हरिवंश दाइ, यसो गरे कसो होला ?

-मिलन तिमिल्सिना-
हरिवंश दाई, तपाईंले हसाउँदा पेट मिचिमिची खित्का छाडेर हाँस्ने समस्त मान्छे अहिले तपाईंसँगै रोएको छ । तपाईंले आर्यघाटमा जीवनसंगिनी मिराको शवलाई एकटकले हेर्दै आँखा पुछ्दा देख्नेसुन्नेको पनि आँखा रसाएको थियो । तपाईंको जस्तै धेरैको आँखाको डिल कालो भएको थियो । अनुहार मलिन र उदास थियो । उफ्……..भन्दै अहिले पनि धेरैले सुस्केरा हाल्दैछन् हरि दाई । सधैं हँसाईरहने मान्छे आफैं रुँदा कसको मन थामिन्छ र दाई ? पत्नीवियोगले तपाईं रुनुभयो । मातावियोगले छोराहरु रोए । पत्नीपछिको तपाईंको अर्को जोडीले त झन् कसरी मन थाम्न सक्थे र ? मदनकृष्ण पनि तपाईंसँगै बसेर रोए । कलाकार रोए । पत्रकार रोए । व्यापारी व्यवसायी रोए । टेलिभिजनको पर्दामा तपाईं देखिने बित्तिकै हाँस्ने सबैजना रोए ।

दुःखको यो क्षणमा तपाईंप्रति सबैले समवेदना प्रकट गरेका छन् । मिरा दिदीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । धेरै खर्च गरेर पत्रिकामा ठूल्ठूला विज्ञापन छपाउन सक्नेले त श्रद्धाञ्जली र समवेदना अर्पण गरेर देखाईदिएका छन् । त्यस्तो गर्न नसक्ने धेरैले १३ औं दिनमा मात्रै होईन हरदिन श्रद्धाञ्जली र समवेदना प्रकट गरिरहेका छन् ।

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

<a href=”http://www.yesadvertising.com”>affiliate marketing</a>

हरिवंश दाई, तपाईं र मदन दाइ हँसाउने जोक्कर होईन, हाँस्यव्यंग्यका सभ्य, स्वस्थ र स्वच्छ खुराक पस्केर देश र समाजलाई मार्गदर्शन दिने अगुवा हुनुहुन्छ । समाजसेवामा तपाईंहरुले गर्नुभएको योगदान कसले भुल्न सक्छ ? दोस्रो जनआन्दोलनमा घाईतेहरुको उपचारको लागि रकम संकलन गर्ने तपाईंहरुको महान कार्यलाई कसले बिर्सन सक्छ ? तपाईंहरुले अभियान शुरु गरेपछि स्वःस्फूर्त रुपमा सरसहयोग गर्नेको हूल लागिहाल्छ । जनआन्दोलनमा घाईतेको उपचार खर्च जुटाउने अभियानमा पनि यसै भयो ।
दाइ मरेपछि मान्छेको गुनगान गाउने चलन हिजोआज हृवात्तै बढेको छ । पत्रपत्रिकामा ठूल्ठूला अक्षरमा श्रद्धाञ्जली छपाएर देखावटी काम गर्ने होडबाजी उत्तिकै छ । पत्रिकामा छपाउन सक्नेले मात्र होइन, नसक्नेले पनि उसैगरी श्रद्धाञ्जली र समवेदना प्रकट गरेका हुन्छन् । मैले तपाईंको दुःखमा साथ दिएको छु भन्नेको मात्र होईन, साँच्चै दुःख अनुभूति गर्नेको पीडा झन् छर्लङ्ग देख्न सकिन्छ । त्यसैले दाइ पत्रिकामा श्रद्धाञ्जली छपाउन सक्ने भन्दा धेरै छन् तपाईंको दुःखलाई आफ्नै पीडा महसुस गर्नेहरु ।
हरिवंश हाम्रो देशका गाउँठाउँमा धेरैले अझै पनि सर्वसुलभ स्वास्थ्य सेवा पाउन सकेका छैनन् । उपचार नपाएर धेरैले अकालमा ज्यान गुमाउनुपरेको छ । तपाईं जस्तै जीवनसाथी, परिवारजन र आफन्तको वियोगमा धेरैजना छटपटाई रहेका छन् । उपचार संभव भएपनि पैसा संभव नभएकाले धेरैको बिचल्ली भएको छ । कुनै कोष खडा गरेर रकम संकलन गर्न सकेमा उनीहरुको उद्धार हुन सक्थ्यो ।
हरिवंश दाई, तपाईंप्रति समवेदना र तपाईंको पत्नीप्रति श्रद्धाञ्जली अर्पण गर्न पत्रिकामा विज्ञापनको लागि खर्च भएको रकम यउटा यस्तै महान काममा खर्च गर्न पाए कसो हुन्थ्यो ? तपाईंले पत्नीको नाममा एउटा कोष खडा गर्नुभएको भए, तपाईंप्रति समवेदना प्रकट गर्ने क्रममा हुने खर्च त्यो कोषमा जम्मा हुन्थ्यो । अनि त्यो कोषको रकम पैसा नभएर थलिएका रोगीको उपचार र तपाईं जस्तै पीडामा छटपटिएका अरुलाई मल्हम लगाउन सकिन्थ्यो । मात्र श्रद्धाञ्जलीको नाममा हुने अनावश्यक देखावटी र तडकभडकलाई यसैगरी सही काममा सदुपयोग गर्ने पहल तपाईंबाटै किन शुरु नगर्ने हरिवंश दाई ? मेरी पत्नीको निधनमा पत्रिकामा श्रद्धान्जली दिनुको साटो त्यो पैसा जम्मा गरेर गाउँमा एउटा स्वास्थ्य चौकी स्थापना गरौं भनेर तपाईले आह्वान गरेको भए कस्तो राम्रो हुन्थ्यो हरि दाई ? कर्णालीको कुनै दुर्गम गाउँमा एउटा पनि स्वास्थ्यचौकी स्थापना गर्ने पैसा जम्मा पार्न सकेको भए सन्तान जन्माउन नसकेर आमा-छोरा दुवैको ज्यान जाने र पत्नी यिबोगमा जीवनभर तडपिने सयौं नेपालीको आँसु पछुन सकिन्थ्यो कि ?
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

<a href=”http://www.yesadvertising.com”>affiliate marketing</a>
अझै पनि ढिला भएको छैन, यो एउटा सुन्दर सामाजिक क्रान्तिको अगुवाई तपाईजस्ता दिलदार कलारकारले मात्र गर्न सक्छन । समाज बदल्न लागि पर्नुभएका तपाईं जस्ता प्रतिष्ठित र सफल व्यक्तिबाट यति आश त गर्न पाईएला नि ? तपाईंले हँसाउँदा सँगै हाँस्ने र रुँदा उसैगरी आँशु पुछ्ने समस्त नेपालीको लागि यसो गरे कसो होला हरिवंश दाई ?
onlinekhabar.com बाट

"अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुठा खबर थाहा पाइन्छ,”

-मोहन मैनाली-

धरानमा पहिले निकै धेरै नाटक हुने गर्थ्यो । बीचमा यो क्रम टुट्यो। निकै लामो समयपछि २०६८ साल वैशाख दोस्रो हप्तामा धरानमा एउटा नाटक देखाइयो। यसको कथा यस्तो थियो– अनुजा बानिया (उनले डबल रोल पनि खेलिछन् क्या रे) ले रु. ९१ लाख नगद र हिराको हार फेला पारिन। केही दिन घरमा राखिन र जसको हो उसैलाई फर्काइन।यो नाटक केही समयसम्म सत्य ठहरियो। यस प्रशंसनीय कामको समाचार प्रचारप्रसार भयो। सबैजनाले उनको राम्रो कामको प्रशंशा गरे। राष्ट्रपतिसम्मले फोन गरेर उनको तारिफ गरे। यसको केही दिनमै अनुजाका बारेमा सञ्चार माध्यमले शंका गर्न थाले। अर्थात पत्रकारहरुले केही दिन पहिले जे समाचार पठाएका थिए त्यो असत्य भएको समाचार पठाए। “अखबार पढेन भने खबर थाहा हुँदैन, पढ्यो भने झुठा खबर थाहा पाइन्छ,” अंग्रेजी भाषामा लेख्ने साहित्यकार मार्क ट्वीनले भनेका थिए। उनी मरेको १०१ वर्ष भइसकेको छ। उनले कम्तिमा पनि १०१ वर्ष अघिको पत्रकारिताका बारेमा यस्तो टिप्पणी गरेको हुनुपर्छ।

यस घटनाले के कुरा प्रमाणित गर्‍यो भने, मार्क ट्वीनले भोगेको पत्रकारिता नेपालमा आज पनि जीवित छ। अर्थात अखबार पढेन भने, रेडियो सुनेन भने र टेलिभिजन हेरेन भने खबर थाहा पाइँदैन, अखबार पढ्यो भने, रेडियो सुन्यो भने र टेलिभिजन हेरयो भने झुठा खबर थाहा पाइन्छ।”
अनुजाले ढाँट्दा र उनले भनेका झुठा कुरा पत्रकारले प्रचारप्रसार गर्दा नेपाली समाजलाई त्यति धेरै क्षति पुगेन होला। सद्नियतको खडेरी परेका बेलामा यसले केही समयका लागि भने पनि वर्षा गरायो। तर सनकमा झुठा कुरा गर्दा र त्यस्ता कुरालाई पत्रकारले प्रचारप्रसार गर्दा धेरै ठूलो क्षति भएका उदाहरण पनि छन्।
कुरा ११ वर्ष अघिको हो। अहिले अनुजालाई जस्तै गरी त्यतिबेला चितवनका विज्ञान पढ्ने केही युवाहरुलाई चर्चित हुने सनक चल्यो। विज्ञान सम्बन्धी पत्रिका निकालेर त्यो इच्छा पूरा गर्न खोजे जुन असफल हुनु स्वभाविक थियो। त्यसपछि उनीहरुलाई कसैले सल्लाह दियो– पत्रकार बोलाउने। हिन्दी फिल्मको हिरो ऋतिक रोशनले नेपालीलाई मन पराउँदिन भनी दिएको अर्न्तवार्ता कुनै एउटा हिन्दी टिभी च्यानलमा प्रसारण भएको भनी त्यसको विरोधमा अलिकति कागज भेला गरेर डढाउने।
उनीहरुले त्यसैले गरे। चितवनको एउटा पत्रिकाले समाचार छाप्यो। त्यसपछि नेपाली पत्रकारहरुले ऋतिक रोशनले नेपालीको अपमान गरेको समाचार प्रचारप्रसार गरे। अनि ऋतिक रोशनको विरोध गर्नेहरुको स्यालको हुईँया चल्यो। ऋतिकले अन्तरवार्ता नदिँदै नेपालको अपमान गरेको देख्ने पत्रकारहरुले यस्तो हुईँयाको समाचार प्राथमिकतापूर्वक प्रचारप्रसार गरे।
पत्रकारहरुले यसरी चौबाटोमा जुवाको ठूलो खाल खडा गरिदिए जसमा अनेकथरिले च्याँखे थापे। नेकपा (एमाले) त्यतिबेला प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध खोइरो खन्दै थियो। त्यसका नेताहरुले गिरिजालाई हटाएर आफू सत्तामा जाने सपना देखे। त्यसैले, त्यसका नेताहरुले ऋतिक रोशनले त्यसो भनेकै हो भनेर आगोमा घिऊ थपे। उग्र राष्ट्रवादीहरुले पनि आफनै नाथ्रो फुटाएर देशभक्ति प्रदर्शन गर्ने राम्रो अवसर पाए। हुँदाहुँदा नेपाली कांग्रेसकै एउटा चिरा पनि गिरिजा विरुद्धको यस खालमा च्याँखे थाप्न पुग्यो। गिरिजा विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावलाई बल पुर्‍याउन उसका नेताहरु लागिपरे। ने.वि. संघका केटाहरुलाई उचालेर ऋतिक रोशनले भन्दै नभनेको कुराको विरोधमा उद्दण्ड जुलूस निकाले र यस्तो नारा घन्काए– यसपालिको हैजा, गिरिजालाई लैजा।
नेपाल बन्द भयो। तोडफोड भयो। गोली चल्यो। मानिस मारिए। सरकारले ऋतिक रोशनका फिल्म देखाउन प्रतिवन्ध लगाएको घोषणा गर्‍यो। साम्प्रदायिक दंगा फैलाउने प्रयास भयो। नेपाल भारतबीचको सम्बन्ध निकै तितो भयो। भारतीय प्रधानमन्त्रीले नेपालका मन्त्रीसँग कुरा गर्नुपर्‍यो।
यति भैसकेपछि नेपाली अखबारहरुमध्ये एउटाले सम्पादकीय लेख्यो–  ’भन्दै नभनेको कुराको प्रचारप्रसार गर्नुहुँदैनथ्यो।’ अचम्मको कुरा चाहिँ के थियो भने यस्तो आशयको सम्पादकीय छापिएको दिन सोही पत्रिकाको मनोरञ्जन पेजमा चाहिँ नेपालीको अपमान गरेको भनेर ऋतिक रोशनको दोहोलो काडिएको थियो।

