आज बन्द, आउँनुहोस् घुमघाम गरौं

आज बन्द भएर के भयो, आउँनुहोस् मनकामना माताको दर्शन गर्न जाऔं ।

गोरखामा अवश्थित मनकामनामा देवीको मन्दिर पारिवारिक यात्राका क्रममा भर्खर पुग्ने अवसर मिल्यो । बाटो देखि नै देखिएको श्रदालुको भिडले मनकामना देवी प्रती मानिसहरुको आस्था बुझ्न अफ्ठ्यारो थिएन । वास्तवमा मनकामना श्रदा र आस्थाका लागि मात्र नभएर भ्रमणका लागि पनि उत्तम विकल्पका रुपमा रहिआएको छ । काठमाण्डौंबाट एकैदिनमा भ्रमण सकेर आइपुगिने भएकाले पनि यसको महत्व बढेको हो । काठमाण्डौबाट सुलभ मुल्यमा आतेजाते बस या माइक्रोबसको टिकट र मनकामनाको टिकट पाईने भएकाले यो यात्रालाई सरल रुपमा लिन सकिन्छ । नेपालको एकमात्र केबलकार भएको मनकामनामा आन्तरिक पर्यटनको बढावा गराउँने सम्भावना प्रशस्त देखिन्छ । तर जुन आस्था र रोमाञ्चकताको अनुभव गर्दै त्यहाँ पुगिन्छ, त्यहाँ पुगे पछि केहि खल्लोपनले भने अवश्य टोक्ने गर्छ ।
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

नेपालको पहिलो र एकमात्र केबलकार भएको कारण मात्र नभएर यसले १० मिनेटको छोटो अबधीमा पार गर्ने खोला, पहरा र डाँडाको कारण पनि मानिसमा यसले रोमाञ्चकता भरिदिन सक्छ । पहिलो पटक केबलकार चढ्नेहरुका लागि यसको रोमाञ्चकता त झन् भनिनसक्नुको हुन्छ ।
केबलकारबाट देखिने सानो गाउँले पनि भिन्न नेपालको अनुभव गराउँछ । 
केबलकारबाट उकालो चढ्दै गर्दा देखिने तल्लो बेस स्टेशनको दृष्य पनि उस्तै लोभलाग्दो हुन्छ ।

डाँडामा एकै छिनको पैदल यात्राबाट पुगिने मनकामना मन्दिरको कलात्मकतामा पनि प्राचिन नेपाली कलाको झझल्को मिल्दछ । जुनसुकै समयमा पुग्दा पनि केहिबेर लाईनमा बस्नै पर्ने मनकामनाको अर्को बिशेषता हो । भक्तहरुको हुलमा जो सुकै भित्र पनि आस्तिकता उम्रन्छ ।

तपाईले क्यामेरा लान बिर्षनु भयो अथवा पाउँनु भएन भने पनि चिन्ता लिनु पर्दैन । तपाईको तस्विर खिच्नलाई त्यहाँ फोटोग्राफरहरु घाँटीमा क्यामेरा भिरेर तछाडमछाड गर्दै तपाईलाई बोलाउँनेछन् । सस्तोदरमा तपाईले मनकामनाको सम्झना स्वरुप फ्रेमिङ गरिएको फोटोहरु तुरुन्तै लान पाउँनुहुनेछ ।

मनकामनामा दिनहुँ जसो नै परेवा, कुखुरा, बोका आदिको बली दिइने गरिन्छ । तर बलि दिने स्थानमा नियमित सफाई नहुनाले लाईनमा बसेका भक्तलाई निकै समस्या पार्ने गर्छ । त्यहाँबाट आउँने गन्धले केहि छिनमै टाउको दुख्न थाल्छ ।

