व्यवश्था मात्रै बदल्ने कि आचरण पनि ?

-सागर वन्त
विनिपेग, क्यानडा
अहिले अरब दुनियाँमा भइरहेको विद्रोह र हलचलले अवश्य पनि कयौं नेपाली युवाको रगत तातिइरहेको होला । यसले नेपालमा विगतमा भएका धेरै व्यवस्थाहरुलाई पराजित गर्न गरिएको विद्रोहहरुको सम्झना गराउँछ । तर त्यसले हामीलाई कहाँ ल्याइपु¥याएको छ त ? हामी अहिले पनि १९५० को दशकमा सुरुवात भएको आधुनिक विद्रोह भएकै ठाउँमा छौ । हामी अझै पनि नैतिक रुपमा पथभ्रष्ट भएका नेताहरुद्धारा शासित छौ जो जनता र उनीहरुको इच्छाको प्रतिनिधित्व गरिरहेको दाबी गर्छन् । हाम्रो आफ्नै इतिहास र विश्वको राजनीतिक इतिहासबाट हामीले के सिक्नुपर्छ भने हामी कुनै पनि शासन व्यवस्थाको पक्ष या विपक्षमा नभई समाजमा एउटा यस्तो मुल्य व्यवस्थाका लागि लड्नुपर्छ जसमा सच्चा, इमानदार र नैतिक व्यक्तिहरुलाई इनाम दिइन्छ ।

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

निरंकुशताले पनि सकारात्मक नतिजाहरु निकाल्न सक्छ यदि उक्त निरकुंश शासक नैतिक रुपमा रहि देशका लागि प्रतिबद्ध रहन्छ । जस्तै सिंगापुरका लि कुवान यु । यो राजतन्त्रमा पनि लागू हुन्छ, जस्तै सुयक्त अधिराज्य, स्विडेन, जापान आदि । वा साम्यवाद (चिन) वा पुँजीवाद (अमेरिका, जर्मनी) । आधारभूत रुपमा पृथक शासनका यी वैचारिक व्यवश्थाहरुको सफलतामा साझा भनेको एउटा यस्तो मुल्य व्यवश्थाको स्थापना हो जसले एउटा सच्चा र इमानदार मान्छेलाई गरिखान दिई आफ्ना सपना साकार गर्ने मौका दिन्छ ।
नेपालका थुप्रै विद्रोहहरुले सकारात्मक नतिजा निकाल्न नसक्नुको कारण हाम्रा सबै नेता त्यही भ्रष्ट व्यवश्थामा जन्मेर हुर्कनु हो जससँग उनीहरु लडिरहेको दाबी गर्छन् । उनीहरु साम्यवादी, लोकतन्त्रवादी वा राजतन्त्रवादी जे भए पनि उनीहरुले आफ्नो राजनीतिक पाठ नेपालको युवा राजनीतिले जहिले पनि बल प्रयोगको सिद्धान्तमा आधारित राजनीति सिकेका नेताहरुको नयाँ पुस्ताको जन्म दिएकाले हो जसले ध्रुविकरणलाई मान्यताका रुपमा विकास गरेको छ । यसले बल प्रयोग र समाजका आपराधिक तत्वहरुको सहयोगबाट टिक्ने शक्ति संरचनालाई पनि बलियो तुल्याएको छ । अब हामीले निम्न कुरामा ध्यान दिनुपर्छ :
//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

१. समाजलाई अराजनीतिकरण गर्नुपर्छ ।
२. विद्यार्थी, संगठन युनियनहरुलाई राजनीतिबाट मुक्त पार्नुपर्छ ।
३. सरकारको आकार र कर्मचारीतन्त्र घटाएर यसको प्रभावकारिता बढाउँनुपर्छ ।
४. त्यस्तो शासन व्यवश्था स्थापना गर्नुपर्छ जहाँ सच्चा र इमानदार मानिसले सरकार वा राजनीतिक पार्टीहरुको दुव्र्यवहारबिना राम्ररी गरिखान पाई राम्रो कमाउँन सकून ।
५. त्यस्तो मुल्य व्यवश्था स्थापना गर्ने जहाँ हामीले हामीबिचको सच्चा र इमानदार नेपालीको सम्मान गरि पुरस्कृत गर्न सक्छौ ।