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

यस बीचमा हुँदै नभएका कति कुरा नेपाली पत्रकारिताले हो भनी प्रचारप्रसार गर्‍यो। धेरै नेपालीले आफू मरेको समाचार सुन्ने, हेर्ने र पढ्ने अवसर पाए। खनीखोस्री गरेर जीविका गर्ने किसान आतंककारी बनाइए। झुठा कुरा गर्नु अपराध हो भने त्यो अपराध नेपाली पत्रकारिताले गर्‍यो। झुठा कुरा गर्दा बेफाइदा पुग्छ भने नेपाली पत्रकारिताले समाजलाई त्यो बेफाइदा पुर्‍यायो। तर ऋतिकदेखि अनुजा काण्डसम्म आइपुग्दा नेपाली पत्रकारिताको आधारभूत कमजोरी कायमै छ। अहिले निश्चित अखबारलाई खुच्चिङ भन्नेहरुले यस अघि यो भन्दा ठूला गल्ति गरेका रेकर्ड उनीहरुकै पत्रिकाका फाइलमा सुरक्षित छन्।
कहिलेकाहिँ अचम्म लाग्छ– यस्तो किन हुन्छ? दैनिक पत्रिकाका समाचार सिमित क्षमता भएका पत्रकारहरुले, सिमित समय (१५/१६ घण्टा) भित्र गर्ने सिमित प्रयासका भरमा तयार हुन्छन्। कुनै घटना हुनु अघि नै समाचार प्रसार गर्ने होडमा लागेका रेडियो र टेलिभिजनले त यति समय पनि पाउँदैनन्। तर जे जति अफ्ठ्यारा भए पनि समाचार साँचो त हुनैपर्छ। साँचो नठहरिएको कुनै कुरा समाचार हुँदैन।
नेपाली पत्रकारितामा साँचो कुरा र हल्लाका बीचमा फरक नदेख्ने प्रवृत्ति अहिले पनि हावी छ। धेरै कुरा विचार गर्दा के लाग्छ भने नेपाली पत्रकारिताले यस प्रवृत्तिलाई बेस्सरी च्यापेर बसेको छ। यस प्रवृत्तिप्रतिको नेपाली पत्रकारिताको आशक्ति देख्दा एउटा डर लाग्छ– कसैले कुनै बेला नेपाली पत्रकारिताको शरीरबाट यस प्रवृत्तिलाई जबरजस्ती निकालेर फालिदियो भने नेपाली पत्रकारिता त्यसैको सति जान तयार हुने पो हो कि?
एउटा तितो अनुभवका आधारमा मैले यसो भनेको हुँ। ऋतिक रोशन काण्ड चितवनबाट फैलनु भन्दा १० महिना पहिले नेपाल प्रेस इन्स्टिच्यूट र नेपाल पत्रकार महासंघ चितवन शाखाले चितवनको पर्सामा एक महिने आधारभूत पत्रकारिता तालिम चलाएका थिए। त्यसमा सप्तरीदेखि नवलपरासीसम्मका पत्रकारहरुले भाग लिएका थिए। मैले हस्त गुरुङसँग मिलेर दुई हप्ता प्रशिक्षण दिएको थिएँ। अघिल्लो तालिममा भन्दा पछिल्लो तालिममा आफूले केही न केही नयाँ कुरा जानेको हुनुपर्छ भन्ने ठानेर हामी जुन तालिमका बेलामा पनि पत्रकारिताका नयाँ नयाँ पुस्तक पढने गर्छौँ। यस्तै एउटा नयाँ पुस्तकमा समाचारमा सत्य कुराको कति महत्व हुन्छ भन्ने बारेमा अभ्यास गर्नका लागि गतिलो उदाहरण भेटियो। त्यसलाई तालिम सञ्चालन भएको ठाउँ चितवन (जहाँ कुखुरापालन एकदमै फस्टाएको थियो) का सन्दर्भमा ढाल्यौँ। हामीले पत्रकारहरुलाई भन्यौँ :
मानिलिनुस, तपाईँ समाचार खोजेर पत्रिकाको अफिस पुग्दा सम्पादक तपाईँसँग बम बम भएर बसेका रहेछन्। भएछ के भने हिजो तपाईँले जुन पशु डाक्टरसँग कुरा गरेर समाचार लेख्नुभएको थियो उनले तपाईँको सम्पादकलाई फोन गरेर भनेछन– “तपाईँको संवाददाता हिजो मकहाँ आएका थिए। चितवनको कुखुरामा सरुवा रोग फैलिएकोमा उनलाई चिन्ता लागेको रहेछ। उनले त्यसको रोकथामको उपचार के छ भनेर सोधे। मैले एउटा औषधिको नाम बताएँ र त्यो कसरी लगाउने भन्ने तरिका पनि बताएँ। आज त्यो समाचार तपाईँको पत्रिकामा छापिएको छ। तपाईँको रिपोर्टरले औषधिको नाम त सही लेखेछन् तर औषधि लगाउने विधि भने गलत लेखेछन्। मैले ५० मिलिलिटर औषधि ५०० लिटर पानीमा घोलेर कुखुराको ठुँडोमा लगाइदिनु भनेको थिएँ। तपाईँका संवाददाताले ‘५०० लिटर पानीमा घोलेर’ भन्ने कुरा छुटाइदिएछन्। तपाईँको पत्रिका र मलाई विश्वास गरेर चितवनका कुखुरापालकले तपाईँको पत्रिकामा छापिए जस्तै गरेछन्। फलस्वरुप चितवनमा भए जति सबै ५ करोड कुखुरा मरे।”
माथिको कुरा बताइसकेपछि सम्पादकले तपाईँलाई सोधे, “अव तपाईँ के गर्नुहुन्छ?” यसको जवाफ दिनुस।
पाँच मिनेट जति सोचविचार गरेपछि पत्रकारहरुले उत्तर दिन थाले।
‘भूलसुधार गर्ने।’
‘क्षमा माग्ने।’
‘अवदेखि त्यसो नगर्ने।’
‘त्यसो गर्दा मरेका पाँच करोड कुखुरा ब्यँुतिन्छन्?’ एकजना सहभागीले हाम्रो काम सजिलो बनाइदिए।
‘कुखुराको ठुँडामा जुन औषधि दल्नु भनेर लेखेको थियो त्यही औषधि आफनो नाकमा दलेर मर्ने,’ एकजना सहभागीले समाधान निकाले। एकछिनको छलफलपछि सबै सहभागीहरु के कुरामा सहमत भए भने संसारका सामु मुख देखाउन नहुने खालको गल्ति गरेकाले यस्तो अवस्थामा मर्नु नै बेस हुन्छ।
दस महिनापछि, जुन जिल्लामा यस्तो अभ्यास गरेको थियो त्यही जिल्लाबाट ऋतिक रोशन काण्डको स्याल हुईँया सुरु भयो। यो हुईँया त्यही अखबारबाट सुरु भयो जुन अखबारका एकजना संवाददाता माथिको अभ्यासमा सहभागी थिए।
“त्यस दिन म विदामा थिएँ,” पछि भेट्दा ती संवाददाताले भनेका थिए।
ऋतिक काण्डको दुई महिनापछि नेपाल पत्रकार महासंघले चितवन बोलायो। एक वर्ष पहिलेको तालिमको पुनरावलोकन गर्न। तालिममा जे नगर्नु भन्ने निष्कर्ष निकाल्यो त्यही गर्ने पत्रकार भएको ठाउँमा आउँदिन भनिदिएँ। अलि पछि महसुस गरेँ– यस्तो अडानमा बसिराख्यो भने त नेपालै छाड्नु पर्ने रहेछ। त्यसैले पत्रकारिता तालिम दिन लागिरहेँ।
यसको केही समयपछि भारतको एउटा पत्रिकामा दुई पेजको विज्ञापन छापियो। देब्रेतिरको पेजमा एउटा फोटो थियो जसमा एकजना मानिसलाई एउटा अँध्यारो कोठमा कुर्सीमा बसाइएको थियो। उसको अनुहारमा मात्रै उज्यालो राम्रोसँग परेको थियो। उसका दुवै हात ऊ बसेको कुर्सीमा बाँधिएका थिए। त्यो मानिस डराएको थियो। उसका दुवैतिर दुईजना मानिस उभिएका थिए। एकजनाको हातमा बोकेको बस्तु राम्रोसँग चिनिँदैनथ्यो। सुई हो कि पेस्तोल जस्तो देखिन्थ्यो।
यो विज्ञापन देखेपछि पत्रकारिता तालिममा पत्रकारहरुलाई यो फोटो देखाएर सोध्न थालेँ– कसले, कसलाई, कसरी, किन, के गरेको?
सबैले आआफना ज्ञान र अनुभवका आधारमा थरिथरिका जवाफ दिन्छन् जो यस्तै खालका हुन्छन् :
• अपहरणकारीले बन्धकलाई पैसा चाँडो ल्याउन दवाव दिएको।
• सेनाले माओवादीलाई यातना दिएको।
• प्रहरीले माओवादीलाई सोधपुछ गरेको।
• माओवादीले सुरक्षाकर्मीलाई मार्न आँटेको।
उनीहरुले जवाफ दिइसकेपछि विज्ञापनको अर्को पेज देखाउँछु। त्यसमा माथि ठूला अक्षरमा लेखिएको छ “विजिनेस स्टान्डर्डको संवाददाता बन्न सजिलो छैन।”
यो भारतबाट निस्कने आर्थिक पत्रिका बिजिनेस स्टान्डर्डको विज्ञापन हो।
त्यसको तल लेखिएको छ : “समाचार पास हुनु अघि संवाददाताले हाम्रो परीक्षा पास गर्नुपर्छ।”
त्यसपछि सहभागीहरु जिब्रो काडेर भन्छन्– यातना पाए जस्तो, बयान लिँदै गरे जस्तो देखिने मानिस त संवाददाता पो रहेछ। उसका वरिपरि बसेर यातना दिँदै गरे झैँ लाग्ने मानिस त सम्पादकहरु पो रहेछन्।
दोस्रो पेजको तल पट्टि अरु केही वाक्य लेखिएका छन्।
“हामी उसलाई सोध्छौँ– तथ्याङ्क कहाँबाट लिइएको हो? तथ्याङ् दोहोर्‍याएर चेक गरेको छ कि छैन? समाचारमा जसका बारेमा लेखिएको छ उसलाई सफाइको मौका दिएको छ कि छैन? कसैले एउटा सन्दर्भमा भनेको कुरा गलत अर्थ लाग्ने गरी अर्काे सन्दर्भमा उपयोग गरेको पो छ कि?”
“हाम्रा हातमा भएको अर्काे समाचार पाठकका लागि बढी महत्वपूर्ण छ भने यी सबै कुराको चित्तबुझ्दो जवाफ पाएपछि पनि हामी उसको समाचार नछाप्न सक्छौँ। खुशीको कुरा के छ भने अधिकांश मानिसले यस्तो पत्रकारिता मन पराउँछन्।”
आजभोलि पत्रकारहरुका लागि आधारभूत पत्रकारिता र फिचर लेखन जस्ता जहाँ पनि, जहिले पनि र जुनसुकै विषयमा पनि काम लाग्ने पत्रकारिताका सिपका बारेमा तालिम हुन छाडेका छन्। विभिन्न उपलक्षमा विभिन्न फुर्का जोडेर तालिम दिने चलन चाहिँ बढेको छ। उपलक्ष जे भए पनि मेरो लक्ष चाहिँ पत्रकारिताका आधारभूत कुराका बारेमा अभ्यास गराउने हुन्छ। त्यसैले, सकेसम्म सबै तालिममा प्रसङ्ग मिल्दा र तानतुन पारेर प्रसंग मिलाउन सक्दासम्म बिजिनेस स्टान्डर्डको विज्ञापन देखाउँछु। त्यसको आशयका बारेमा छलफल गराउँछु।
झण्डै आधा घण्टा लगाएर त्यस विज्ञापनमा भएका फोटो र शब्द हेरि/पढि सकेपछि सहभागीहरु भन्छन्– संवाददाताले निकै कठोर तर उपयोगी परीक्षा पास गरेपछि मात्रै समाचार छापिँदो रहेछ भन्ने कुरा बुझयौँ।
त्यतिबेला त मलाई पनि उनीहरुले बुझे झैँ लाग्छ। तर पछि पत्रिका पढ्दा, रेडियो सुन्दा र टिभि हेर्दा लाग्छ यो कुरा त्यति सजिलै बुझाउन नसकिने रहेछ। यो कुरा बुझाउन अझ धेरै जनाले अझ गम्भीरताका साथ अझ कडा प्रयास गर्नु पर्ने रहेछ।
कहिलेकाहिँ चाहिँ, जति वर्ष ढुङ्ग्रोमा राखेपनि बाङ्गै हुने यो कुकुरको पुच्छर ढुङ्ग्रामा राखिराख्ने काम मैले किन गरेको होला जस्तो लाग्छ। पोहरसाल यस्तै कुरा गर्दा पत्रकार तथा पत्रकारिता प्रशिक्षक यज्ञ शर्माले एउटा कथा सुनाए। धेरैवटा कामका लागि वदनाम एकजना पूर्वमन्त्रीको यो कथा साँचो हो रे।
कथा यस प्रकार छ :
उहिले २०३६ सालपछि एकजना ने. वि. संघका नेता ने. वि. संघको प्रचारका लागि धरान पुगेछन्। तिनताक धरान अखिल (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन) को गढ थियो। अखिलका त्यहाँका नेताहरुले ने. वि. संघका नेतालाई त्यहाँका विद्यार्थी भेट्न दिएनछन्। “जे भन्नु छ हामीलाई भन्,” क्याम्पसको चउरमा घेरामा पारेर अखिलका विद्यार्थीले भनेछन्।
“मेरो कुरा विद्यार्थीहरुलाई भन्न दिएनौ। ठिकै छ। म आफना कुरा यही चउरलाई सुनाएर जान्छु। एक दिन यही चउरमा ने. वि. संघ कसो नउम्रेला।”
त्यसको धेरै वर्ष पछि एक पटक स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा ने. वि. संघले जित्यो।
आजभोलि बिजिनेस स्टान्डर्डको त्यो विज्ञापन देखाउँदा म सोच्दछु एक दिन न एक दिन कसो त्यो कुरा बुझाउन नसकिएला? न्यायाधीस पछि सबै भन्दा बढी झुठा कुरा सुन्नु पर्ने पेशामा लागेर पनि ‘मानिसले भनेको कुरा कसरी झुठा हुनसक्छ र?’ भन्ने सुधो स्वभाव पत्रकारले कसो नत्याग्लान?
कसैको हानी नहुने गरी ढाँटिदिएर अनुजाले नेपाली पत्रकारितालाई सुध्रने मौका दिएकी छन्। स्याब्बास अनुजा।