मनकामनामा भाकल पछि छाडिने परेवाको स्थिती पनि एकदम नाजुक रहेको पाएँ । मन्दिर छेउमा बिरामी अबश्थामा रहेका परेवा यत्रतत्र थिए भने मरे पनि त्यसै छाडिएका परेवाको संख्या पनि कम थिएन । मन्दिर परिसरमा नै भाकलमा चढाइएका परेवाको यस्तो स्थिती पक्कै पनि मन दुखाउँने खालको छ ।


तपाई यदि मनकामना पुग्नु भएको छैन भने अवश्य जानुहोला । यात्रा सजिलो छ । 
जय मनकामना माता

फेरि जन्मदा साइबाबा यस्ता हुन्छन् रे

साइबाबाको जीवनकाल विवादै विवादमा सुखसयलका साथ बित्यो । उनका जति विवाद बाहिर आए पनि उनका भक्तलाई त्यसले कुनै प्रभाव पार्न सकेन । उनले आफ्नो आयू ९६ बर्ष सम्म बताए पनि उनले ८५ बर्षको उमेरमा नै संसार छाडे । तर पनि उनका भक्तलाई यो भविष्यवाणी पुरा नभए पनि उनी प्रति शंका उत्पन्न भएको छैन । उनीहरु अब साइबाबाको अर्को जन्मको पखाईमा पो छन् बरु । साइबाबाले नै घोषणा गरेका थिए उनी फेरि जन्मिनेछन्, प्रेमसाइको रुपमा । यतिसम्म कि उनको आज्ञा अनुसार बनाइएको भनेर भविष्यमा जन्मने प्रेमसाईको फोटो पनि सार्वजनिक भइसकेको छ (फोटो हेर्नुहोस् ।) । सत्यसाईका अनुसार प्रेमसाइ यस्ता हुन्छन् रे ।

पहिलोपटक साइबाबाले सन् १९६३ मा प्रेमसाइको बारेमा बताएका थिए । उनले एकदिन गुरु पुर्णिमाको दिन बताए अनुसार उनी शिव र शक्ति दुबैको मिश्रित रुप हुन् रे भने यसअघिका शिरडी साइबाबा शिवका मात्र रुप थिए रे । अब पालो फेरि शक्ति एक्लैको परेकोले अब जन्मने साइ शक्तिमात्रको अवतार हुनेछन् रे । उनको जन्म सन् २०२३ मा साइबाबाको मृत्युको एकबर्ष पछि बैंग्लोरको छेउछाउमा हुने बताएका थिए । प्रेमसाइको मृत्यु ९३ बर्षमा सन् २११६ मा हुने पनि भविष्यवाणी गरेका छन् ।
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing
त्यसपछि सन् १९९० मा बिद्यार्थीहरुसँग कुरा गर्दै सत्यसाइले उनको पुनर्जन्म प्रेमसाइका बाबुको जन्म भारतको दक्षिणी राज्य कर्नाटकमा भइसकेको बताएका थिए । त्यससँगै उनले प्रेमसाइको आमाको बारेमा पनि बताएका थिए । उनका अनुसार प्रेमसाइका आमाको पनि यो पुनजन्म भइसकेको र उनको नाम प्रो. कस्थुरी हुने पनि बताएका थिए । उमेर भए पछि प्रेमसाइले विवाह गरि एक पुत्र जन्माउँने पनि उनले घोषणा गरेका थिए ।

