनेछन्।
“मेरो कुरा विद्यार्थीहरुलाई भन्न दिएनौ। ठिकै छ। म आफना कुरा यही चउरलाई सुनाएर जान्छु। एक दिन यही चउरमा ने. वि. संघ कसो नउम्रेला।”
त्यसको धेरै वर्ष पछि एक पटक स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा ने. वि. संघले जित्यो।
आजभोलि बिजिनेस स्टान्डर्डको त्यो विज्ञापन देखाउँदा म सोच्दछु एक दिन न एक दिन कसो त्यो कुरा बुझाउन नसकिएला? न्यायाधीस पछि सबै भन्दा बढी झुठा कुरा सुन्नु पर्ने पेशामा लागेर पनि ‘मानिसले भनेको कुरा कसरी झुठा हुनसक्छ र?’ भन्ने सुधो स्वभाव पत्रकारले कसो नत्याग्लान?
कसैको हानी नहुने गरी ढाँटिदिएर अनुजाले नेपाली पत्रकारितालाई सुध्रने मौका दिएकी छन्। स्याब्बास अनुजा।

व्यवश्था मात्रै बदल्ने कि आचरण पनि ?

-सागर वन्त
विनिपेग, क्यानडा
अहिले अरब दुनियाँमा भइरहेको विद्रोह र हलचलले अवश्य पनि कयौं नेपाली युवाको रगत तातिइरहेको होला । यसले नेपालमा विगतमा भएका धेरै व्यवस्थाहरुलाई पराजित गर्न गरिएको विद्रोहहरुको सम्झना गराउँछ । तर त्यसले हामीलाई कहाँ ल्याइपु¥याएको छ त ? हामी अहिले पनि १९५० को दशकमा सुरुवात भएको आधुनिक विद्रोह भएकै ठाउँमा छौ । हामी अझै पनि नैतिक रुपमा पथभ्रष्ट भएका नेताहरुद्धारा शासित छौ जो जनता र उनीहरुको इच्छाको प्रतिनिधित्व गरिरहेको दाबी गर्छन् । हाम्रो आफ्नै इतिहास र विश्वको राजनीतिक इतिहासबाट हामीले के सिक्नुपर्छ भने हामी कुनै पनि शासन व्यवस्थाको पक्ष या विपक्षमा नभई समाजमा एउटा यस्तो मुल्य व्यवस्थाका लागि लड्नुपर्छ जसमा सच्चा, इमानदार र नैतिक व्यक्तिहरुलाई इनाम दिइन्छ ।

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

निरंकुशताले पनि सकारात्मक नतिजाहरु निकाल्न सक्छ यदि उक्त निरकुंश शासक नैतिक रुपमा रहि देशका लागि प्रतिबद्ध रहन्छ । जस्तै सिंगापुरका लि कुवान यु । यो राजतन्त्रमा पनि लागू हुन्छ, जस्तै सुयक्त अधिराज्य, स्विडेन, जापान आदि । वा साम्यवाद (चिन) वा पुँजीवाद (अमेरिका, जर्मनी) । आधारभूत रुपमा पृथक शासनका यी वैचारिक व्यवश्थाहरुको सफलतामा साझा भनेको एउटा यस्तो मुल्य व्यवश्थाको स्थापना हो जसले एउटा सच्चा र इमानदार मान्छेलाई गरिखान दिई आफ्ना सपना साकार गर्ने मौका दिन्छ ।
नेपालका थुप्रै विद्रोहहरुले सकारात्मक नतिजा निकाल्न नसक्नुको कारण हाम्रा सबै नेता त्यही भ्रष्ट व्यवश्थामा जन्मेर हुर्कनु हो जससँग उनीहरु लडिरहेको दाबी गर्छन् । उनीहरु साम्यवादी, लोकतन्त्रवादी वा राजतन्त्रवादी जे भए पनि उनीहरुले आफ्नो राजनीतिक पाठ नेपालको युवा राजनीतिले जहिले पनि बल प्रयोगको सिद्धान्तमा आधारित राजनीति सिकेका नेताहरुको नयाँ पुस्ताको जन्म दिएकाले हो जसले ध्रुविकरणलाई मान्यताका रुपमा विकास गरेको छ । यसले बल प्रयोग र समाजका आपराधिक तत्वहरुको सहयोगबाट टिक्ने शक्ति संरचनालाई पनि बलियो तुल्याएको छ । अब हामीले निम्न कुरामा ध्यान दिनुपर्छ :
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

१. समाजलाई अराजनीतिकरण गर्नुपर्छ ।
२. विद्यार्थी, संगठन युनियनहरुलाई राजनीतिबाट मुक्त पार्नुपर्छ ।
३. सरकारको आकार र कर्मचारीतन्त्र घटाएर यसको प्रभावकारिता बढाउँनुपर्छ ।
४. त्यस्तो शासन व्यवश्था स्थापना गर्नुपर्छ जहाँ सच्चा र इमानदार मानिसले सरकार वा राजनीतिक पार्टीहरुको दुव्र्यवहारबिना राम्ररी गरिखान पाई राम्रो कमाउँन सकून ।
५. त्यस्तो मुल्य व्यवश्था स्थापना गर्ने जहाँ हामीले हामीबिचको सच्चा र इमानदार नेपालीको सम्मान गरि पुरस्कृत गर्न सक्छौ ।