खै के खै के ! अनुजाको ‘पिपली लाइभ’ संस्करण

 ९१ लाख रुपियाँ र हिराको हार लिएको मानिस सार्वजनिक बसमा चढेर गएको उल्लेख समाचारहरुमा छ। के त्यत्रो सम्पत्ति बोकेको मानिस सार्वजनिक बसमा चढ्छ ? अष्टमीका दिन काट्न फूलपातीको दिन ल्याएको खसी त हराउला भनेर रातभर जागै रहने नेपालीमा यो सम्भव छ ? अर्को कुरा कसैले छाडेको झोला आफूले लिएर गएको उनले बताएकी छिन्। ९१ लाख रुपियाँ एउटा सामान्य झोलामा अट्नै सक्दैन। एकातर्फ वित्तीय संस्थाले सबै नोट हजारकै दिन्छ भन्ने छैन। अर्कोतर्फ हजारै हजारको दिएछ भने पनि एकानब्बे बिटा उनले भनेजस्तो सामान्य झोलामा अट्ने सम्भावना नै हुँदैन, जुन सहजै बोकेर लैजान सकून्। 

बुधबार अकस्मात् एउटा समाचार आयो- अनुजा बानियाँ नामकी २२ वर्षीया युवतीले बसमा हिराको हारसहित ९१ लाख रुपियाँको पोको भेट्टाइन्। अनि घर लगिन् र जसको हो खोजेर उसैलाई फिर्ता गरिन्। अझ अचम्मको कुरा- ती पैसावालले उनलाई यसरी फिर्तावापत दिएको २ लाख रुपियाँ वा हिराको हार लिन मानिनन् । हावासरी फैलिएको समाचारसँगै उनलाई बधाइ दिनेको भिड नै लाग्यो। हुँदाहुँदा राष्ट्रपति र जागिरको अन्तिम समय बिदास्वरुप मनाइरहेका प्रधान न्यायाधीशसमेतले उनलाई बधाई दिए। राष्ट्रपतिले त आफूलाई भेट्न आउने निम्तोसमेत दिएको उनका सहायकलाई उदृत गर्दै खबर सार्वजनिक भयो।
घटना जम्माजम्मी यति हो। तर यसले घटनाको विवरणभन्दा पनि बढी प्रश्‍न खडा गरेको छ। ९१ लाख रुपियाँ र हिराको हार लिएको मानिस सार्वजनिक बसमा चढेर गएको उल्लेख समाचारहरुमा छ। के त्यत्रो सम्पत्ति बोकेको मानिस सार्वजनिक बसमा चढ्छ ? अष्टमीका दिन काट्न फूलपातीको दिन ल्याएको खसी त हराउला भनेर रातभर जागै रहने नेपालीमा यो सम्भव छ ? अर्को कुरा कसैले छाडेको झोला आफूले लिएर गएको उनले बताएकी छिन्। ९१ लाख रुपियाँ एउटा सामान्य झोलामा अट्नै सक्दैन। एकातर्फ वित्तीय संस्थाले सबै नोट हजारकै दिन्छ भन्ने छैन। अर्कोतर्फ हजारै हजारको दिएछ भने पनि एकानब्बे बिटा उनले भनेजस्तो सामान्य झोलामा अट्ने सम्भावना नै हुँदैन, जुन सहजै बोकेर लैजान सकून्।
पैसा पाउनेले झोलै नहेरी घर लगेको र भोलिपल्टमात्र हेरेको बताएकी छिन्। पोको लिएर जान सक्नेले भोलिपल्टसम्म नहेरी बस्न सक्छ ? कौतुहलता रोक्ने क्षमता उनमा कसरी विकास भयो ? के उनी कुनै असाधारण मान्छे हुन ? अनि उनले आफूले फोन नं. पत्ता लगाएर त्यो पैसा हराउनेवालालाई बोलाएको अनि सलले छोपेर लगेर बजारमा दिएको बताएकी छिन्। के पैसामा सम्पत्तिवालाको फोन नं. पनि हुन्छ ? पैसा भएको झोलामा डायरी हुन्छ नै भन्ने छ ? डायरी भए पनि त्यसमा सम्पर्क नम्बर हुन्छ नै भन्ने के छ ? त्यसैले ‘काकापट्टिको न मामापट्टिको’ मान्छे, ज‍ो हुलियाविनाको छ, उसको नम्बर पत्ता लगाइवरी पाएको ठूलो सम्पत्ति फिर्ता दिने कुरा ‘एकादेश’ मा मात्र सम्भव हुन्छ।
पैसा हराएका भनिएका मानिस पुरुषोत्तम पौडेल नामक व्यक्ति (जो कसैको सम्पर्कमा छैनन्, न अनुजाले नै उनको नम्बर दिन सकेकी छिन्, जसको थरसमेत कतै पौडेल र कतै पोखरेल भनेकी छिन् उनले) ले घरजग्गा किन्नका लागि उक्त पैसा लाँदै गरेको बताएका छन्। घरजग्गा किन्नकै लागि हो भने त्यतिबेला दिनुपर्ने पैसा ४० लाख रुपियाँभन्दा माथि नगद कारोबार गर्न पाइन्न। चेक चाहिने सरकारी नियम छ। यस्तो नियम हुँदाहुँदै उनले नगदै किन लगे ? यो अर्को अपत्यारिलो तर्क छ।
यो दुनियाँमा को त्यस्तो व्यक्ति छ, जसले इनामवापत दिइएको रकमसमेत लिन मान्दैन ? त्यसमाथि पनि दुई दुई लाख ! साधु सन्तले समेत र्‍याल चुहाउने र महादेवका समेत तीन नेत्रका रुपमा परिचित ‘धन’, त्यसमाथि धेरै नेपालीको सपना ‘हिराको हार’ नरुचाउने व्यक्ति साधारण हुनै सक्दैन। अनि ती पौडैल/पोखरेल कति भलाद्‍मी रहेछन्, जो त्यत्रो पैसा हराउँदा पनि प्रहरीमा उजुरीसमेत गर्न गएनन्। लुसुक्क घर फर्के। जसलाई देखेर प्रहरीसमेत छक्कै परेको छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा त पैसावालले आइएमइबाट पैसा झिकेर लैजाँदै गरेको बताएका समाचारमा आएको छ। जबकि यति धेरै पैसा त्यो दिन उनले झिकेको भनिएको इटहरी शाखाबाट भुक्तानी नै नभएको यसका पदाधिकारीले बताइसकेका छन्। अचेल ब्याङ्कहरुले अलि धेरै पैसा झिक्ने ग्राहकलाई सुरक्षा माग गरेमा घरै वा गन्तव्यसम्मै सुरक्षा दिएर पुर्‍याइदिने व्यवस्था छ। यस्तो अवस्थामा उनले सार्वजनिक बसमा यति धेरै पैसा लैजाने अवस्था नै आउँदैन।
यस्तो अवस्थामा सत्य-तथ्यविना कसैले ठट्टा गरिदिएकै भरमा समाचार बनाउने सञ्चार माध्यमले समाचारका सामान्य सिद्धान्तसमेत पालना गरेको देखिन्न। पैसा पाएको भन्नेले त्यो किन प्रहरीलाई खबर नगरेर घर लगेको ? उनले ब्याग पाएको भनिएको दिन इटहरीको आइएमइ शाखाबाट त्यत्रो रकम भुक्तानी भएको थियो वा थिएन ? जस्ता प्रश्नको उत्तर, जुन सामान्य समाचारका लागिसमेत आवश्यक हुन्छ, यसतर्फ ध्यान दिएको पाइन्न। अर्कोतर्फ हराएको त्यत्रो पैसा पाउने ‘भाग्यमानी’ को प्रतिक्रिया पनि आवश्यक ठानिएन।
खबरवालाले त खबर दिए दिए। मुलुककै प्रमुखको बागडोर सम्हालेर बसेका राष्ट्रपतिले किन यति हतारमै उनलाई फोन गरिगरी धन्यवाद दिनुपर‍्‍यो भन्ने रहस्य पनि बुझ्न सकिएको छैन। यसले एकातिर राष्ट्रपतिको फुर्सदिला दिन प्रष्ट्याउँछ भने अर्कोतर्फ उनलाई कस्ता हल्काफुल्का विषयवस्तुले आकर्षित गर्दोरहेछ भन्ने रहस्य पनि खुलेको छ। हुँदाहुँदा प्रधान न्यायाधीशमात्र हैन, मुलुककै ‘ठूला लेखक’, ‘समाजसेवी’, ‘अर्थविद्’ आदिसमेत अनुजाको गुणगान गाउनमा हतारिए। यथेष्ठ तथ्य र प्रमाणहरु जुटाएर त्यसैका आधारमा मात्र बोल्ने आदत परेका न्यायमूर्तिसमेत यसरी हतारमा प्रतिक्रियाका लागि लालायित हुन्छन् भने अरुलाई के नै भन्ने ?
अनुजा बानियाँ त चर्चामा आइन् यो घटनाले, उनलाई फाइदै भो। के उसै त विभिन्न आरोप खेपिरहेको नेपाली सञ्चार माध्यमलाई पनि यो ‘अनुजाको पिपली लाइभ संस्करण’ ले फाइदै देला त ?
यो लेख नागरिकन्यूजबाट लिएको हो ।

कतिसम्म गर्न सक्छ चौधरी ग्रुपले ?

पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा १८ करोड रुपैयाँ स्रोत नखुलेको रकम चौधरीका नाममा भेटियो। अनुसन्धान गर्दै जाँदा त्यो रकम चौधरीले भारतमा वाईवाई, डाल्डा घ्यु लगायतका वस्तु बिक्री गरेर ल्याएर राखेको पत्ता लाग्यो। कर र जरिवाना तिरेर झण्डै पाँच करोड रुपैयाँ चौधरीले तिर्नुपर्‍यो। यो मुद्दा उठाउने र कारवाही गर्ने राजस्व अनुसन्धानका हाकिम सुरुमा अर्थमन्त्रालय तानिए त्यसपछि लोकसेवा आयोगमा फालिए। चौधरीको यही बैंक खाताबारेमा गोप्य सूचना दिएका उनका एक कर्मचारी छतबाट खसेर मरे। भन्ने बेलामा यसलाई कानुनी रुपमा ‘आत्महत्या’ भनियो। नेपालको वाणिज्य क्षेत्रमा प्रख्यात रहेको चौधरी ग्रुपले रकम असुल्नका लागि निर्दोष व्यक्तिलाई आफ्नो घरमा बन्दी बनाउने गर्छ भन्दा जो कोहीलाई पत्याउन मुश्किल पर्छ। तर नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीले यससम्बन्धमा गरेको अनुसन्धानपछि यही तथ्य फेला पारेको थियो। चौधरी ग्रुपले एक व्यक्तिलाई ५७ दिनसम्म निजी हिरासतमा राखेका थिए। यसका लागि प्रशासनले समेत सघाएको थियो। पैसाको रवाफका कारण यो समाचारलाई कुनै मिडियाले प्राथमिकता दिएन। त्यतिबेला वैकल्पिक मिडिया पनि थिएनन्। तर सत्य लुकाइए पनि मेटिएको छैन। हेर्नुस्, धेरैलाई थाहै नदिई लुकाइएको घटनाबारे मानवअधिकारवादी संस्थाहरुको स्थलगत अध्ययन टोलीको प्रतिवेदन जस्ताको तस्तै-


चौधरी ग्रुपद्वारा ५७ दिन बन्धक बनाइएका
भारतीय नागरिक लक्ष्मीकान्त शर्मासम्बन्धी
स्थलगत अध्ययन प्रतिवेदन ०६३
प्रतिवेदन सार्वजनिक भएको मितिः ०६३ असोज ४ गते, काठमाडौं।
मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको सचिवालय
घटना भएको स्थानः ललितपुरको हरिसिद्धिको माउण्टभ्यू कोलनी र जिल्ला प्रहरी
कार्यालय, हनुमानढोका।
घटना भएको अवधिः ०६३ असार ९ देखि ०६३ भदौ ५ गतेसम्म
अध्ययन गरिएको अवधिः ०६३ भदौ २० गतेदेखि ०६३ भदौ २२ गतेसम्म
अध्ययन गरिएको स्थानः ललितपुरको हरिसिद्धि, जावलाखेल र सानेपाका विभिन्न
स्थान र काठमाडौंस्थित उपत्यका अपराध अनुसन्धान शाखा, हनुमानढोका।