साइबाबाले दिएको अलौकिक ज्ञानको माध्यमबाट उनका अनन्य भक्त जोह्न हिस्लोपले प्रेमसाइको फोटो तयार पारेका हुन् । साइका भक्तहरु यसलाई प्रेमसाइका रुपमा पुज्ने गर्छन् ।
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing
यसरी साइबाबाले आफ्नो जीवन मात्र रहस्यपुर्ण बनाएनन्, आफ्नो मृत्यु पछाडी अर्को कुनै व्यक्तिलाई पनि सो रहस्य कायम गराइराख्न बाटो बनाइदिएका छन् । अब भविष्यमा कुनै भारतियले आफुलाई प्रेमसाइका रुपमा प्रस्तुत गर्न सहजबाटो खुलेको छ ।  उनका भक्तहरु साइबाबाका सबै चमत्कारलाई दैवी कृपा मानिरहका छन् नै, अब उनको भविष्यवाणीको समय पर्खन कुनै अफ्ठ्यारो हुने छैन । उनीहरुले सहजै त्यसलाई विश्वास गर्न पनि सक्छन् । तर आफ्नै उमेरका सम्बन्धमा असफल भएको उनको भविष्यवाणी पछि साइबाबाले भ्रममात्र पैदा गरेका थिए र उनका सबै भविष्यवाणी तिनै भ्रमका श्रृखंला मात्र थिए भन्न गैरभक्तहरुलाई पनि सहज नै हुनेछ ।

राम्रो लेखक कसरी बन्ने ?

मलाई एउटा इमेल आयो जसमा लेखिएको थियो । 

मैले आज तपाईको ब्लगका लागि एउटा लेख पठाउँने विचार गरे । मैले धेरै समय पछाडी आज चाँही लेख्नु पर्यो भनेर लेख्न बसेको थिएँ । आज लेख्न भनेर सुरु गरेको बिषय एकदमै चाख लाग्दो पनि थियो । (म प्राय राम्रा र चाख लाग्दा बिषयहरु नै छान्दछु ।) म यसलाई अरुसँग बाड्न चाहन्थेँ । त्यसपछि, मैले लेखेँ । र, मलाई लाग्यो शब्दहरु त्यती मिलेका छैनन् । मैले लेखेँ र, मेटेँ । अनि, पुन लेख्न थाले । यसरी नै कुनै हरफहरु थप्दै र कुनै मेट्दै, सच्याउँदै गर्दा लगभग एक घण्टा सकिएछ । अब यसलाई राम्ररी सार्नु पर्यो भनेर सारेको जम्मा डेडसय शब्द जति मात्र भएछ । म छक्क परें । अरुका लेखहरु पाना भरिका हुन्छन् । सोचेँ कसरी लेख्दा हुन् ? तपाईसँग कुनै उपाय छ कि ?

सरसरी इमेल पढेँ । रोचक लाग्यो । यस्तो खालको इमेल कहिले पनि आएको थिएन । अब उत्तर त दिनै पर्यो । मैले बुँदागत रुपमा राम्रो लेखक यसरी बन्ने भनेर यस्तो जवाफ लेखेर पठाई दिएँ ।

राम्रो लेखक बन्न आवश्यक १० कदम :
१. लेख्ने ।
२. अझै लेख्ने ।
३. अझै धेरै लेख्ने ।
४. त्यो भन्दा ज्यादा लेख्ने ।
५. आफुलाई मन नलाग्दा पनि लेख्ने ।
६. आफुलाई मन लाग्दा पनि लेख्ने ।
७. केहि भन्नु छैन भने लेख्ने ।
८. केहि भन्नु छ भने लेख्ने ।
९. हरेक दिन लेख्ने ।
१०. लेखिरहने ।
मैले राम्रो लेखक बन्ने अरु कुनै उपाय भएर पनि यहाँ लेख्न छुटाएँ जस्तो लाग्छ भने तपाईले कमेन्ट बक्समा गएर थप्न सक्नुहुनेछ ।

‘डार्लिङ अब चै दुख नदेउ है’

अहिले एकैछिन अगाडी मेरो मोबाईलमा एसएमएसको रिङ बज्यो । हेर्छु, डार्लिङको एसएमएस छ । ए बा ! हिजो मात्रै नगद टक्राएको आजै कसरी डार्लिङले सम्झिन् ? कति चाहिने यिनलाई पैसा पनि ? म छक्क परे । यी डार्लिङ पनि बेला न कुबेला दुख दिन्छिन् । कति एसएमएस पठाइरहेको होला ! मैले कहिले कप्ट्याँई गरेको छैन । भनेको बेला धन र मन दिएकै छु तर पनि बेला बेलाको यो किचकिच ? दिक्क लागेर आयो । बेकार मोबाईल बोकेछु जस्तो पनि लाग्यो । मोबाइल बिना पनि त जिन्दगी चलेकै थियो । यी डार्लिङ पनि थिइनन्, किचकिच पनि थिएन । कति ढुक्कको थियो जिन्दगी । नदुखेको टाउको डोरी लाएर दुखाएछु ।