तपाई पनि आफ्ना समसामयिक तथा साहित्यिक लेख रचना प्रकाशित गर्न चाहानुहुन्छ भने कृपया  paniphoto@gmail.com मा पठाउँनुहोला ।

धन्य मन्त्रीज्यू ! बाँचियो

-दिनानाथ श्रेष्ठ-
म सानै थिएँ । कुन चाहिँ मन्त्री हो की प्रधानमन्त्रीले हो ‘पशुपती आर्यघाटमा लाश जलाउनको लागी अत्याधुनिक उपकरणको ब्यबस्था गर्छु’ भनेर फुकेथे । ती मन्त्री की प्रधानमन्त्री दूरदर्शी रहेछन् । उनलाई २४ घन्टा मध्ये २२/२३ घन्टा लोडसेडिङ्ग हुन्छ भनेर पहिल्यै थाहा रहेछ । त्यसैले त बोले मात्र, केहि गरेनन् । ती मन्त्री/प्रधानमन्त्री शालीन रहेछन् र बचियो । कुनै सन्कि मन्त्री भैदिएको भए, फ्याट्ट उपकरण जोडिहाल्थे, अनि ? लाशहरुको लाईन यतापट्टि कोटेश्वर उतापट्टि गोङ्गबु पुग्थ्यो । “म पहिला आ’को” भनेर लाशहरुको सधैं कुस्ता कुस्ती पथ्र्यो । त्यो रुटमा बाटो खुलाउन ट्रफिकलाई सधैं हम्मे हम्मे पथ्र्यो । ढुङ्गा हान्ने, टायर बाल्ने, रेलिङ्ग भाँच्ने काममा लाशहरुबिच प्रतिस्पर्धा हुन्थ्यो । टेलिभिजन च्यानलहरुले ‘लाईभ’ प्रशारण गर्थे, एफ एमहरुले घन्टै पिच्छे झडपको बारेमा फुकिरहन्थे, पत्रीकाहरुले हेडलाईन लेख्थे, “फलाना फलाना पार्टीका ‘लाश भातृ संगठन’ बिच भएको दोहोरो झडपका कारण कोटेश्वर देखी गोङ्गबु सम्मको क्षेत्र तनाबग्रस्त ।”

अनि, क—कस्ले के के गर्थे ?
-दलीत, जनजाती, महिला, उत्पिडीत, सिमान्तकृत वर्गको लाश जलाउन आरक्षण प्रदान गर्नको लागी एनेकपा ( माओबादी ) ले ‘मुक्ती’ आन्दोलन ग¥थ्यो ।
-‘खनाल पक्षको लाशलाई प्राथमिकता दिने की ओली पक्षको लाई’ भन्ने बिषयमा एमालेमा चर्को मतभेद हुन्थ्यो ।
-‘युवाहरुको लाशलाई प्राथमिकत दिनुपर्छ’ भन्ने बिषयमा काँग्रसका नेताहरुले चर्को दबाब सामना गर्नुप¥थ्यो ।
-मधेशबादी दलहरुले सरकारमा सहभागी हुनु अघी शर्त राख्थे, ‘मधेसीको लाश जलाउन प्राथमिकता दिईनुपर्छ ।’
-महिला संगठनहरुको माग हुन्थ्यो, ‘ महिला आधा आकाश भएकोले महिलाहरुको लाश जलाउन ३३५ होईन ५०५ आरक्षणको ब्यबस्था हुनुपर्छ ।’
-बिद्यार्थीहरुको माग हून्थ्यो, ‘ बिद्यार्थीको लाश जलाउनको लागी परिचय पत्रको आधरमा ५०५ शुल्क कटौती गर्नुपर्छ ।’ अनि बुढाबुढीको खल्तिमा पनि बिद्यार्थी परिचयपत्र भेटिन्थ्यो ।
-सरकारले बर्षमा १७ पटक फुक्थ्यो, ‘थर्मल प्लान्टको ब्यबस्था गरी लाशलाई यथाशिघ्र छिटो जलाउने ब्यबस्था गरिनेछ ।’
-चुनाब अघि राजनैतीक दलहरुको घोषणापत्रमा लेखिन्थ्यो, “लाशलाई दर्ता भएको मितीले एक महिना भित्रै जलाउने ब्यबस्था गरिनेछ ।”
-सबैको ध्यान लाशलाई कसरी छिटो भन्दा छिटो जलाउन सकिन्छ भन्ने बिषयमा केन्द्रित हुन्थ्यो तर लोडसेडिङ्ग घटाउने बिषयमा सबै चुप ।
पाठक मित्र यो पढिसकेपछि तपाईं पनि पक्कै भन्नुहुनेछ, ‘‘धन्य मन्त्रीज्यू, केहि गरेनौ ! बचियो ।”