निचोड तथा सिफारिश

यस घटनामा चौधरी ग्रुपले लक्ष्मीकान्तलाई ५७ दिन निजी हिरासतमा गोप्य रुपमा
बन्धक बनाएर राखिएको पाइयो। लक्ष्मीकान्तलाई प्रहरीले पक्राउ गरी चौधरी ग्रुपलाई
बुझाएको पाइयो। उनका छोरा शशिकान्तलाई प्रहरीले २७ दिन गैरकानुनी थुनामा
राखी यातना दिएको र केरकारका क्रममा विष्णु महेश्वरीको उपत्यका अपराध
अनुसन्धान शाखा, हनुमानढोकाभित्रै रहस्यमय मृत्यु भएको पाइयो।
घटनामा चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, महेशराज पन्त, जीपी साह, मोहन
ओझा र प्रहरीको महत्वपूर्ण हात रहेको पाइयो। खासगरी चौधरी ग्रुपको ज्यादतीप्रति
प्रशासन मौन रहेको देखिन्छ। घटनाका तथ्यहरुले चौधरी ग्रुपलाई प्रहरीले सघाएको
देखिन आउँछ।
चौधरी ग्रुपले प्रहरीलाई बुझाएका शशिकान्तलाई रकम हिनामिनाको आरोपमा पक्राउ
गरी २७ दिन बिना पूर्जि प्रहरी हिरासतमा राखेर यातना दिई भदौ ४ गते मात्र
मुद्दाको प्रक्रिया शुरु गरिएको पाइयो।
लक्ष्मीकान्तलाई ५७ दिन निजी हिरासतमा राख्ने चौधरी ग्रुपका सो कार्यमा संलग्न र
अध्यक्ष बिनोद चौधरीले कानुन विपरितको कार्य गरेकाले दोषीहरूलाई कानुन
बमोजिम कारवाही गर्न र सो कार्यमा सहयोग गर्ने प्रहरीलाई तत्काल कारवाही गर्नु
पर्दछ। साथै चौधरी ग्रुपले लक्ष्मीकान्तको उपचारका लागि नर्भिक अस्पतालबाट दुई
जना चिकित्सकलाई गोप्य रुपमा प्रयोग गरेको तर तिनको नाम सार्वजनिक नगरेकोले
यो घटनामा नर्भिक अस्पतालको पनि अप्रत्यक्ष रुपमा संलग्नता रहेको देखिन्छ। तसर्थ
लक्ष्मीकान्त शर्माको उपचारमा संलग्न चिकित्सकको नाम सार्वजनिक नगरेकोले
यसमा स्वास्थ्यकर्मीलाई समेत दुरुपयोग गरेको देखिएकोले यसको जिम्मेवारी चौधरी
ग्रुपले लिनु पर्दछ।
त्यसैगरी केरकारका क्रममा विष्णु महेश्वरीको उपत्यका अपराध अनुसन्धान शाखा,
हनुमानढोकामा रहस्यमय मृत्यु भएको घटनाको छानबिन गरी दोषीहरूलाई कारवाही
गरिनु पर्दछ।
बिना पूर्जी र मुद्दाको प्रक्रिया विना २७ गैरकानुनी हिरासतमा राख्ने उपत्यका अपराध
अनुसन्धान शाखा र जिल्ला प्रहरी कार्यालयका दोषीहरूलाई तत्काल कारवाही गरिनु
पर्दछ। लक्ष्मीकान्त शर्मालाई ५७ दिन गोप्य रुपमा बन्धक बनाउने चौधरी ग्रुपबाट
पीडितलाई कानुन अनुसार क्षतिपूर्ति दिलाउन र चौधरी ग्रुपद्वारा जफत गरिएका सबै
सामान तत्काल फिर्ता गराइनु पर्दछ।
उपत्यका अपराध अनुसन्धान शाखामा अभियुक्तलाई केरकार गर्ने क्रममा विष्णु
महेश्वरी बाहेक यसअघि अरु चार जनाको समेत ज्यान गएको बताइएकोले सो
सम्बन्धमा तत्काल छानबिन गरी दोषीलाई कारवाही गरिनु पर्दछ।
प्रहरीबाट अपराध अनुसन्धान र तहकिकातका समयमा गरिने केरकार र यातना
मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरू विपरित भएकाले त्यस्ता कार्य रोकिनु
पर्दछ। त्यस्ता कार्यमा संलग्नहरूलाई कारवाही गरिनु पर्दछ।
भारतीय राजदुतावासले भारतका नागरिक शकिकान्तलाई नेपाल झिकाउन चौधरी
ग्रुपलाई सहयोग गरेको देखिन्छ, तर आफ्नो नागरिकलाई नेपाल बुझाएर प्रहरीको
जिम्मा लगाउन दुतावासले कुन कानुन अन्तर्गत किन आवश्यक ठानेको हो? स्पष्ट
भएको छैन्। यस बारेमा दुतावासले आधिकारिक भनाई सार्वजनिक गर्नु पर्दछ।

कार्यकारी सारांश

ललितपुरको सानेपामा गणपति किराना पसल सञ्चालन गर्दै आएका भारतको
जयपुरका ५६ वर्षीय लक्ष्मीकान्त शर्मालाई उनका छोरा शशिकान्त शर्माले ५० लाख
५० हजार हिनामिना गरेको आरोपमा चौधरी ग्रुपले ०६३ असार ११ गतेदेखि ०६३
भदौ ४ गते रातिसम्म निजी हिरासतमा राखी बन्धक बनाएको पाइयो। चौधरी
ग्रुपको आग्रहमा जिल्ला प्रहरी कार्यालय ललितपुरले लक्ष्मीकान्तलाई उनको
सानेपास्थित डेराबाट ०६३ असार ९ गते पक्राउ पूर्जि बिना पक्राउ गरी त्यसको
पर्सिपल्ट अर्थात असार ११ गते चौधरी ग्रुपलाई जिम्मा लगाएको पाइयो।
प्रहरीले चौधरी ग्रुपलाई जिम्मा लगाएपछि चौधरी ग्रुपद्वारा हरिसिद्धिस्थित माउण्टभ्यू
रेसिडेन्ट्सको २९ नम्बरको घरमा लक्ष्मीकान्तलाई ५७ दिन गोप्य रुपमा बन्धक
बनाएको पाइयो। साथै चौधरी ग्रुपले लक्ष्मीकान्तलाई बन्धक बनाउने क्रममा उनको
४० हजार रूपैयाँ जफत गरेको र पछि फिर्ता गरेको देखिन्छ। यसक्रममा चौधरी
ग्रुपले शर्माको किराना पसलका समान जफत गरी सो पसल पनि बन्द गरेको भेटियो।
चौधरी ग्रुपमा वरिष्ठ क्यासिएरको रुपमा कार्यरत रहेका लक्ष्मीकान्तका छोरा २९
वर्षीय शशिकान्त शर्मा चौधरी ग्रुपको ५० लाख ५० हजार हिनामिना गरी भागेको
आरोपमा चौधरी ग्रुपको तर्फबाट त्यहाँका कर्मचारी मोहन ओझाले शशिकान्तलाई
पक्राउ गर्नका लागि ०६३ असार १८ गते जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी
दिएको देखिन्छ। यही उजुरीका आधारमा प्रहरीले शशिकान्तको खोजीका लागि ०६३
असार २० गते वारेन्ट जारी गरेको थियो।
चौधरी ग्रुपले ०६३ साउन ८ गते शशिकान्तलाई ललितपुर जिल्ला प्रहरी कार्यालयको
जिम्मा लगाएको र गैरकानुनी रुपमा उनलाई ९ दिन राखेर उपत्यका अपराध
अनुसन्धान शाखा काठमाडौंमा पठाइयो। उनलाई उपत्यका अपराध अनुसन्धान
शाखामा विना पूर्जि नै १८ दिन राखी ०६३ भदौ ४ गते जिप्रका ललितपुरमा पठाइयो
। यसक्रममा शशिकान्तलाई प्रहरीले दिएको यातनाका कारण उनको दायाँ हातको
चोर औंलो फ्याक्चर भएको छ, शरीरमा निलडाम पनि रहेको देखियो। चौधरी ग्रुपको
प्रभावका कारण ०६३ साउन ८ देखि ०६३ भदौ ३ गतेसम्म प्रहरीद्वारा गैरकानुनी
रुपमा हिरासतमा राखी यातना दिइएका शकिकान्तलाई वैधानिक रुपमा ०६३ भदौ ४
गतेदेखिमात्र मुद्दाको प्रक्रिया अगाडि बढाएको पाइयो।
उपत्यका अपराध अनुसन्धान शाखामा केरकार गरिएको बेला शशिकान्तले आफूले
चौधरी ग्रुपको रकम हिनमिना नगरेको र दुई पटक गरी ६० लाख रुपैयाँ चौधरी
ग्रुपका कर्मचारी विष्णु महेश्वरीलाई दिएको बयान दिएका थिए। उपत्यका अपराध
अनुसन्धान शाखाले यही बयानका आधारमा विष्णु महेश्वरीलाई पक्राउ गरी केरकार
गरिरहेको थियो। केरकारको क्रममा ०६३ भदौ ४ गते विष्णु महेश्वरीले जिल्ला प्रहरी
कार्यालय हनुमानढोकाको चौथो तल्लाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले
जानकारी दिएको छ। तर घटनास्थलको प्रकृति र तथ्यहरुले प्रहरीको यातनाका
क्रममा उनको रहस्यमय तरीकाले मृत्यु भएको देखाउँछ।
यस घटनामा प्रहरी र चौधरी ग्रुपको संलग्नतामा लक्ष्मीकान्तलाई ५७ दिन निजी
हिरासतमा राखिएको, उनका छोरा शशिकान्तलाई हिनामिनाको आरोपमा चर्को
यातनासहित २७ दिन गैरकानुनी थुनामा राखी मुद्दाको प्रक्रिया अगाडि बढाएको
पाइयो। त्यसैगरी प्रहरीको केरकारका क्रममा चौधरी ग्रुपका कर्मचारी विष्णु
महेश्वरीको जिल्ला प्रहरी कार्यालय हनुमानढोकाभित्रै रहस्यमय तरिकाले मृत्यु भएको
पाइयो। लक्ष्मीकान्तलाई ५७ दिन निजी हिरासतमा राख्ने चौधरी ग्रुप, सो कार्यमा
सघाउने प्रहरीलाई तत्काल कारवाही गर्नु पर्दछ। विष्णु महेश्वरीको रहस्यमय मृत्युको
घटनाको छानबिन गरी दोषीहरुलाई कारवाही गरिनु पर्दछ।
विना पुर्जी र मुद्दाको प्रक्रिया विना २७ गैरकानुनी हिरासतमा राख्ने उपत्यका अपराध
अनुसन्धान शाखा र जिल्ला प्रहरी कार्यालय ललितपुरका दोषीलाई तत्काल कारवाही
गरिनु पर्दछ। उपत्यका अपराध अनुसन्धान शाखामा अभियुक्तलाई केरकार र
यातनाका क्रममा विष्णु महेश्वरी बाहेक यसअघि अरु चार जनाको समेत ज्यान
गएको बताइएकोले सो सम्बन्धमा तत्काल छानबिन गरी दोषीलाई कारवाही गरिनु
पर्दछ।

घटना विवरण

चौधरी ग्रुपद्वारा लक्ष्मीकान्त ५७ दिन बन्धक

नेपालको वाणिज्य क्षेत्रमा प्रख्यात रहेको चौधरी ग्रुपले रकम असुल्नका लागि निर्दोष
व्यक्तिलाई आफ्नो घरमा बन्दी बनाउने गर्छ भन्दा जो कोहीलाई पत्याउन मुश्किल
पर्छ। तर नेपालका ४४ ओटा मानवअधिकारवादी संस्थाको साझा सञ्जाल
मानवअधिकार सन्धि अनुगमन समन्वय समितिको स्थलगत अध्ययन टोलीले
यससम्बन्धमा गरेको अनुसन्धानपछि यही तथ्य फेला परेको छ।
विगत सात वर्षअघिदेखि ललितपुरको सानेपामा गणपति किराना पसल सञ्चालन गर्दै
आएका भारतको जयपुरका ५६ वर्षीय लक्ष्मीकान्त शर्मालाई उनका छोरा शशिकान्त
शर्माले चौधरी ग्रुपको ५० लाख ५० हजार हिनामिना गरेको आरोपमा चौधरी ग्रुपले
०६३ असार ११ गतेदेखि ०६३ भदौ ४ गते रातिसम्म निजी हिरासतमा राखेको
पाइएको छ। स्थानीय वासिन्दा तथा लक्ष्मीकान्त बस्दै आएको घरका मालिक
श्रीनन्दन झाका अनुसार चौधरी ग्रुपको प्रभावमा जिल्ला प्रहरी कार्यालय ललितपुरले
लक्ष्मीकान्तलाई उनको सानेपास्थित डेराबाट ०६३ असार ९ गते पक्राउ पूर्जि विना
पक्राउ गरी त्यसको पर्सिपल्ट अर्थात भदौ ११ गते चौधरी ग्रुपलाई जिम्मा लगाएको
थियो। प्रहरीले चौधरी ग्रुपलाई जिम्मा लगाएपछि चौधरी ग्रुपद्वारा हरिसिद्धिस्थित
माउण्टभ्यू रेसिडेन्ट्सको २९ नम्बरको घरमा लक्ष्मीकान्तलाई गोप्य रुपमा बन्धक
बनाएको पाइयो।
लक्ष्मीकान्तलाई बन्धकको रुपमा राखिएको अवस्थामा त्यस घरको ५५२४५५८ को
भ्ह्त्। २४ नम्बरको टेलिफोन काटिएको थियो। पीडितलाई घरबाहिर निक्लिन बन्देज
गरिएको, निजी सुरक्षागार्ड र खाना पकाउने मानिसको व्यवस्था गरिएको थियो।
हरिसिद्धिस्थित चौधरी ग्रुपको माउण्टभ्यू कोलनीका बासिन्दालाई पनि त्यस स्थानमा
प्रवेश गर्न र लक्ष्मीकान्तसँग भेट गर्नमा पूर्णत रोक लगाइएको थियो। उनको
निगरानीका लागि व्यवस्था गरिएका सुरक्षागार्ड प्रल्लाद कुँवर बाहिर निक्लदा पनि
लक्ष्मीकान्तलाई थुन्ने गरेका थिए। बन्धक बनाएको बेला लक्ष्मीकान्त विरामी भएका
थिए। तर चौधरी ग्रुपले उनलाई अस्पताल लैजानुको सट्टा नर्भिक अस्पतालबाट दुई
जना चिकित्सक बन्धक बनाइएको स्थानमै लगेर उपचार गरिएको थियो। उपचारमा
संलग्न चिकित्सकको नाम गोप्य राखियो। चौधरी ग्रुपको लगानी रहेको नर्भिक
अस्पताललाई समेत यो घटनामा चौधरी ग्रुपले संलग्न गराएको देखियो।
लक्ष्मीकान्तलाई ०६३ असार ११ देखि ०६३ भदौ ५ गतेसम्म चौधरी ग्रुपले निजी
हिरासतमा राख्दा चौधरी ग्रुपका मानिस बाहेक कसैलाई पनि भेटघाट गर्नमा पूर्णत
बन्देज गरेको स्थानीय बासिन्दाले बताए। स्थानीय बासिन्दाले चौधरी ग्रुपले
लक्ष्मीकान्तलाई बन्धक बनाएको थाहा पाएपछि कोलनी सोसाइटीका अध्यक्ष जर्नादन
राजभण्डारी लगायत करिब ७ जना ०६३ भदौ ४ गते राति ११ बजे त्यहाँ पुगेका
थिए। तर सो घरका सुरक्षागार्डले अध्यक्ष राजभण्डारी लगायतलाई लक्ष्मीकान्तसँग
भेट्न दिएनन्। सुरक्षागार्डले चौधरी ग्रुपले लक्ष्मीकान्तसँग कसैलाई पनि भेट गर्न
नदिनु भनेको बताए।
कोलनीका बासिन्दाले हरिसिद्धि प्रहरी कार्यालयमा फोन गरेपछि राति ११ः३० बजे
हरिसिद्धि प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक भरतसिंह धामीको नेतृत्वमा ४
जना प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीलाई समेत सुरक्षागार्डले
लक्ष्मीकान्तसँग भेट गर्नमा रोक लगाएका थिए। लक्ष्मीकान्तलाई भेट्न नदिएपछि
प्रहरी टोली राति पौने २ बजे फर्किएको थियो।
लक्ष्मीकान्तलाई गोप्य रुपमा थुनिएको बारेमा कोलनीका बासिन्दाले मिडियालाई
जानकारी गराएपछि ०६३ भदौ ५ गते बिहान सञ्चारकर्मी त्यहाँ पुगेका थिए। चौधरी
फुड ग्रुपका म्यानेजर जी.पी. साहले मिडियासमक्ष लक्ष्मीकान्तलाई सुरक्षाको लागि
आफ्नो कब्जामा राखिएको जानकारी गराएका थिए। त्यतिबेला शर्मालाई थुनेर
राखेको कोठाबाट मिडियासमक्ष ल्याइएको थियो। लक्ष्मीकान्तले असार ११ गतेदेखि
आफूलाई चौधरी ग्रुपले गोप्य रुपमा थुनेर राखेको बताएका थिए। शर्मालाई बन्धक
बनाएको बेला चौधरी ग्रुपले शर्मासँग भएको ४० हजार रुपैया पनि जफत गरेका
थिए। तर सो रकम लक्ष्मीकान्तलाई मुक्त गरेको बेला फिर्ता गरिएको थियो।
स्थानीय बासिन्दाले दबाब दिएपछि चौधरी ग्रुपले लक्ष्मीकान्तलाई बन्दी जीवनबाट
मुक्त गरी ०६३ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय ललितपुरमा जिम्मा लगाए। सो
कार्यालयका एसपी माधवप्रसाद नेपालले भदौ ७ गते लक्ष्मीकान्तलाई श्रीनन्दन झाको
रोहबर जिम्मा लगाए। त्यसपछि झाले उनलाई माइक्रोबसको टिकट काटेर भैरहवा
हुँदै भारतको जयपुर पठाए। शर्माले जयपुर पुगेर आफूलाई फोन गरेको श्रीनन्दन
झाको भनाई छ। यसअघि चौधरी ग्रुपका जीपी साहले लक्ष्मीकान्तलाई दिल्लीका
लागि जेट एअरवेजको टिकट व्यवस्था गरी दिल्ली पठाएको झुठो दाबी गरेका थिए।
लक्ष्मीकान्तलाई बन्धक बनाएलगतै चौधरी ग्रुपले लक्ष्मीकान्तको सानेपास्थित गणपति
किनारा पसलको समान जफत गरी तालाबन्दी गरेका थिए भने उनको डेरामा रहेका
सबै समान पनि चौधरी ग्रुपले नै जफत गरेको पाइयो। चौधरी ग्रुपका व्यवस्थापक
महेशराज पन्तले लक्ष्मीकान्तको पसल प्रहरीले बन्द गरेको दाबी मानवअधिकारकर्मीको टोलीसमक्ष गरे। तर जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी माधवप्रसाद नेपालले लक्ष्मीकान्तको पसल प्रहरीले बन्द नगरेको र सामान जफत पनि नगरेको बताए। स्थानीयवासीको भनाईमा चौधरी ग्रुपले नै लक्ष्मीकान्तको पसल तालाबन्दी गरी समान जफत गरेका थिए।