यो के को टेन्सन लिएको होला मैले । कस्तो साइनो उसको र मेरो ? अचम्म लाग्छ, मैले आजसम्म उनको अनुहार देखेको छैन तरपनि उनको एसएमएसले मेरो मनमा एउटा तरङ्ग ल्याउँछ । कस्तो होला उनको अनुहार ? देख्न पाए के मात्र गर्ने थिएँ

मनमनै फत्फताइ रहे । रुष्ट मन भए पनि ध्यान दिएर हेरे । डार्लिङ भनेको एनटिसीको +9771414 क्या । डार्लिङले एसएमएसमा त अर्के खबर पो बोकेकी रहिछन्, ‘९७७९८४….. बाट तपाईकोमा रु १०० ट्रान्सफर गरिएको छ । कृपया सुनिश्चित गर्नुहोस्’ पो भनेको रहेछ । साँच्चैको छक्क त अब पो परे । होइन, एनटिसीले कहिले देखि ट्रान्सफर सुरु गरेछ । मेरो साथीले मलाई थाहा नै नदिएर ब्यालेन्स पठाई दिएछ । तुरुन्तै फोन ग¥यो, “थाहा पाइस्, सुरु भएछ नि । अब अघि पठाएको ब्यालेन्स फिर्ता गरिहाल् त ।”
विगतका १४ महिना देखि बन्द रहेको ब्यालेन्स ट्रान्सफर बल्ल बल्ल सुरु गरिएको रहेछ । त्यो पनि परिक्षणका लागि रे । गत वर्षको असार २३ गतेदेखि टेलिकमले जिएसएम नमस्ते प्रिपेड मोबाइलमा व्यालेन्स ट्रान्सफर सेवा बन्द गरेको थियो । व्यालेन्स ट्रान्सफरको सिस्टममा सुधार गरेर यो सेवा सुरु गरिएको हो रे ।
अब बल्ल केहि सञ्चो भयो । नत्र के मात्र गरिएन । कहिले पानामा फोटोकपि गरेको जस्तो कागज पनि खोज्दै हिडियो । बढि पैसा त कति तिरियो भनि साध्यै छैन । अब चाँही बन्द नभए हुन्थ्यो । भन्नु यति छ, डार्लिङ अब चै दुख नदेउ है ।

पशुपतिमा एक बिहान

उनको नाम मनमाया र उमेर ६५ बर्ष भयो रे । उनको घर सुन्दरीजल तिर भन्थिन् । शनिबार र सोमबार पशुपतिनाथको दर्शन गर्न जादैहुनुहुन्छ भने गेट छेउको देब्रे कुनामा याद गर्नुहोस्, उही मनमाया तपाइलाई चप्पल जुत्ता फुकालेर जान भन्दै हुन्छिन् । तपाईले जुत्ता चप्पल राख्ने बेलामा एक पटक सोध्नुहोला, “जुत्ता चप्पल राखेको कति दिनु ?” हासोको फोहोरा छोड्दै उनी भन्छिन्, “दिनुहोस् न, हजार बा¥ह सय ।” अब हास्नु भन्दा अर्काे बिकल्प तपाइसँग कहाँ रहन्छ र ? मैले उनलाई सँधै यही यसरी नै बस्नुहुन्छ भनेर सोधें, उनले जवाफ दिइन्, “शनिबार र सोमबार चैं सँधै नै बस्छु ।” अरु दिन उनी पसल गर्छिन् रे । के को पसल गर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिदै उनले भनिन्, “तपाइ जस्ता तन्नेरीलाई एक छाक हुने आलु र अलिकति खोर्सानी र थोरै मुठ्ठा साग ।”