नारीवादी चिन्तन र यसले उब्जाएका प्रश्नहरू

परापूर्वकालदेखि नै नारीवर्ग सधैँ पुरुषवादी हैकम अनि दास मनोवृत्तिको शिकार बन्दै आएका छन् । नारी जातिले सृष्टिको सुरुवाती कालखण्डदेखि नै आफ्ना हक अधिकार कुण्ठित बनाईदिने पित्तृसत्तात्मक समाजसँग पौँठेजोरी खेल्दै अघि बढ्नु परेको छ । वास्तवमा नारीवर्गलाई पुरुष सरह समान राजनीति, आर्थिक एवं सामाजिक अधिकारहरू र समान अवसरहरू जुटाउन नारीवादी सोच एवम् चिन्तनको प्रादुर्भाव भएको हो । नारीवादी सिद्धान्त विशेषतः नारी अधिकार र नारी जातिको स्वतन्त्रतासँग सम्बन्धित विषयवस्तु हो ।हाम्रा सामाजिक साँस्कृतिक मानकहरू र विभिन्न धार्मिक मूल्य एवम् मान्यताहरूले नै नारीजाति माथि विभेद गरेको पाइन्छ । धर्मशास्त्रहरुले समेत नारीजातिलाई कमजोर एवम् निरीह जीवका रूपमा देखाउन खोजेका छन् । यस किसिमका नकारात्मक चित्रणकै कारण निश्चय नै नारी जातिले एउटा बेग्लै पहिचान खोज्नुपर्ने भयो त्यस अनुरूप नारी जातिलाई एक छुट्टै शक्ति एक सबल रूपमा प्रस्तुत गर्नाका लागि नारीवादको उदय भएको हो ।

विश्वमा नारीवादको इतिहास त्यति पुरानो नभएता पनि अठारौं शताब्दीको अन्त्यतिर बेलायतकी मेरी उलस्टोनक्राफ्टलाई पहिलो नारीवादी लेखिका एवम् विचारकका रूपमा लिइन्छ । उनले आफ्ना ऊर्जाशील नारीवादी लेखहरू मार्फत् तात्कालीन पित्तृसत्तात्मक युरोपेली समाजको धज्जी उडाएकी थिइन् । त्यसपछि भने युरोपमा नारीलाई हेर्ने पुरूषवादी दृष्टिकोण केही हदसम्म लचिलो रह्यो । नारीवादी चिन्तनको मूलभूत उद्देश्य नारीको पहिचान मात्र रहेन । नारी जातिका नैसर्गिक अधिकार, प्रजनन अधिकार, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति पनि एकदम जरुरी थियो । यसैअनुरूप महिलालाई मतदानको अधिकार प्रदान गरियो एवम् नीति निर्माणका विभिन्न तह एवम् तप्कामा सामेल गराइयो जसका कारण नारीजातिलाई स्वाबलम्बी एवम् सशक्तीकृत बन्न थप टेवा पुग्यो ।