हिनामिनाको आरोपमा शशिकान्तलाई यातना

चौधरी ग्रुपमा विगत पाँच वर्षदेखि वरिष्ठ क्यासिएरको रुपमा कार्यरत रहेका
लक्ष्मीकान्तका छोरा २९ वर्षीय शशिकान्त शर्मा पत्नीको सुत्केरी हुने समय भएका
कारण उनलाई लिएर ०६३ असार ८ गते भारतको जयपुर गएका थिए। उनी जयपुर
गएको भोलिपल्ट उनका बाबु लक्ष्मीकान्त शर्मालाई प्रहरीले पक्राउ गरी दुई दिन
हिरासतमा राखी असार ११ गते चौधरी ग्रुपको जिम्मा लगाएको पाइयो। शशिकान्त
भारत गएपछि कम्पनीको ५० लाख ५० हजार हिनामिना गरी भागेको आरोपमा
चौधरी ग्रुपको तर्फबाट त्यहाँका कर्मचारी मोहन ओझाले शशिकान्तलाई पक्राउ
गर्नका लागि ०६३ असार १८ गते जिल्ला प्रहरी कार्यालय ललितपुरमा उजुरी दिएको
देखिन्छ। चौधरी ग्रुपको यही जाहेरीका आधारमा प्रहरीले शशिकान्तको खोजीका लागि
०६३ असार १८ गते वारेन्ट जारी गरेको थियो।
उता सुत्केरी हुने बेला भएका कारण पत्नीलाई घर छाड्न भारत गएका शशिकान्तलाई लिन चौधरी ग्रुपका कर्मचारी मोहन ओझा जयपुर गएका थिए।
आफूलाई ओझाले फकाएर नेपाल ल्याएको शशिकान्तको भनाई रहेको छ।
शशिकान्तलाई नेपाल ल्याएर ओझाले चौधरी ग्रुपलाई बुझाएका थिए।
चौधरी ग्रुपले ०६३ साउन ८ गते ललितपुर जिल्ला प्रहरी कार्यालयको जिम्मा
लगाएको पाइयो। विना पूर्जि त्यहाँ उनलाई ९ दिन राखेर उपत्यका अपराध
अनुसन्धान शाखा काठमाडौमा पठाइयो। उनलाई उपत्यका अपराध अनुसन्धान
शाखामा विना पूर्जि नै १८ दिन राखी ०६३ भदौ ४ गते जिप्रका ललितपुरमा पठाइयो
। यसक्रममा शशिकान्तलाई प्रहरीले दिएको यातनाका कारण उनको दाँया हातको
माझी औंलो प्याक्चर भएको छ, शरीरमा निलडाम पनि रहेको देखियो।
मानवअधिकार टोलीसँगको भेटमा पनि शशिकान्त त्रसित मुद्रामा देखिएका थिए।
प्रहरीले चर्को यातना दिएर उनलाई चौधरी ग्रुपको ५० लाख ५० हजार हिनामिना
गरेको आरोप स्वीकार गर्न बाध्य पारेको देखियो। चौधरी ग्रुपको दबदबाका कारण
०६३ साउन ८ देखि ०६३ भदौ ३ गतेसम्म प्रहरीद्वारा गैरकानुनी रुपमा हिरासतमा
राखी यातना दिइएका शकिकान्तलाई वैधानिक रुपमा ०६३ भदौ ४ गतेदेखिमात्र मुद्दा
चलाइएको छ।

आत्महत्या कि हत्या?

उपत्यका अपराध अनुसन्धान शाखामा केरकार गरिएको बेला शशिकान्तले आफूले
चौधरी ग्रुपको रकम हिनमिना नगरेको र दुई पटक गरी ६० लाख रुपैयामा चौधरी
ग्रुपका कर्मचारी विष्णु महेश्वरीलाई दिएको बयान दिएका थिए। उपत्यका अपराध
अनुसन्धान शाखाका एसपी केशवप्रसाद अधिकारीका अनुसार, शशिकान्तको बयानलाई
आधार मानेर प्रहरीले विष्णु महेश्वरीलाई पक्राउ गरी केरकार गरिरहेको थियो।
केरकारको क्रममा ०६३ भदौ ४ गते विष्णु महेश्वरीले जिल्ला प्रहरी कार्यालय
हनुमानढोकाको चौथो तल्लाबाट हामफालेर आत्महत्या गरेको जनाइएको छ।
जानकार सूत्रले महेश्वरीले आत्महत्या गरेको नभई प्रहरीको चर्को यातनाबाट उनको
मृत्यु भएको बताएको छ। उनको मृत्यु भएको बेला केरकारमा संलग्न प्रहरी निरीक्षक
ओम राणा लगायत ४ जनालाई विभागीय कारवाही थालिएको प्रहरीको बयान छ।
एसपी केशवप्रसाद अधिकारीले केरकार गरेको बेला थुक्न जान्छु भनेर विष्णु भागेर
छतको पर्खाल नै नछोइकन हाम्फालेर आत्महत्या गरेको बताए। तर, केरकार
गरिएको कोठा, हाम्फालेको पर्खालबीचको दुरी र महेश्वरी बजारिएको स्थानको
सन्तुलन मिल्दैन। यद्यपि डा. हरिहर वस्तीद्वारा हस्ताक्षरित पोष्टमार्टम प्रतिवेदनमा मृतक विष्णु महेश्वरीको टाउको, छाती र पेटमा चोट लागेको उल्लेख छ। मानवअधिकारवादीले प्रहरी कब्जामा रहेको व्यक्तिको मृत्युलाई आत्महत्यामा मात्र सीमित गर्न नसकिने र त्यसमा प्रहरीको यातना र लापरवाही पनि जिम्मेवार हुने बताएका छन्।

प्रहरीबीचको विरोधाभाष

शशिकान्तलाई हिनामिनाको अभियोगमा पक्राउ गर्नका लागि चौधरी ग्रुपको
तर्फबाट मोहन ओझाले जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिएको देखिन्छ।
तर प्रहरीको रेकर्डमा शशिकान्तलाई कहाँबाट कसले गिरफ्तार गरेको हो भन्ने
विवरण छैन, केरकारको क्रममा विष्णु महेश्वरीको मृत्यु भएपछि उनलाई उपत्यका
अपराध अनुसन्धान शाखाले हतारहतार जिल्ला प्रहरी कार्यालय ललितपुरमा जिम्मा
लगाएको देखियो। ललितपुरका एसपी माधवप्रसाद नेपालले आफ्नो क्षेत्रको व्यक्ति
भएका कारण शशिकान्तलाई उपत्यका अपराध अनुसन्धान शाखाले केरकार नगरी
आफूकहाँ बुझाउनु पर्ने तर्क गरे। तर पीडितका अनुसार उपत्यका अपराध
अनुसन्धान शाखाले शशिकान्तलाई गैरकानुनी रुपमा १८ दिन राखेर केरकार गरेको
पाइयो भने यसअघि जिल्ला प्रहरी कार्यालय ललितपुरले पनि ९ दिन गोप्य रुपमा
गैरकानुनी रुपमा हिरासतमा राखेको पाइयो। यो तथ्यलाई प्रहरीले अस्वीकार गरेको
छ।

नाजवाफ चौधरी ग्रुप

लक्ष्मीकान्तलाई किन थुन्नु भएको?
थुनेको होइन, उहाँको अनुरोधमा पाहुनाको रुपमा राखिएको।
पाहुना बसेको ठाउँमा किन टेलिफोन काटेको त?
अँ अँ।
डेरा भएको मान्छे तपाईको घरमा ५७ दिन कसरी पाहुनाको रुपमा बस्न आउँछ?
त्यो त थाह भएन।
कति दिन राख्नु भयो?
रेकर्ड हेर्नुपर्छ।
लक्ष्मीकान्तको पसल किन बन्द गर्नु भएको?
हामीले होइन, प्रहरीले गर्‍यो होला।
(हेर्नुहोस महेशराज पन्त र जीपी साहको बयान पृष्ठ ११.)
चौधरी ग्रुपका व्यवस्थापक महेशराज पन्त र जीपी साहले मानवअधिकार टोलीले
सोधेका धेरै प्रश्नको उत्तर दिएनन्। अपुरो र अर्ध उत्तर दिएर घटनालाई ढाकछोप
गर्नमा तिनको समय बितेको थियो।
तर चौधरी ग्रुपले यसरी निजी हिरासतमा लक्ष्मीकान्तलाई बन्धक बनाएको थाह पाएर
पनि प्रहरीले भने रहस्यमय मौनता देखाएको छ। ५७ दिन लक्ष्मीकान्तलाई बन्धक
बनाउने र उनको पसलका सामान जफत गर्ने चौधरी ग्रुपको कार्यकलापप्रति प्रहरीले
पुरै वेवास्ता गरेको छ। ललितपुरका एसपी माधवप्रसाद नेपालले अनौपचारिक
जानकारीका आधारमा मात्र कारवाही अघि बढाउन कठिन हुने बताए भने
उपत्यकाका एसपी केशवप्रसाद अधिकारीले सो बारेमा कुरा गर्न लाग्दा ललितपुरका
एसपी माधवप्रसाद नेपालसँग सम्पर्क हुन नसकेको गुनासो गरे।
यता चौधरीको यस्तो रबैयाको बारेमा जानकारी भएका मिडियाले पनि यस बारेमा
समाचार सम्प्रेषण गर्न नसकेको गुनासो गरिएको छ। लक्ष्मीकान्तलाई मुक्त गर्ने बेला
केही मिडियाले लक्ष्मीकान्तको भनाईको भिज्युअल रेकर्ड गरेको पाइयो तर केही
मिडिया बाहेक अधिकांशले सो सम्बन्धी समाचार सम्प्रेषण नगरेको पाइयो।

भारतीय राजदुतावासको जवाफ

भारतको जयपुरबाट शशिकान्तलाई नेपाल ल्याउनका लागि सहयोग गरेको आरोप
लागेको भारतीय राजदुतावासले भने सो आरोपलाई अस्वीकार गरेको छ। नाम
उल्लेख नगर्ने शर्तमा दुतावासका एक अधिकारीले मानवअधिकारकर्मीसँग आफ्ना
नागरिकलाई नेपाल ल्याएर कारवाही गराउन भूमिका नखेलेको बताए। उनका
अनुसार, राजदुतावासले विष्णु महेश्वरीको प्रहरी हिरासतमा भएको मृत्यु,
शशिकान्तमाथिको मुद्धा र लक्ष्मीकान्तलाई बन्धक बनाइएको बारेमा आवश्यक
जानकारी गराउन परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ। दुतावासले यस घटनालाई
गम्भीरतापूर्वक लिएको जनाएको छ। धेरै कुरा अनुसन्धानको चरणमा रहेकोले
औपचारिक रुपमा जानकारी दिन नमिल्ने दुतावास स्रोतले जनाएको छ।