तपाई पनि आफ्ना समसामयिक तथा साहित्यिक लेख रचना प्रकाशित गर्न चाहानुहुन्छ भने कृपया  paniphoto@gmail.com मा पठाउँनुहोला ।

आज बन्द, आउँनुहोस् घुमघाम गरौं

आज बन्द भएर के भयो, आउँनुहोस् मनकामना माताको दर्शन गर्न जाऔं ।

गोरखामा अवश्थित मनकामनामा देवीको मन्दिर पारिवारिक यात्राका क्रममा भर्खर पुग्ने अवसर मिल्यो । बाटो देखि नै देखिएको श्रदालुको भिडले मनकामना देवी प्रती मानिसहरुको आस्था बुझ्न अफ्ठ्यारो थिएन । वास्तवमा मनकामना श्रदा र आस्थाका लागि मात्र नभएर भ्रमणका लागि पनि उत्तम विकल्पका रुपमा रहिआएको छ । काठमाण्डौंबाट एकैदिनमा भ्रमण सकेर आइपुगिने भएकाले पनि यसको महत्व बढेको हो । काठमाण्डौबाट सुलभ मुल्यमा आतेजाते बस या माइक्रोबसको टिकट र मनकामनाको टिकट पाईने भएकाले यो यात्रालाई सरल रुपमा लिन सकिन्छ । नेपालको एकमात्र केबलकार भएको मनकामनामा आन्तरिक पर्यटनको बढावा गराउँने सम्भावना प्रशस्त देखिन्छ । तर जुन आस्था र रोमाञ्चकताको अनुभव गर्दै त्यहाँ पुगिन्छ, त्यहाँ पुगे पछि केहि खल्लोपनले भने अवश्य टोक्ने गर्छ ।
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

नेपालको पहिलो र एकमात्र केबलकार भएको कारण मात्र नभएर यसले १० मिनेटको छोटो अबधीमा पार गर्ने खोला, पहरा र डाँडाको कारण पनि मानिसमा यसले रोमाञ्चकता भरिदिन सक्छ । पहिलो पटक केबलकार चढ्नेहरुका लागि यसको रोमाञ्चकता त झन् भनिनसक्नुको हुन्छ ।
केबलकारबाट देखिने सानो गाउँले पनि भिन्न नेपालको अनुभव गराउँछ । 
केबलकारबाट उकालो चढ्दै गर्दा देखिने तल्लो बेस स्टेशनको दृष्य पनि उस्तै लोभलाग्दो हुन्छ ।

डाँडामा एकै छिनको पैदल यात्राबाट पुगिने मनकामना मन्दिरको कलात्मकतामा पनि प्राचिन नेपाली कलाको झझल्को मिल्दछ । जुनसुकै समयमा पुग्दा पनि केहिबेर लाईनमा बस्नै पर्ने मनकामनाको अर्को बिशेषता हो । भक्तहरुको हुलमा जो सुकै भित्र पनि आस्तिकता उम्रन्छ ।

तपाईले क्यामेरा लान बिर्षनु भयो अथवा पाउँनु भएन भने पनि चिन्ता लिनु पर्दैन । तपाईको तस्विर खिच्नलाई त्यहाँ फोटोग्राफरहरु घाँटीमा क्यामेरा भिरेर तछाडमछाड गर्दै तपाईलाई बोलाउँनेछन् । सस्तोदरमा तपाईले मनकामनाको सम्झना स्वरुप फ्रेमिङ गरिएको फोटोहरु तुरुन्तै लान पाउँनुहुनेछ ।

मनकामनामा दिनहुँ जसो नै परेवा, कुखुरा, बोका आदिको बली दिइने गरिन्छ । तर बलि दिने स्थानमा नियमित सफाई नहुनाले लाईनमा बसेका भक्तलाई निकै समस्या पार्ने गर्छ । त्यहाँबाट आउँने गन्धले केहि छिनमै टाउको दुख्न थाल्छ ।

मनकामनामा भाकल पछि छाडिने परेवाको स्थिती पनि एकदम नाजुक रहेको पाएँ । मन्दिर छेउमा बिरामी अबश्थामा रहेका परेवा यत्रतत्र थिए भने मरे पनि त्यसै छाडिएका परेवाको संख्या पनि कम थिएन । मन्दिर परिसरमा नै भाकलमा चढाइएका परेवाको यस्तो स्थिती पक्कै पनि मन दुखाउँने खालको छ ।


तपाई यदि मनकामना पुग्नु भएको छैन भने अवश्य जानुहोला । यात्रा सजिलो छ । 
जय मनकामना माता

यो त अति भएन र ?