सन् १९६० को दशकमा विश्वमै विभिन्न बहस एवं विचारका क्षेत्रमा नारीवादी सिद्धान्तले प्रवेश पाउन थाल्यो । विशेषगरी प्रसिद्ध फ्रान्सेली अस्तित्ववादी नारी साहित्यकार सिमोन दी बोउवारले सन् १९४९ मा विश्वप्रसिद्ध पुस्तक “द सेकेण्ड सेक्स” लेखेपछि विश्वब्यापी नारीवादी बहसका क्षेत्रमा नै सनसनी मच्चियो । यस पुस्तकमा उनले नारीवर्गलाई इतिहासका प्राचीन कालखण्डदेखि नै ‘अन्यत्र लिङ्ग’ अथवा ‘दोश्रो लिङ्ग’ का रूपमा हेरिएको कुरालाई विरोध गर्नुका साथै सम्पूर्ण नारीजातिलाई पुरातनवादी पितृसत्तात्मक समाजका विरुद्ध उभिन अपील गरिन् । कालान्तरमा यस पुस्तकले विश्वब्यापी नारी आन्दोलनमा अहम् भूमिका खेलेको पाइन्छ । सिमोन दी बोउवारले विभिन्न धर्म, सँस्कृति र प्राचीन मिथकहरूको उदाहरण दिँदै नारी जातिमाथि गरिएका नकारात्मक चित्रणको खुलेर विरोध गरेकी छन् ।नारीवर्ग सशक्त नबनेसम्म समतामूलक समाजको निर्माण एउटा दिवास्वप्न मात्र रहन्छ । नारी जाति त्यतिबेला सशक्त बन्दछन् जतिबेला हरेक किसिमका शोषण, दमन अनि थिचोमिचोबाट उनीहरु मुक्त रहन सक्दछन् । नारीवर्गलाई स्वतन्त्रता प्रदान गर्न एवम् तिनका अधिकारहरुको पहिचानका साथै सुनिश्चत गराउन नारीवादी सोच एवम् चिन्तनको आवश्यकता पर्दछ । इतिहास साक्षी छ, नारीवर्गको सर्वोपरि हित हुन नसक्नुमा पुरातनवादी ढर्रा एवम् पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाज शतप्रतिशत जिम्मेवार छ ।

एकातर्फ हाम्रा धर्म एवम् दर्शनहरू पनि नारीप्रति पूर्वाग्रही ढंगले उभिएका छन् । एकाध धर्म बाहेक सम्पूर्ण धर्महरूले महिलालाई सदैव कमजोर एवम् निरीह प्राणीका रूपमा चित्रित गरेका छन् । क्रिश्चियन एवम् हिन्दूधर्ममा समेत नारी वर्गलाई पुरुषभन्दा कैंयौ गुणा कमजोर एवम् निरीह जीवका रुपमा चित्रण गरिएको छ । पुरुषवर्गकै सानो अङ्गबाट नारीको उत्पत्ति भएको भन्ने ढाँचाका प्राचीन एवम् पौराणिक कथाहरुले नारीवर्ग कमजोर एवम् निरीह हुन भन्ने सोचलाई अझै बढावा दिएको छ । यस किसिमका मान्यताहरु नारी जातिलाई निरीह बनाउन हरदम जिम्मेवार छन् ।हाम्रो समाज यस्तै संकीर्ण मानसिकताबाट उम्कन सकेको छैन जहाँ नारी जातिलाई एकजोर एवम् तल्लो दर्जा र तप्कामा राखेर हेरिन्छ ।