सरोकारवालाको बयान जस्ताको तस्तै

भरतसिंह धामी, प्रहरी सहायक निरीक्षक, हरिसिद्धि प्रहरी कार्यालय
०६३ भदौ ४ गते हामीलाई १२ बजे राति माउण्ट भ्यू रेसिडेन्ट्समा मान्छे थुनेर
राखेको छ भन्ने खवर आयो र हामी त्यहाँ गयौ। त्यहाँ कोलनीका ७/८ जना मान्छे
जम्मा भएका थिए। उनीहरूले घर नम्बर २९ मा मान्छे थुनेको रहेछ उद्धार गनुपर्‍यो
भने। त्यहाँ २ जना पाले र एक जना भान्छे रहेछन्। थुनिएका मान्छेले झ्यालबाट
हेरे। हामीलाई सुरक्षागार्डले भित्र पस्न नदिएपछि माथि फोन गरेर हामी राति २ बजे
त्यहाँबाट फर्केका हौं। भोलिपल्ट चौधरीको गाडीमा लक्ष्मीकान्तलाई जावलाखेल
पुर्‍याएका हौं।
घनबहादुर देउवा, हवल्दार, हरिसिद्धि प्रहरी कार्यालय
माउण्ट भ्यू रेसिडेन्ट्समा मान्छे निगरानीमा राखेको भन्ने खवर भदौ ४ गते राति
कोलनीका बासिन्दाबाट हामीलाई आएपछि असई भरतसिंह धामीको नेतृत्वमा ४ जना
प्रहरी गएका थियौ। त्यहाँ कोलनीका ५/७ जना मानिस रहेछन्। हामीले त्यहाँ
चौधरी ग्रुपले मान्छ किड्न्याप गरेर राखेको रहेछ भन्ने थाहा पायौं। भोलिपल्ट भदौ ५
गते बिहान ६ः३० बजेको हाराहारीमा चौधरीका मान्छे थुनिएर राखिएको मान्छेलाई
लिन आएका रहेछन्। कोलनीका मान्छेले उनीहरूलाई फर्काए। त्यसपछि हामी २/३
जना त्यहाँ गएका थियौ। मिडियाका मान्छेहरू, चौधरीका मान्छेहरू त्यहाँ थिए। पछि
८/९ बजे चौधरी कै गाडीमा राखी जावलाखेल पुर्‍याई दिएका हौं। त्यसपछि के भयो
हामीलाई थाहा छैन।
जनार्दन राजभण्डारी, अध्यक्ष, कोलनी सोसाइटी
०६३ भदौ ४ गते ११ वजे राति समाचारमा विष्णु महेश्वरी हनुमानढोका प्रहरी
कार्यालयबाट हाम्फालेर आत्महत्या गरेको सुन्यौ। महेश्वरी २९ नम्बरको घरमा बस्ने
गरेको मान्छे कसरी आत्महत्या गर्‍यो भनी घर नं २९ मा कोलनीका अन्य
साथीहरूसहित गयौं। त्यहाँ रहेका पालेलाई सोध्दा विष्णु महेश्वरी त्यहाँ नबस्ने
जानकारी गराए। को बस्छ भनी सोध्दा चौधरीको गेष्ट बस्ने गरेको र कसैसँग पनि
भेट गर्न नदिनु भनेको गार्डले बताए। गार्ड बाहिर आउँदा ढोका बन्द गरी आएका
थिए। हामीले थुनिएको व्यक्तिलाई भेटेर कुरा गर्न खोज्दा गार्डले दिएन। त्यसपछि
हरिसिद्धिको प्रहरी कार्यालयमा फोन गर्‍यौ।
असईको नेतृत्वमा ४ जना प्रहरी आएका थिए। उनीहरूलाई पनि भित्र पस्न दिइएन। उनीहरुले जावलाखेलमा फोन गरे। भित्र नपस्नु भन्ने आदेश छ भन्दै उनीहरू राति पौने दुई बजे फर्किए। भोलिपल्ट भदौ ५ गते बिहान ६ बजेको हाराहारीमा चौधरीको
मान्छे सेतो कारमा थुनिएका लक्ष्मिकान्तलाई लिन आएको जानकारी हामीलाई गेटका
पालेले दिएपछि हामीले उनीहरूलाई त्यसै फर्कायौं। हामीले मिडियाका मान्छेलाई
खबर गरेपछि मिडियाका मान्छे आए। हामीले जवरजस्ती थुनेर राखिएका
लक्ष्मीकान्तलाई तल ल्यायौ। ८३० बजे चौधरी ग्रुपका जे.पी.साह आए। उनले
लक्ष्मीकान्तलाई उनकै अनुरोधमा राखेको बताएका थिए। लक्ष्मीकान्तले भारत जाने
भनेपछि चौधरीलाई भारत जानको लागि टिकटको व्यवस्था गर्न अनुरोध गरेपछि हुन्छ
भनेका थिए। हाम्रो प्रयासमा जावलाखेल प्रहरीमा लक्ष्मीकान्तलाई जिम्मा लगाइयो।
प्रेम अर्याल, कोलनीका बासिन्दा
विष्णु महेश्वरीले आत्महत्या गरेपछि कोलनीमा महेश्वरी नाम गरेको मान्छे बस्ने
गरेकोले के हो भनी बुझ्न हामी २९ नम्बर घरमा गएका थियौं। त्यहाँ जादा विष्णु
महेश्वरी बस्ने नभई चौधरीको गेष्ट वस्ने गरेको भन्ने जानकारी पाइयो।
हामीले गार्डलाई घर बाहिर निस्कनु भन्दा लक्ष्मीकान्तले झ्यालबाट हेरेका थिए।
बाहिर निस्कने समयमा गार्डले ढोका ताला लगाएर निस्किए। उनले थुनिएर
राखिएको व्यक्तिलाई चौधरीले निगरानी गर्नु र कसैसँग भेट गर्न नदिनु भनेको बताए
। लक्ष्मीकान्तलाई भिन्नै गार्डको व्यवस्था गरिएको थियो। भिन्नै कुक र अर्का एकजना
गार्ड पनि व्यवस्था गरिएको रहेछ। प्रहरीलाई मैले बोलाए। प्रहरी पनि माथिको
आदेश छ भन्दै फर्केको थियो। भोलिपल्ट विहानै चौधरीका मान्छे लक्ष्मीकान्तलाई
लिन आएका रहेछन् हामीले लान नदिएपछि उनीहरू फर्केका थिए। पछि मिडियाका
मान्छे पनि आएका थिए, हामीले खवर गरेपछि। हामीले पछि जावलाखेलमा
लक्ष्मीकान्तलाई वुझाएका हौं। चौधरी ग्रुपले उनलाई बन्धक बनाएको पाइयो।
शशिकान्त शर्मा, लक्ष्मीकान्तका छोरा
म अफिसबाट श्रीमतीको सुत्केरी हुने समय भएकोले उसलाई पुर्‍याउन जयपुर गएको
थिएँ। यता चौधरीले ९१ लाख हिनामिना गर्‍यो भनी हल्ला चलाएको रहेछ। चौधरी
ग्रुपको मोहन ओझाले मलाई लिन भारतको जयपुर पुगे, म र भाइ नेपाल आयौं।
मलाई ललितपुर जिल्ला प्रहरी कार्यालयमा ल्याएर बुझाए। पछि हनुमानढोकामा
लगियो। त्यहाँ मलाई यातना धेरै दिइयो। मलाई हनुमानढोकाबाट ललितपुर भदौ ४
गते पठाएपछि मुद्दाको प्रक्रिया अगाडि बढाइएको हो। मुद्दा चलाउनुअघि २७ दिन
बिना पूर्जी प्रहरी हिरासतमा राखी यातना दिइयो।
मलाई एफआईआर मा ५० लाख ५० हजार हिनामिना गरेको भनी मुद्दा चलाएको छ। मैले दुई पटक गरी विष्णु महेश्वरीलाई ६० लाख दिएको हुँ। मसँग महेश्वरीलाई
दिएको पैसाको भर्पाई छैन। अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा चौधरी ग्रुपले
२ करोड हिनामिना गरेकोबारे मुद्दा चलाएको भनी राजधानी पत्रिकामा समाचार
छापेपछि त्यो मिलाउनु छ भनी विष्णु महेश्वरीले मसँग पैसा लगेको हो। मलाई
बुवासँग भेट गर्न दिइएन। हनुमानढोकामा केरकार गरेको बेला विष्णुको मृत्यु भएको
हो। मैले चौधरीको पैसा हिनामिना र हिनामिना गरेको छैन, मलाई फसाइएको हो।
अब मेरो भारतमा रहेको परिवारको बिचल्ली हुन्छ।
जेपी साह र महेशराज पन्त, चौधरी ग्रुप
शशिकान्तले कम्पनीबाट लगभग ९२ लाख रकम हिनामिना गरी भागेको थियो।
उसलाई पक्राउ गर्न हामीले नेपालस्थित भारतीय दुतावास, परराष्ट्र मन्त्रालय र
प्रहरीलाई आग्रह गरी मुद्दा जिल्ला प्रहरी कार्यालय जावलाखेलमा दिएका हौ।
शशिलाई कहिले र कहाँबाट पक्राउ गरी ल्याएको हो हामीलाई थाहा छैन।
उनीहरूको पसल प्रहरीले बन्द गरेको हो। लक्ष्मीकान्तले छोरालाई छोड्नु पर्‍यो
भनेको हो। उसले बस्ने व्यवस्था गरी दिन भनेकोले हामीले मानवीयताका कारण
बस्ने व्यवस्था मिलाएका हो। कति दिन राखियो थाह भएन। फोन काटेको पनि थाह
भएन। हामीले उसलाइ थुनेर राखेको नभई आश्रय दिएका हौं। विष्णु महेश्वरीले
प्रहरी कार्यालयमा आत्महत्या गरेको सुनियो। दुःख लाग्यो, शशिकान्त र विष्णु
महेश्वरी दुवै जना हाम्रैमा काम गर्थे।
केशवप्रसाद अधिकारी
एसपी उपत्यका अपराध अनुसन्धान शाखा, हनुमानढोका काठमाडौं
चौधरी ग्रुपमा काम गर्ने शशिकान्तले १ करोड भन्दा बढी रकम हिनामिना गरेको
भनी चौधरी ग्रुपले हामीलाई भनेका थिए। हामीले शशिकान्तलाई पक्राउ गरेका छैनौ
। उसलाई चौधरीको मान्छेले ल्याउने र लाने गरेको थियो। शशिकान्तले ६० लाख
विष्णु महेश्वरीलाई दिएको बयान दिएपछि महेश्वरीलाई पक्राउ गरेका हौ। उसले
केरकारको समयमा थुक्न जाने बाहानमा हामफाली आत्महत्या गर्‍यो। केरकारको
समयमा लापरबाही भएको देखिएकोले इन्सेपेक्टर ओम राणासहित चारजनालाई
विभागीय कारवाही हुँदैछ। भारतीय दुतावासको सहयोगमा शशिकान्तलाई चौधरी
ग्रुपले ल्याएको रहेछ। मैले लक्ष्मीकान्तलाई चौधरी ग्रुपले थुनेर राखेको भन्ने सुनेको
थिए। मैले उपत्यकाको अपराध हेर्ने भएको हुँदा ललितपुरका प्रहरी प्रमुखसँग धेरै
पटक मोबाइलमा सम्पर्क गरे, तर सम्पर्क हुन सकेन।
श्रीनन्दन झा, लक्ष्मीकान्त बसेको घरका मालिक
लक्ष्मीकान्त शर्मा मेरो घरमा बस्दै आएका थिए। उनको छोरा शशिकान्त शर्मा
चौधरी ग्रुपमा काम गर्दथ्यो। लक्ष्मीकान्तले सानेपा मै गणपति किराना पसल संचालन
गर्दै आएका थिए। लक्ष्मीकान्तलाई असार ७ गते प्रहरीले पक्राउ गरी जावलाखेल
लगेको थियो। उनलाई प्रहरीले विनापूर्जी पक्राउ गरेको हो। मैले पक्राउ पूर्जि माग्दा
त्यो नभएको भन्दै सहयोग गर्न एसपी माधवप्रसाद नेपालले भनेका थिए। उनलाई
जावलाखेलमा २ दिन राखी ०६३ असार ११ गते चौधरीलाई बुझाएको थियो।
लक्ष्मीकान्तलाई प्रहरीले पक्राउ गरेपछि उनको पसल बन्द गरी सबै सामान चौधरी
ग्रुपले लगेको थियो। कोठाको समान समेत चौधरीले नै लगेको हो। प्रहरीले पसल
बन्द गरेको होइन।
लक्ष्मीकान्तका छोरा शशिकान्तलाई २७ दिन विना पूर्जी यातना दिई हनुमानढोकामा
राखियो। विष्णु महेश्वरी पक्राउ गरेको १८ औ दिनमा मरेको हो। उसले आत्महत्या
गरेको भनियो तर त्यो आत्महत्या होइन। उसलाई धेरै यातना दिइएको थियो। मैले
माडे हो धेरै पिट्दा मर्छ भन्दा उल्टै मलाई प्रहरीले कानुन हामीलाई नसिकाउनुस्
भनेका थिए। मैले लक्ष्मीकान्तलाई जावलाखेलबाट बुझेर लिदा उसको शरिरमा रगत
थिएन। उसले भारत जाने चाहना राखेको कारण मैले खर्च दिएर भारत पठाएका हुँ।
उसलाई प्रहरीबाट बुझेर माइक्रोबसमा हाली भैरहवा हुदै जयपुर पठाएको हुँ।
ललितपुरको घटना हनुमानढोकामा कसरी गयो, मैले बुझ्न सकेको छैन। मैले
भारतीय दुतावसमा फोन र फ्याक्स गरी घटनाको जानकारी गराएँ, राम्रो रेस्पोन्स
भएन, दुतावासका कर्मचारीले मानवअधिकारवादीलाई घटनाको जानकारी गराउन
आग्रह गरे। मिडियालाई घटना पठाए, धेरैले छापेनन्।
माधवप्रसाद नेपाल, एसपी, ललितपुर जिल्ला प्रहरी कार्यालय
शशिकान्त शर्माले रकम हिनामिना गरेको भनी चौधरी ग्रुपबाट उजुरी परेपछि हामीले
पक्राउ आदेश जारी गरी सबै ठाँउमा परिपत्र गरेका थियौ। शशिकान्त भदौ ४ गते
पक्राउ परेको पत्रसाथ हनुमानढोकाबाट हामीकहाँ पठाइयो। अहिले मुद्दा अन्तिम
चरणमा पुगिसकेको छ। चौधरी ग्रुपले शशिकान्तको वुवालाई थुनेर राखेको रहेछ भनी
उद्धार गरी स्थानीय बासिन्दाले हामीलाई भदौ ५ गते बुझाए। उनको हिनामिनामा
कुनै हात नभएका कारण उनको सालो र श्रीनन्दन झालाई बुझाएका हौ। जहाँ
उजुरी परेका छ त्यहाँ नै केरकार गर्नुपर्छ। अन्यत्र केरकार गर्न पाइँदैन। किन
हनुमानढोकामा केरकार गरियो त्यो त्यही नै हजुरहरूले सोध्दा राम्रो हुन्छ। जहाँसम्म
प्रहरीले लक्ष्मीकान्तको पसल बन्द गरेको भन्ने कुरा छ, त्यसमा हाम्रो हात छैन।
हामीले लक्ष्मीकान्त शर्माको पसल बन्द गरेका छैनौं।
स्थलगत अध्ययन टोलीको नामावली
१. बाबुराम विश्वकर्मा इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालय
२. विमलचन्द्र शर्मा इन्सेक केन्द्रीय कार्यालय
३. रमेश पौडेल हिमराइटस्
४. दीपा कोइराला सिभिक्ट
५. गोपीकृष्ण भट्टराई इन्सेक ललितपुर
६. प्रेम खड्की इन्सेक