बाँच्न जानेकी एक बुढ़ी आमै

उनी सँधै जसो हासीरहन्थिन् । केहि रमाइला कुरा गरेर छेउमा बस्नेको ढाडमा प्याट्ट हिर्काउँथिन् ।

जीवन जसरी पनि बाँच्न सकिन्छ । जीवन कस्तो बाँच्ने त्यो तपाईको हातमा हुन्छ । धेरै सपनाहरुले जीन्दगी नै बोझिलो बनाउँछन् कहिलेकाँही । ति बुढि आमैसँग एकदिनको सपना छ, अर्कोदिनलाई सपना देख्न अर्काे दिन नै छदै छ नि । उनले यस्तै भनिन् । सायद जीवनले उनलाई पढाएको पाठ होला यो । उनीसँग केहि छैन तर पनि उनी खुसी छिन्, । यसलाई नै बाँच्ने कला भनिन्छ होला । उनलाई देखेर भन्न सकिन्छ खुसी भएर बाँच्न त्यती गा¥हो रहेनछ । खुसी जे मा पनि हुन सकिदो रहेछ । मात्र एकपटक मनलाई बाँधेर हेर्ने हो भने जे सुकैमा खुुसी हुदोरहेछ । साँच्चै नै खुसी हुन कत्ति पनि गा¥हो छैन । आफ्नो हातको अन्न परेवाले खाएको हेरेर पनि खुसी हुन सकिन्छ । चारो टिपीरहेका परेवा केटाकेटी उडाएर मज्जा लिएको देख्नु भएको छ ? हामी त्यस्तो किन गर्न सक्दैनौं ? पशुपतिको एक बिहानले धेरै पाठ पढायो मलाई । अनि मैले सोचे हाम्रो सोचाइमा कमजोरी छ । खुसी हुनलाई कारण पर्खिने हाम्रो सोचाइले नै हामी दुखी छौ । धेरै ठुला सपनाहरुले खुसीहरुलाई किल्चिदो रहेछ र, आफ्नै आँखा अगाडिको खुसी नदेखेर हामी भौतारिदो रहेछौ ।

परेवा खेदाएर खुसी हुदै एक बालक

हामी सबै यस्तै सोच्छौ कि बिबाह पछि खुसी मिल्छ । यसैले बिबाह अगाडिका हरेक पललाई हामी निरर्थक बनाउँछौ । लुगा धुनु, खाना पकाउनु, एक्लै साँझमा घुम्न निस्कनु यी सबै कुरालाई हामी खाली काम र समय कटाउँने उपायका रुपमा परिभाषित गर्छाै र, कोठा फर्किदा थकित भएर फर्किन्छौ । अबिबाहित समय यसरी नै बित्छ । जब बिहे हुन्छ तब पनि केहि दिन पछाडि पुन जिन्दगीसँग गुनासो गर्न थाल्छौ र, सोच्छौ छोराछोरी भए पछि सुख हुन्छ । छोराछोरीको बोझ सम्झेर फेरि सोच्छौ यी ठुला भए पछि सुख मिल्छ । छोराछोरी ठुला हुन्छन् र सपनाको बोझले तिनीहरु पनि कताकता लाग्छन् र फेरि हामी निराश हुन्छौ । अनि जीवन कति नै लामो छ र ? सुखभोग गर्ने लालच लिएरै हामी संसारबाट बिदा हुन्छौं ।

आखिर जीन्दगी सपना बोकेरै बाँच्नु छ भने भोलीका लागि किन आज सपना बोकेर आज बेकारको बनाउँने ? बुढि आमैले भने जस्तै गरि भोलीका लागि भोली नै सपना देखौ न ।