समान अवसर र योग्यता पाए नारीले पुरुषभन्दा बढी उपलब्धि हासिल गर्न सक्छन् भन्ने यथार्थमा हामी आँखा चिम्लिरहेका छौं । हामी यो सत्यलाई स्वीकार्न सकिरहेका छैनौं किनकी हाम्रो स्नायुमा उही पुरातनवादी पितृसत्तात्मक सोचाइको सञ्चार भइरहेको छ । के हाम्रा दिदीबहिनीहरू फ्लोरेन्स नाइटिङ्गेल बन्न सक्दैनन् ? के उनीहरुमा हेलेन केलरको जस्तो आँट छैन ? के उनीहरु मदर टेरेसाझँै सेवाभाव बोकी हिँड्न सक्दैनन् र ? के मार्गरेट थ्याचरझैँ राजनैतिक चेतनाले युक्त छैनन् उनीहरु ? अवश्य, उनीहरू यी सम्पूर्ण सोच र गुणले युक्त छन् । मात्र कमी छ समान व्यवहार, अवसर, सोच एवम् सहभागिताको । पित्तृसत्तात्मक समाज समातारूपी सोचले अघि नबढेसम्म नारीवादी चिन्तन र सोच पुस्तकका ठेलीहरुमा सीमित रहनेछन् । अन्ततः नारीको सर्वोपरि हितमा उब्जिएका प्रश्नहरू अनुत्तरित भइरहनेछन् ।

म काठमाडौंको मान्छे

 -कर्मठ सुवेदी

म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ,
यहाँ पहिरोले मलाई केहि लर्छादैन,
भूकम्पले पनि साना टहरा भत्काउलान्
मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु
बाचेँको अभिनय गर्दै थियौ,
म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे,
तिमी जब भोकले रन्थनेर,
कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै,
म लाईन लागेर पाँथतारे होटलको पार्टीमा
गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे,
तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर
हेरी रहेका मेरो बाबुको Mood On गर्न
गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले,
तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि
ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा,
म मेरी प्रीयासँग मखमली ओछ्यानमा
योवन साट्दै गरेको हुन्थें,
तिमी तेल किन्न नसकी
ओभानो तरकारी खाँदा
म Petrol को लाईन बस्नु पर्याे
भनि गुनासो गर्दै थिएँ,
तिमी एक भारी दाउराको लागि
तीन कोश हिड्दा म
गाडीमा झुण्डेर
यात्रा गर्नुको पीडा पोख्दै थिएँ ।
तिमीलाई याद होला,
तिमी जहाँ आफूलाई नेपाली भनी
विरताको गीत गाउँदै हिड्थ्यौ,
त्यहाँ जब भारतीय झण्डा गाडियो,
तिमी आफ्नो राष्ट्रियता खोज्दै
मेरो शहर पसेका थियौ,


तिमीले मलाई तिम्रो लागि लडिदिन आवहान पनि गर्यौ,
तर म मेरो छिमेकी सँग
मेरो दुई ईञ्च जग्गाको लागि लड्दै थिएँ ।
हिजो कालापानीको लागि तिमी रुँदा,
आज सुस्ताको लागि तिमी चिच्याउँदा
न मैले तिम्रो आंशु देखेँ
न मेरो कानले केहि सुन्यो ।
मैले दुःखको छायाँ समेत आफूलाई
पर्न दिएको छैन,
मेरो हरेक मागहरु मेरो बाबुले
सहजै पुरा गर्देका छन्,
त्यसैले, अहँ म तिम्रो
दुःख बुझ्नै सक्दिन,
मेरो आखाँबाट तिम्रो पिडामा आंशु पटक्कै झर्दैन,
मलाई राष्ट्रियताको भावना पोख्दै नपोख,
किन कि म
काठमाडौंको मान्छे,
सुविधामा हुर्केको मान्छे,
तिम्रो भन्दा भिन्दै संसारको मान्छे ।