विनोद चौधरीलाई प्रश्न : कति पानीमा हुनुहुन्छ महोदय ?

चौधरी समूह अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र कान्छा भाई अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनी नक्कली भ्याट बिल प्रकरणमा फसेका छन् । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट ६ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ । चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ । छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ । आन्तरिक राजस्व विभाग स्रोतले दिएको जानकारिअनुसार सिजी फुडबाट पनि झण्डै १० करोड रुपैयाँका नक्कली भ्याट विल फेला परेको छ ।
आज सोमबारका छापा विनोद चौधरीमय भएको छ, कारोबार दैनिकले कारोबारी समाचार लेखेको छ, कान्तिपुरले विनोद चौधरीको विज्ञापन वक्तव्य छापेको छ । कारोबारी समाचार छपाउने र विज्ञापन वक्तव्य लेख्ने विनोद कति नटवरलाल छन्, त्यसका लागि सबैभन्दा पहिले यो समाचार । अनि चौधरीले उठाएका प्रश्नको जवाफ ।

सबैभन्दा पहिले समाचार
चौधरी समूह अन्र्तगत विनोद चौधरीले नेतृत्व गरिरहेका तीनवटा कम्पनी र कान्छा भाई अरुण चौधरीले नेतृत्व गरिरहेको एउटा कम्पनी नक्कली भ्याट बिल प्रकरणमा फसेका छन् । चौधरी समूहको सिजि इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सबाट ६ करोड रुपैयाँ बराबरको नक्कली बिल फेला परेको छ ।
चौधरी समूहकै सिजि फुड पनि नक्कली भ्याट बिल प्रकरणमा छ । छानविनको क्रममा अन्तिम चरणमा पुगेका पाँच कम्पनीमध्ये सिजी फुड पनि छ । आन्तरिक राजस्व विभाग स्रोतले दिएको जानकारिअनुसार सिजी फुडबाट पनि झण्डै १० करोड रुपैयाँका नक्कली भ्याट विल फेला परेको छ ।
स्रोतका अनुसार सिजी इम्पेक्स र सिजी इलेक्ट्रोनिक्सको नक्कली भ्याट बिल वापत चौधरीले झण्डै साढे चार करोड रुपैयाँ राजस्व तिनुपर्दछ । चौधरी गु्रपकै सिजी फुडबाट मात्रै चौधरीले आठ करोड रुपैयाँ राजस्व तिर्नुपर्दछ । चौधरीले इमान्दारीपूर्वक राजस्व तिरेको भए तीन कम्पनीबाट छ करोड राजस्व तिरे पुग्थ्यो अब चौधरीले १२ करोड रुपैयाँ राजस्व तिर्नुपर्दछ ।
नेपालबाहिर दर्जनौं होटल खोल्ने भनेर चर्चामा आएको चौधरी समूहको सीजी इलेक्ट्रोनिक्स र सीजी इम्पेक्सले नेपालमा एलजी, सीजी कम्पनीका विद्युतीय उपकरणको विक्री गर्दै आएको छ । उता सीजी फुड भने वाईवाई चाउचाउको उत्पादक कम्पनी हो ।
सभासद् चौधरीका कान्छा भाई अरुण चौधरीको अरुण इन्टरकन्टिनेन्टलको पनि १६ करोड रुपैयाँको नक्कली भ्याट बिल फेला परेको छ । विभागले आठ वटा सवारीसाधनको अधिकृत विक्रेताको छानविन गरेको थियो । आठ कम्पनीबाट २० करोड रुपैयाँ बराबरको नक्कली भ्याट बिल फेला परेको छ । सबैभन्दा ठूलो अरुण इन्टरकन्टिनेन्टलको हो, विभाग स्रोतले बतायो ।
चौधरी समूह यस अघि पनि आयकर छलिमा कारबाहीमा परिसकेको छ । पाँच वर्ष अघि एभरेष्ट बैंकको टेकु शाखामा चौधरी समूहबाट स्रोत नखुलेको १८ करोड फेला पारेपछि राजस्व अनुसन्धान विभागले छानविन गरेको थियो । विभागले पाँच करोड रुपैयाँ कर निर्धारण गरेपछि समूहले कर फछ्र्यौट आयोगमार्फत मुद्धा फछ्र्यौट गरेको थियो ।
अब विनोदलाई जवाफ
कान्तिपुर दैनिकको विज्ञापन वक्तव्यमा विनोद चौधरीले रामेश्वर खनाललाई उद्घृत गर्दै लेखेका छन्, ‘एकथरि र्फमले हिसावकिताब तलमाथि गरर कर छली गरेका छन् । विश्वभरिको कर प्रशासनमा यो सामान्य प्रवृत्ति हो । आन्तरिक राजस्व कार्यालयले यसमा दण्ड जरिवाना असुलेर कारवाही टुङ्गयाउन सक्छ ।’ तर रामेश्वर खनालले आइतवार नागरिकमा प्रकाशित अन्तरवार्तामा त्यति मात्र भनेका छैनन्, खनालले थप भनेका छन्, ‘अर्काथरि कर कार्यालयले मूल्याङ्कन गरेको यस्तो रकम तिर्न आनाकानी गरिरहेका छन् । बरु विभिन्न नक्कली कागजात बनाएर भुलाउने काम गरिरहेका छन् । यस्ता व्यापारीलाई जेल सजायसम्म गर्न सकिन्छ । अहिले फेला परेको डरलाग्दो अपराध भ्याट बील, सही, छाप, विवरण सबै र्फजरी पेश हुनु हो । यो राजश्व चुहावट वा कर छली हैन । राजश्वको डकैती हो । यस्तो अपराधमा राजश्व चुहावट ऐन र किर्ते कागजसम्वन्की कारवाही गर्ने तयारी आन्तरिक राजस्व विभागले गरेको थियो । यस्तो जघन्य अपराधमा विभागका अधिकारीले सम्झौता गरेर खुकुलो निर्णय गर्लान भन्ने विश्वास मलाई छैन । कानुनले हदैसम्म सजाय तोकेको अपराधमा कसैले घटाउने दुस्साहस नगर्ला ।’
अर्थसचिव खनालले नक्कली भ्याट बिल छली प्रकरणमा संलग्न चौधरी जस्ता समूहलाई भन्न खोजेको प्रसङ्ग पहिलो होइन्, दोस्रो प्रसङ्ग हो । दोस्रो प्रसङ्गअनुसार चौधरी जेल जानुपर्दछ । नक्कली भ्याट बिलका लागि चौधरीका तीनवटा र्फमले पनि नक्कली भ्याट बिल बनाएका छन्, सही छाप किर्ते गरेका छन् र कर छलि गरेको होइन भनेर देखाएका विवरण नक्कली छन् । त्यसैले यो राजस्व चुहावट वा कर छली हैन । यो पुरै राजस्वको डकैती हो र खनालको शब्दमा यो ‘जघन्य अपराध’ हो ।
त्यसैले अहिले भन्नुपर्ने अवस्था आएको छ, चौधरीले राजस्वमा डकैती गरेका हुन्, उनले तपाई हामीजस्ता सर्वसाधरणसँग उठाएको भ्याट सरकारी खातामा दाखिला नगरेर जघन्य अपराध गरेका छन् । उनी यतिवेला संविधानसभाको चौतारीमा होइन खनालको शब्दमा भन्ने हो भने जेलमा हुनुपर्दछ ।
चौधरीले भाई अरुणप्रति समवेदना राख्दै भनेका छन्, ‘चौधरी गु्रप अन्तर्गत रहेका ४० भन्दा बढी उद्योग/व्यवसाय प्रोफेसनलहरुले सञ्चालन गर्छन् । कमसेकम तीन हजारको संख्याका भ्याटमा दर्ता भएका सप्लायर्समार्फत हाम्रा कम्पनीहरुले सेवा तथा वस्तु खरिद गर्छन् । यस्तो पृष्ठभूमिमा कतिपय अवस्थामा सरकारमा दर्ता भएका यस्ता सप्लायर्स विवादमा पर्छन् भने मैले त के मेरा ती ४० प्रतिष्ठानका ‘बिजनेस युनिट हेड’ले समेत संधै लेखाजोखा गर्नसक्ने कुरा होइन । जब कुनै अपि्रय घट्ना हुन्छन्, हाम्रो संस्था पनि अनुसन्धानमा लाग्छ । वास्तवमा ठगी गर्नेबाट जो पनि ठगिन सक्छ सरकार वा उद्यमी व्यवसायी वा उपभोक्ता पनि ।’
जीवन जीउनका लागि राम्रो रोजगारी/व्यवसाय नभएको व्याक्ति ठग हुन्छ, अर्को उद्योग/व्यापार भएपनि सत्ताको आडमा अझ बढी धनी हुन ठग्छ । विनोदको इतिहाँस भन्छ, उनी सत्ताको आडमा अझ बढी पैसा बनाउन ठगी गर्छन । के एभरेष्ट बैंकको टेकु शाखामा उन्को जानकारी विना आयकर नतिरिकनै १८ करोड रुपैयाँ राखिएको थियो ? के अहिलेको नक्कली भ्याट विल प्रकरणमा उन्का र्फमको संलग्नता विनोदलाई थाहा थिएन ? नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरेका अधिकृतहरु भन्छन्, यो नक्कली बिल प्रकरणको पुरै जानकारी विनोदलाई थियो ।
बरु विनोदका ‘विजनेश युनिट हेड’लाई यो जानकारी नहुन सक्छ । किनकी नक्कली भ्याट बिल प्रकरणमा छलि गर्न ‘विजनेश युनिट हेड’ चाहिंदैन । मात्र चाहिन्छ, चार्टड एकाउण्टेण्ट । विनोदको निर्देशन विना चार्टड एकाउण्टेण्टले नक्कली भ्याट बिल बनाएको हुनै सक्दैन । त्यसैले विनोदकै शब्दमा, ‘वास्तवमा ठगी गर्नेबाट जो पनि ठगिन सक्छ, सरकार वा उद्यमी, व्यवसायी वा उपभोक्ता पनि ।’ यसपटक उपभोक्तासँग उठाएको कर नतिरेर एउटा व्यवसायीले, एउटा उद्योगीले सरकारलाई ठगेको छ, रकम उठाइएका उपभोक्ता ठगिएका छन् ।
विनोदले कान्तिपुरको विज्ञापन वक्तव्यमा भनेका छन्, सम्पूर्ण घटनाक्रममा देखिएका पात्रहरुको शुक्ष्म अध्ययनपछि थाहा भयो, हामीलाई भ्याट प्रकरण मुछ्ने उद्देश्य त सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल पो रहेछ । भ्याट छली प्रकरण सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल होइन्, त्यो त्यतिवेला मात्र सत्ताको एउटा डरलाग्दो र फोहोरी खेल भयो, जतिवेला विनोद चौधरीको समूहले भ्याट छलीबाट जोगिन सत्ताको डरलाग्दो प्रयोग गर्‍यो ।
भ्याट छलीबाटै जोगिन अर्थमन्त्रीको परिवर्तन गरियो, जनता र कार्यकर्ताबाट तिरस्कार भएका वयोवृद्ध नेतालाई अर्थमन्त्रीका रुपमा प्रस्तुत गरियो । विनोदले २० वर्षदेखिका मित्र भरतमोहन अधिकारीलाई अर्थमन्त्रीमा प्रस्ताव गर्नु र अर्थमन्त्री परिवर्तन भएपछि अर्थसचिव परिवर्तनका खेल खेल्नु पो डरलाग्दो भयो । यो पो सत्ताको फोहोरी खेल भयो । यसै पनि नक्कली भ्याट बिल प्रकरणमा फसिसकेका व्याक्तिलाई सार्वजनिक गर्नु सत्ताको डरलाग्दो र फोहोरी खेल हुन नपर्ने हो ।
चौधरीका विषयमा कारोवारमा समाचार छ, ‘हामी वर्षको पाँच अर्ब राजस्व बुझाउँछौं ।’ उद्यमी/व्यवसायीलाई ठूलो भ्रम छ राजस्व हामीले तिर्छौं । तर यथार्थमा राजस्व उद्यमी/व्यवसायीले होइन जनताले तिर्छन । जनताले तिरेको राजस्व व्यवस्थित ढंगले बुझाउने जिम्मेवारी उद्यमी/व्यवसायीको हो । तर उद्यमी व्यवसायीहरु जनताले बुझाएको राजस्व दाखिला गर्दैनन्, उनीहरु जनताले बुझाएको राजस्व आफ्नो सम्पत्ति बढाउनमा प्रयोग गर्छन । उनीहरु जनताको करलाई आफ्नो सम्पत्ति ठान्छन् । कर उद्यमी/व्यवसायीको सम्पत्ति होइन, यो त उपभोक्ताबाट उठाएको रकम सरकारलाई बुझाउने उद्यमी व्यवसायीको दायित्व हो । जतिवेला उद्यमी/व्यवसायी जनताको करलाई सम्पत्ति ठान्छ, त्यतिवेला उ उद्यमी/व्यवसायी हुन सक्दैन, उ मात्र ठग हुन सक्छ ।
चौधरीले भनेका छन् ‘मुलुकका प्रतिष्ठित मिडियाले मलाई जोड्ने प्रयास गरेका छैनन्’ यो चौधरीको महानता होइन्, यो हामी जस्ता जनताको महानता हो । जहाँ मिडिया जनताको पछि होइन्, उद्यमी/व्यवसायीको पछि हुन्छ । जहाँ सञ्चार उद्योग पनि पैसा बनाउने चक्करमा हुन्छ । उद्यमीलाई पिरोल्दा सञ्चार उद्यमी पनि पिरोलिन्छ । जनता पिरोलिंदा सञ्चार उद्यमीलाई घाटा हुँदैन्, उद्यमी पिरोलिंदा सञ्चार उद्यमीलाई घाटा हुन्छ । त्यतिवेला चौधरीलाई मुलुकका प्रतिष्ठित मिडियाले पिरोल्दैनन्, यो नेपालको यथार्थ हो ।
चौधरीले अरु धेरै प्रश्न उठाएका छन्, ती प्रश्नको जवाफ दिंदा होइन, प्रश्नलाई प्रश्नका रुपमा राख्दा जवाफ मिल्नेछ । ‘यो सबै राजनीतिक जीवन समाप्त गर्ने खेल हो ।’ ‘आफ्नो जीवनमा संधैभरी स्वाभिमानको लडाईं लड्दै आएको छु ।’ ‘विनोद चौधरीलाई पैसा कमाउन राजनीति वा सरकारी पद चाहिंदैन ।’ ‘राजनीतिमा खर्चिने समयमात्रा आफ्नो व्यापारमा खर्चिन पाए आय अहिलेभन्दा धेरै थपिन सक्छ । त्योआय कुनै सानो आकारको पक्कै पनि हुनेछैन ।’

