यो त अति भएन र ?


यो त अति भएन र ?

//interstitial adclicksor_enable_inter = true; clicksor_maxad = -1; clicksor_hourcap = -1; clicksor_showcap = 2;//connect widgetclicksor_adhere_opt = ‘left:50%’;//default pop-under house ad urlclicksor_enable_pop = true; clicksor_frequencyCap = -1;durl = ”;//default banner house ad url clicksor_default_url = ”;clicksor_banner_border = ‘#3d3d3d’; clicksor_banner_ad_bg = ‘#e0e0e0’;clicksor_banner_link_color = ‘#000000’; clicksor_banner_text_color = ‘#666666’;clicksor_banner_image_banner = true; clicksor_banner_text_banner = true;clicksor_layer_border_color = ”;clicksor_layer_ad_bg = ”; clicksor_layer_ad_link_color = ”;clicksor_layer_ad_text_color = ”; clicksor_text_link_bg = ”;clicksor_text_link_color = ‘#141414’; clicksor_enable_text_link = true;

affiliate marketing

बीरगन्जको जिल्ला प्रहरी कार्यालय अगाडीको सडकमा बुधवार विहान सवारिसाधनको कागजपत्र चेकजाच गर्ने क्रममा बा १६ प ३१६१ नम्बरको मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले अमर्यादित सब्द प्रयोग गरेपछि ट्राफिक प्रहरीलाई काधमा बोकी नालामा फाल्ने प्रयास गर्दै मोटरसाइकल चालक बीरगन्ज १८ निवासी कृष्णकुमार दुवे । छुटाउने प्रयासमा एक प्रहरी ।


फोटो : facebook बाट

Advertisements

यीनलाई बाँदर किन नभन्ने ?

खासमा मलाई यो फोटो यहाँ राख्न मन नै थिएन । आफ्नो देशका नेतालाई अर्को देशको कसैले बाँदर बनाएर नचाएको कसलाई राम्रो लाग्छ र, यो ब्लगमा राख्नु ? तर राख्नै पर्यो । कारण यस्तो छ त्यै भएर पो राखेको त 

अरुलाई गर्न पनि नदिने अनि आफु पनि गरि नहाल्ने यीनको बानी ठ्याक्कै मिलेकाले ।

कहिले नमिल्ने ।
कसैको अर्ति उपदेश नसुन्ने ।
खाली केहि दिइहाल्छ कि भनि दिल्ली तिर हेरेर बस्ने । 
यति बानी मिलिसके पछि यीनलाई किन बाँदर नभन्ने ? भन्ने प्रश्नको उत्तर नआएर यो फोटो मैले यहाँ राखेको हुँ ।
अरु पनि कारण छन् भने लेख्नु होस् ।

प्रकृतिको लिला अपराम्पार


झट्ट हेर्दा कतै नौनीको डल्लो पो हो कि जस्तो । कति सुन्दर । प्रकृतिको यो मनोरम दृष्य के को हो थाहा छ ?


यो चन्द्रमा हो । तर सामान्यतया सँधै देखिने चन्द्रमा भने होइन । अठार बर्ष पछि देखिएको बिशेष ठुलो चन्द्रमा (सुपरमुन) हो । त्यही भएर जून १४ प्रतिशत ठूलो र ३० प्रतिशत उज्यालो थियो । यो चैत्र ५ गते राती देखिएको थियो । काठमाण्डौमा बिशेष जुन ५ बजेर ५७ मिनेट जाँदा उदाएको थियो । पुर्ण आकार यसले ११ बजेर ५५ मिनेटमा लिएको थियो । यसको अन्त्य ६ गते बिहान ५ बजेर २४ मिनेटमा भएको थियो । 


गुगलमा सुपरमुनको राम्रो तस्विर खोज्दा खोज्दै यो तस्विर भेटे । कसले खिच्यो कतै नाम उल्लेख थिएन । सोचेँ, कुनै प्रकृति पारखीले खिचेको हुनु पर्छ । उहाँलाई मेरो साधुवाद ।


साँच्चै बिछट्टै राम्रो होइन त यो चन्द्रमा ?

सुरक्षामा सम्झौता ? म गर्नै सक्दिन !!!

देश काल यस्तो छ कि यहाँ जे पनि हुन सक्छ । हरेक संगठनको सेना छ । के थाहा कुनै बेला कसैको विरोधमा पो बोलिएको छ कि । यसैले आफ्नो सुरक्षा आफै गर्दा ठिक हुने देखिन्छ । सरकारको विश्वासमा परियो भने धेरै भए शहिद घोषणा । यो देशको जनसंख्या भन्दा बढि शहिद भएको देशमा यो पनि उपलब्धि मुलक देखिदैन । अतः यो तस्विरले भन्छ, जहाँ जे छ, त्यही अनुसार आफ्नो सुरक्षाको बन्दोबस्ती आफैले गरौं । थाहै होला नी, अनिकालमा बिउ जोगाउनु, भिडभाडमा जिउ ।

सोचको परिधी कहाँसम्म ?

मान्छेको सोचाइ के–के मा मात्र चल्दैन । अब केहि नपाएर मान्छेले एउटा कुखुरालाई नारेर खेत जोत्न

भनेर घरबाट निस्केला त ? अनि हलीले चाही घरबाट हिड्दा के भन्ला ? एक छिन है म अनुमान लगाउँछु, “ए बुढी ! भुटेको मकैको खाजा चाही लिएर नआइज है, फेरि कुखुराले खाईदिन्छ, म सक्दिन नि तानेर फेरि जोत्न ।” अथवा “ ए बुढी ! सानो नातीलाई मेरो खाजा बोकाएर ले अनि मैले दुई बोरा मकै छोडाएर ठिक्क पारेको छु । कसैलाई बोकाएर त्यो पनि खेतमा ले । खाजा भेटेन भने त कुखुरो जोत्दा–जोत्दै बस्छ नि फेरि ।”