यो त अति भएन र ?

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

बीरगन्जको जिल्ला प्रहरी कार्यालय अगाडीको सडकमा बुधवार विहान सवारिसाधनको कागजपत्र चेकजाच गर्ने क्रममा बा १६ प ३१६१ नम्बरको मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले अमर्यादित सब्द प्रयोग गरेपछि ट्राफिक प्रहरीलाई काधमा बोकी नालामा फाल्ने प्रयास गर्दै मोटरसाइकल चालक बीरगन्ज १८ निवासी कृष्णकुमार दुवे । छुटाउने प्रयासमा एक प्रहरी ।


फोटो : facebook बाट

सयवटा मुसाको भन्दा एउटा सिंहको शासन चाहिन्छ

एउटा जोक्स सुन्नु भएको छ ? एउटा नक्कली नोट छाप्ने मानिस रहेछ । उसले एकदिन झुक्किएर १५०० को सिंगो नोट छापेछ । अब शहरमा त थाहा पाइहाल्छन् गाउँमा गएर साट्नु प¥यो भनेर विकट गाउँमा पुगेछ । र, एउटा पसलमा साटिदिनु न है भनेर १५०० को नोट दिएको बदलामा के आएछ, थाहा छ ? पसलेले ७०० र ८०० को नोट दिएछ । त्यसपछि के भयो होला आफै सोच्नुहोस् । तर नेपालको राजनीति चै ठ्याक्कै यस्तै अवश्थामा आइपुगेको छ । एउटा श्रीपेच फाल्दा जनताले अरु २८ ओटा श्रीपेच पाएका छन् । जनतामा निराशा व्याप्त छ । कसैले भने जस्तो सयवटा मुसा भन्दा एउटा सिंहको शासन चाहने बेला भएको छ । जनतालाई सार्वभौम र शक्तिशाली भनिए पनि तिनै जनताको आवाजको सुनुवाई छैन । जनता यसो भन्छन् तर सुन्ने कसले ? आउँनुहोस्, हाम्रो समस्या हामी नै सुनौं र, छलफल गरौं ।

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

-प्रकाश अधिकारी-
agyat30@gmail.com
नेपालको लाकतान्त्रिक आन्दोलनमा हजारौंको बलिदानी, बेपत्ता एवं घाइतेहरुको संघर्षपुर्ण योगदान मार्फत श्रीपेचको अन्त्य गरिएको थियो । तर यसको मतलब एउटा श्रीपेच हटाएर २८ वटा श्रीपेच लगाउँनु भन्नु थिएन । रोग, भोक, शोक र अभावमा गुज्रिरहेका नेपालीलाई सिंगापुर अथवा स्विजरल्याण्डको आश्वासन भन्दा पनि कानुन र विधिको शासनमा चलेको नेपाल हेर्ने चाहना थियो । गरिखाने वर्गको उन्नती र समुन्नतीमा राज्यले सहयोगी भुमिका खेलेको, देशलाई तीव्रतर आर्थिक समृदितिर लगेको र स्थायी शान्ति र दरिलो कानुनको चाहना मात्र नेपाली जनताले देखेको सपना हो ।
कोही प्रधानमन्त्री बन्नु र नबन्नु जनताका लागि गौण कुरा हुन् र राष्ट्रिय अस्मिता रक्षा कुरामा होइन, व्यवहारमा उतार्नुपथ्र्यो जुन कुरामा हाम्रा नेताहरु असफल देखिए । रातो पासपोर्ट बेचेर, इमान्दार राष्ट्रसेवकलाई राजिनामा दिन बाध्य पारेर, दुई बर्षमा बनाउँछु भनेको संविधान जबरजस्त थपेको म्यादभित्र पनि नसकेर, ६ महिनामा टुंग्याउँने भनेको शान्ति प्रक्रियाहालसम्म अलपत्र पारेर नेताहरुले जनताका नाममा लुट र फुट बाहेक केहि दिएको देखिदैन ।
यो वा त्यो वहानामा म्यादभित्र संविधान बनाउँन नसक्ने नेताहरुले माफी माग्नुको सट्टा बकम्फुसे भाषणले मात्र लोकतन्त्र बलियो हुने देखिदैन । अकासिदो मुल्यवृद्धि, बढ्दो लोडसेडिङ र बिरलै पाइने तेलले देशलाई कतातिर लादैछ भन्नेबारे हाम्रा नेता किन सोच्दैनन् ? राजनीतिक समस्याको आलाप मात्रले जनताको भोको पेट भरिदैन । ओठमा हाँसो छाउँदैन । यस्तोमा जनताले विकल्प खोज्न सक्छन् । नेताहरुले समयमा नै ध्यान दिऊन् ।
संविधानसभाको म्याद थप्ने कुरा उठिरहेका बेला तपाईको मनमा के विचार आइरहेको छ, हामीसँग साट्नुहोस् ।