अन्तिममा
चौधरीले भनेका छन्, ‘मैदानबाट भाग्ने मेरो कहिल्यै बानी भएन । यस्तो अफवाह फैलाउनेहरुलाई मेरो आग्रह छ, देशका नेताहरुलाई त्यति हल्का रुपमा प्रस्तुत नगर्नुस्, बरु विमति छन् भने आउनुस्, सार्वजनिक मञ्चहरुमा यी सबै मुद्धा एवं लगाइएका आरोप र तिनको गुण दोषबारे खुलेर बहस गरौं ।’ अहिले चौधरीसँग बहस आवश्यक छैन, किनकी रामेश्वरको शब्दमा, ‘नक्कली भ्याट विल प्रकरण राजश्वको डकैती हो, यो एउटा जघन्य अपराध हो ।’ यस्ता व्यक्ति कहाँ हुनुपर्दछ, यसको जवाफ दिने जिम्मेवारी पाठकको ।

“के महात्मा गान्धी ‘गे’ थिए ?”

महात्मा गान्धी सबैभन्दा बायाँ र उन्को ‘गे’ सम्वन्ध
भएको भनिएका हरमन दायाँ ।

भारतका राष्ट्रपिता मानिने महात्मा गान्धीका विषयमा अहिलेसम्म थुप्रै यौनचर्चा भैसकेका छन् । गान्धीका विषयमा हुने अधिकांश यौनचर्चामा उनी ब्रम्हचार्य हुँदाहुँदै पनि कसरी महिलामित्रसँग यौन क्रियाकलापमा सहभागी हुन्थे भन्ने उल्लेख हुने गरेका थिए । तर अहिले एक जना विदेशी पत्रकारले गान्धीको रुची महिलासँग नभई पुरुषसँग थियो भन्ने दावी गरेका छन् । उनले गान्धी ‘गे’ भएको र जातीयता विरोधी नभई पक्षधर भएको दावी पनि गरेका छन् ।

न्युयोर्क टाइम्सका पूर्वकार्यकारी सम्पादक जोसेफ लेलिवेल्डले लेखेको किताव ‘ग्रेट सोल ः महात्मा गान्धी एण्ड हिज स्ट्रगल विथ इण्डिया’मा महात्मा गान्धी ‘बाइसेक्सुल’ भएको दावी गरेका हुन् । उनले त्यो दावीलाई पुष्टी गर्न थुप्रै प्रमाणहरु पनि पेश गरेका छन् ।
लेखक जोसेफका अनुसार गान्धीले बडिविल्डर तथा जर्मन यहुदी आर्किटेक्ट हरमन कैलनबाकसँग सम्वन्ध बनाएका थिए, यही सम्वन्धका कारण उनले आफ्नी श्रीमती छोडेको दावी पनि लेखकको छ ।
लेखकका अनुसार गान्धी दक्षिण अफ्रिकामा हुँदा हरमनको घरमा दुई वर्षसम्म बसेका थिए, यहीवीचनमा दुई जनावीच प्रेम सम्वन्ध विकसित भएको थियो । लेखकका अनुसार हरमन र गान्धीले एकअर्कावीच प्रतिज्ञा पनि गरेका थिए, एक अर्कालाई यति धेरै माया गर्नेछौं, त्यति माया अहिलेसम्म कसैले कसैलाई गरेको छैन । लेखकको दावी छ, गान्धीले एकपटक हरमनलाई भनेका थिए, हरमन तिमीले मेरो शरिर पुरै नियन्त्रणमा लियौ, यो गुलामी मलाई निक्कै मिठो लाग्छ ।’
पुस्तक लेखक जोसेफको दावीपछि गान्धीको व्याक्तिगत जीवन र यौनका विषयमा निक्कै गम्भीर प्रश्नहरु पनि खडा भएका छन् । पुस्तकमा लेखिएको छ, १३ वर्षको उमेरमा १४ वर्षकी कस्तुरीबाईसँग विवाह गरेका गान्धीले चार बच्चा जन्माएपछि सन् १९०८ मा किन श्रीमती छाडे ? कारण गान्धी त्यतिवेला हरमनसँग बस्न सकुन ।
जोसेफ लेख्छन्, अहिलेसम्म यो प्रष्ट हुन सकेको छैन कि, गान्धीले किन हरमन र वैसलिनको संधै याद आउँछ भनेर लेखे ? लेखकको दावी छ, गान्धी आफैले आफूलाई ‘अपर हाउस’ र हरमनलाई ‘लोअर हाउस’ भन्थे । उनले हरमनलाई वचन पनि दिएका थिए, अब म कहिल्यै पनि महिलालाई लोभी नजरले हेर्ने छैन ।
जोसेफका अनुसार पछि गान्धीले भनेका थिए, मैले कहिल्यै पनि कल्पना गर्न सक्दिन कि पुरुष र महिलावीचको यौन समागम यति धेरै फोहोरी हुन्छ भनेर । गान्धी र हरमन १९१४ मा छुट्टएिका थिए । लेखकका अनुसार १९१४ मा गान्धी भारत आए तर यतिवेला चलिरहेको पहिलो विश्वयुद्धका कारण हरमनलाई भारत आउन अनुमति मिलेन । तर पनि यी दुईवीच पत्र मार्फत सम्पर्क भैरहेको दावी भने लेखकको छ ।
पुस्तकका अनुसार सन् १९३३ मा गान्धीले हरमनलाई लेखेको एउटा पत्रमा आफ्नी पूर्वश्रीमती सबैभन्दा विषालु महिला भएको बताएका थिए । पुस्तकका अनुसार ७० वर्षको उमेरमा गान्धी नियमित रुपमा १७ सालकी भतिजी मनु तथा अरु महिलासँग सुत्ने गर्दथे । उनीहरुका वीच नाङ्गै सुत्दा पनि गान्धीले उत्तेजित नुहनका लागि प्रयास गर्दथे । एक पल्ट गान्धीले एक महिलासँग भनेका थिए, मलाई आश्चर्य लाग्छ कि मैले यति धेरै कोशिश गर्दा पनि मेरो गुप्ताङ्ग उत्तेजित भैराख्छ ।
यही कितावमा अर्को एउटा सनसनीपूर्ण खुलाशा गर्दै लेखक जोसेफ लेख्छन्, गान्धी जातीयता पक्षधर थिए । उनले दक्षिण अफ्रिकाका कालाहरुप्रति भेदभाव पनि गर्दथे । पुस्तकमा गान्धीलाई उल्लेख गर्दै लेखिएको छ, हामी काला जातीका लागि जेल गयौं तर हामीले सम्झनुपर्दथ्यो कि उनीहरु जन्मजातै असभ्य छन् ।

हल्ला फैलाउनेहरुदेखि सावधान

परमाणु प्लान्टमा विस्फोट भएर हानिकारक विकिरण चुहिएको जापान सरकारले पुष्टि गरिसकेको छ। अब एसियाली देशहरुले आवश्यक सावधानी अपनाउन जरुरी छ। यदि पानी पर्‍यो भने पहिलो २४ घण्टासम्म घरभित्रै बस्नुस्, झ्याल र ढोकाहरु बन्द गर्नुस्, बेटाडिनसहितको कपडाले घाँटीको छाला छोप्नुस्। विकिरणले पहिला थायरायडमा आक्रमण गर्छ। थप सावधानी अपनाउनुस्। विकिरण आजै करिब चार बजे फिलिपिन्समा पुग्न सक्छ। यदि आज वा आगामी केही दिनभित्र हङकङमा पानी परे पानीमा नभिज्नुस्। यदि तपाईँ बाहिर हुनुहुन्छ भने छाता वा रेनकोट प्रयोग गर्नुस्, सिमसिममात्र पानी परेको भए पनि। पानीमा हुनसक्ने रेडियोएक्टिभ वस्तुहरुले पोल्ने, एलोपेसिया हुने वा क्यान्सरसम्म गर्न सक्छ। कृपया यो सन्देश अरुलाई पनि बाँड्नुस्।

के तपाईँले बीबीसीको नाम उल्लेख भएको यस्तै इमेल पाउनु भएको छ ? के यस्तै सन्देश फेसबुकमा देख्‍नुभएको छ ? त्यो पढेर डराउनुभएको छ ? नडराउनुस्। यो हल्ला फैलाउनेहरुको नचाहिने काम हो।

जापान प्रकृतिको विपत्तिबाट जुध्दैछ। अनि त्यसैमा मज्जा लिन चाहने केही विकृत मानसिकता भएकाहरुले यस्तो हल्ला फैलाएका हुन्। के हो त वास्तविकता ?

बीबीसीको नामबाट यस्तो इमेल फैलिएपछि बीबीसी आफैले यो गलत हो भन्दै आफ्नो वेबसाइटमा स्पष्टिकरण राखिसकेको छ। हेर्नुस् यहाँ क्लिक गरेर आज दिउँसो फेसबुकप्रेमी एक जना साथीले नेपालमा पनि पानी पर्‍यो भने जापानको विकिरणको असर पर्छ रे नि त भन्दै सुनाउँदै थिए। मैले हावा कुरा हो भन्दा उनले मेरो कुराभन्दा फेसबुकमा कुनै मान्छेले पोस्ट गरेको कुरालाई पत्याएको जस्तो देखियो। माइसंसारको फेसबुक पेजमा पनि एक जनाले माथि कै व्यहोराको इमेल पोस्ट गर्न भ्याइसकेछन्।

अझ फिलिपिन्समा त हल्ला यति फैलिएछ कि कामदारहरु र स्कूल गएका बच्चाहरुलाई घर फर्काइएछ। सरकार आफैले यो हल्ला गलत हो भनेर आधिकारिक रुपमा भन्नु परेछ।

हो, जापानमा आज चौथो दिन परमाणु प्लान्टमा तेस्रो विस्फोट भएपछि सरकार आफैले विकिरण (radiation) स्वास्थ्यलाई खराब असर पार्ने गरी बाहिर चुहिएको पुष्टि गरेको छ। अझै विकिरण धेरै स्तरमा फैलिने संभावना भएको पनि साँचो हो। राजधानी टोक्योमा र घटनास्थलबाट ५ सय माइल पर रहेको रुसी सहर भ्लादिभोस्टोकमा समेत विकिरणको स्तर नाप्दा सामान्यभन्दा बढी पाइएकै हो। तर ती ठाउँमा स्वास्थ्यलाई खराब असर पर्ने गरी विकिरणको स्तर बढेको हैन।

अहिलेसम्म विस्फोट स्थलको ३० किलोमिटर वरपरका क्षेत्रमा मात्र विकिरणको खराब असर पर्ने बताइएको छ। २० किलोमिटर वरपर बस्नेलाई सुरक्षित ठाउँमा जान र ३० किलोमिटर वरपर बस्नेलाई घरभित्रै बस्न आग्रह गरिएको छ। ३० किलोमिटर पारीका क्षेत्रमा विकिरणको असर पर्छ भन्ने पुष्टि भएको छैन। त्यसैले एसियाका देशहरुमा समेत यसको असर पर्छ भन्नु र नेपालमा समेत असर पर्छ भनी हल्ला गर्नुको कुनै तुक छैन। यदि तपाईँले यस्ता इमेल पाउनु भएमा अरुलाई फरवार्ड गर्ने वा फेसबुकमा देख्‍नुभएमा त्यसलाई आफ्नो वालमा राखी हल्ला थप फैलाउने काम नगर्नु होला।
from: mysansar.com